logo
  • शुक्रबार, असोज ९ २०८३

गायक शाहको “मेरो भन्दा धेरै माया” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी, काठमाडौं माघ १।
गायक मोहन शाहको पहिलो आधुनिक गीति एल्वम “मेरो भन्दा धेरै माया” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको “मेरो भन्दा धेरै माया” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।नेपाली गित सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गितहरुले चर्चा कमाउने गरिरहेकै बेला भर्खरै मात्र सार्वजनिक भएको “मेरो भन्दा धेरै माया” एल्बममा माया प्रेमका कुराहरुलाई समेट्दै मन परेको मान्छेले अरुलाई मन पराएका कुराहरु गरिएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाई रहेका गायक मोहन शाहले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका हुन । पछिल्लो समय काठमाडौंमा रहेर आफ्नो साँगितिक यात्रा आगाडी बढाउदै गरेका शाह केहि समय प्रवासमा समेत बिताई सकेका छन ।

सानै उमेरदेखि गित सङ्गीत मन पराउने शाह साहित्यतर्फ पनि झुकाव राख्ने गरेको बताउछन । उनले सङ्गीतको क्षेत्रमा मात्र नभएर सहित्यिक क्षेत्रलाई पनि निरन्तरता दिदै कविता, गजल, कथा पनि लेख्ने गरेको जानकारी दिए ।

भर्खरै मात्र सार्वजनिक भएको गीतमा मेरो भन्दा धेरै माया अरु सँग पाउछौ भने, बिना कसुर सधै मलाई दोष मात्रै लाउछौ भने, केहि गुनासो छैन मेरो एक्लै जिउन तयार छु म, हरपल तिम्रै सम्झनामा आशु पिउन तयार छु म, जस्ता शब्दहरु सजिएका छन ।

गायक मोहन शाहको आवाज रहेको गीति एल्बम “मेरो भन्दा धेरै माया”मा सन्दीप ढकालको शब्द रचना तथा राजकुमार बगरको संगीत रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अनु शाह र बिक्रम बुढाथोकिले अभिनय गरेका छन ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई रामेश्वर कार्कीले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

हेरौ गीतको भिडीयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend