logo
  • शनिबार, असोज १० २०८३

ग्रामिण रेडियो बचाउन राज्य जिम्मेवार वन्नु पर्ने : उपाध्यक्ष भण्डारी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ माघ १।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष खिल वहादुर भण्डारीले ग्रामिण क्षेत्रमा रहेर पनि सुचना प्रवाहमा रेडियो सारथीले अग्रणी भुमिका खेलेको वताउनु भएको छ । रेडियो सारथी खर्वाङ बागलुङको छैठौं वार्षिकोत्वको अवसरमा शुभकामना दिँदै भण्डारीले ग्रामिण क्षेत्रका रेडियोहरु बचाउन राज्यनै जिम्मेवार हुनु पर्ने वताउनु भएको छ ।

नेपाल व्रोकाष्टिङ एसोसियसन अफ नेपाल वानका अध्यक्ष गोपाल झाँले मोफसलका रेडियोहरु निरन्तर चेतना जगाउने सारथी वनिरहेको तर राज्यले सहि पहिचान गर्न नसकेको वताउनु भयो। संचार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मना के.सि., त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सामाजिक सभ्यताको परिचय सञ्चार माध्यम भएको वताउनु भएको छ । स्थानिय विकास अधिकारी राम प्रसाद शर्माले स्थानिय निकायहरुले सञ्चार माध्यमलाई सहयोग गर्नुपर्ने वताउनु भएको छ।

रेडियोको वार्षिकोत्सवको अवसरमा नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र थापा, नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजिव घिमिरे, नेकपा माओवादीका धौलागिरि व्यूरो अनन्त शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशराज भण्डारी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, प्रेस चौतारिका केन्द्रिय सचिव रामकृष्ण शर्मा, रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदी, लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै रेडियो सारथीको परिषरमा आयोजीत शुभकामना विशेष कार्यक्रममा एकिकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापाले राज्यलाई सहिवाटोमा डोर्याउन रेडियो तथा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने वताउनु भएको छ। थापाले बागलुङ पश्चिममै पहिलो पटक रेडियो खोल्ने साहस आफैमा चुनौतिपूर्ण रहेको भन्दै आज आईपुग्दा धेरै अगाडि वढिसकेको वताउनु भएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका डम्वर श्रीस, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, रेडियो पुस्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्रि, पशुसेवा केन्द्र खर्वाङका महेन्द्रराज पन्थी, रेडियो संचालक समितिका शान्ति अधिकारी, जितेन्द्र रायमाझि, हिरा वहादुर केसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रम रेडियो सारथीका अध्यक्ष एवं स्टेसन म्यानेजर विष्णु भुसालको अध्यक्षता, संचालक समिति सदस्य तथा कार्यक्रम प्रमुख कृष्ण पोखरेलको स्वागत मन्तव्य र संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

२०६६ सालमा दिनेश वलामीले निर्माण गरेको ट्रन्सफर्मरवाट खर्वाङमा रेडियोको सुरुवात भएको थियो भने २०६७ माघ १ गते “शान्ति, सम्बृद्धि, र समुन्नत समाजको लागी रेडियो सारथी” भन्ने नारा सहित रेडियोको प्रसारण आरम्भ भएको थियो । बागलुङको पश्चिममा पहिलो रेडियोको रुपमा स्थापित भएको रेडियो यो वर्ष “संस्थागत शिक्षा पत्रकारीता पुरस्कार २०७२ ” वाट सम्मानित भएको थियो ।

रेडियोले विहान ५ वजे देखि साँझ ११ बजेसम्म १८ घण्टा आफ्नो सेवा प्रसारण गर्दै आएको छ भने अनलाईनमा www.radiosarathi.com.np मार्फत २४ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो मोवाइल एप्लिेकेशन मार्फत पनि सुन्न र पढ्न पाईन्छ। कार्यक्रममा रेडियोले यो वर्षलाई भवन निर्माण वर्षको रुपमा मनाउने र आफ्नै भवन निर्माण गरि रेडियो संचालन गर्ने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend