logo
  • शनिबार, असोज १० २०८३

पाल्पामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, २० घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

पाल्पा, माघ २ ।
पाल्पाको सिलुवा बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।

बुटवलबाट रामपुर तर्फ आउँदै गएको ना ४ ख ९२१८ नंको गाडी गएराति पाैने एघार बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend