logo
  • शुक्रबार, असोज ९ २०८३

सर्जक कंडेलको “हरेक दिन नेपाली परदेशमा रुन्छ” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान पुष २९ ।
सर्जक नारायण कंडेलको देश प्रेमले झल्किने नयाँ गीत ‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ सार्वजनिक भएको छ । जापानमा रहेर आफ्ना शब्दका माध्यमबाट कंडेलले नेपालको वास्तविक बिषय बस्तुसंग नजिक भएर गीत प्रस्तुत गरेका छन् ।

गितमा रेसुंगामा केबुलकार चढ्ने रहर पनि प्रस्तुत गरिएको छ । नेपालमा बिद्यमान रहेको बन्द हड्ताल र देशको राजनीतिक अस्थिरताले देशको बिकासमा मुख्य समस्या परिरहेको र अन्य बिकसित मुलुक जस्तो नेपाल कहिले बन्न सक्ला भन्ने जिज्ञासा पनि गीतमा दर्शाउन खोजिएको छ ।

प्रस्तुत गीतमा जापानमै रहेका कलाकार सुर्य खड्काको स्वर रहेको छ भने गीतमा शिव सुवेदीले संगीत दिएका छन् । वसन्त फिल्मस् प्रालिले सार्वजनिक गरेको म्युजिक भिडियोको छायांकन बिष्णु सुवेदी निशानले गरेका हुन् ।

जापानका विभिन्न शहरमा सुटिङ गरिएको भिडियोमा जापान मै रहेका कलाकार तथा मोडल बिनोद भण्डारीले अभियन गरेका छन् । यसअघि कलाकार कंडेलले प्रदेशसँगै सम्बन्धित रहेर ‘यस्तै छ कहानी परदेशीको’ गीत बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend