logo
  • शनिबार, साउन ९ २०८३

मिस एण्ड मिसेस बिउटिफ़ुल नेपालको ताज अपेक्षा र सुनिताले चुमे


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाण्डौ, पुष २९ ।
दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले जित्न सफल भएका छन ।
बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस बिउटिफ़ुल नेपाल २०१७ को ताज जित्न सफल भएकी थिइन् भने सुनिता कर्माचार्यले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस बिउटिफ़ुल नेपाल २०१७ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी थिइन् ।
यसका अलावा मिस बिउटिफ़ुल नेपाल २०१७ तर्फकी बिजेता अपेक्षाले बेस्ट स्माइल समेत उपाधि हात परेकी थिइन त्यसैगारी मिसेस बिउटिफ़ुल नेपाल २०१७ तर्फकि बिजेता कर्माचार्यले बेस्ट हेयर र बेष्ट पर्सनालिटीको उपाधि हात पार्न सफल भएकी थिइन् । त्यसै गरी मिस बिउटिफ़ुल नेपाल २०१७ तर्फमा फस्ट रनरअपमा एलिना बस्नेत र सेकेण्ड रनरअपमा कृति सिग्देल र थर्ड रनरअपमा युनिसा लामाले उपाधि हात पारेकी थिइन ।

त्यस्तै मिस बिउटिफ़ुल नेपाल २०१७ तर्फ भएको बिभिन्न उपाधि अन्तर्गत मस्ट पपुलर बिन्दु न्यौपाने, मिस क्याट्वाल्क कृति सिग्देल, मिस ट्यालेन्ट, बेस्ट स्पीच एलिना बस्नेत, बेस्ट हेयर र मस्ट फ्रेन्डली अरिजा शाक्य, बेस्ट स्किन रोजी कपाली, बेस्ट पर्सनालिटी दिपाशा कपाली, मस्ट चार्मिङ्ग रोशनी अधिकारि, बेस्ट फिटनेस कबिता रिजाल, मिस कन्जनालिटि रोजिना बानिया, मस्ट डिसिप्लिन पुजा लामिछाने, मस्ट बिउटिफ़ुल आईज स्वस्तिका श्रेष्ठ, बेस्ट फिजिक्स मनिषा महर्जन, फेसन आइकन अवार्ड चण्डिका श्रेष्ठ, मस्ट याक्टिभ नन्दनी श्रेष्ठ, मस्ट कन्फ़िडेण्ट रेबिका ढुंगेल, मस्ट फोटोजेनिक युनिषा लामा, फेसबुक च्वाईस मनिला थापा र म्याञ्ज्मेण्ट च्वाईसमा प्रियंका शाहले सब टाइटल जित्न सफल भएका थिए ।

मिसेस बिउटिफ़ुल नेपाल २०१७ तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा र बेस्ट फिटनेस बिना तामांग, सेकेण्ड रनरअपमा र बेस्ट स्किन अमृता राना मस्ट पपुलर बेस्ट फिजिक्स र फेसबुक च्वाइस सोनी चौरसिया, बेस्ट क्याट्वाल्क र बेस्ट फोटोजेनिक समिता श्रेष्ठ, बेस्ट ट्यालेन्ट रेखा सिंगल र मस्ट फ्रेन्डली पुष्पा बज्राचार्य घोषित भए ।

मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए ।

उक्त प्रतियोगिताको निर्णायकमा चर्चित नायक सरोज खनाल, चर्चित नायिका संचिता लुइटेल, चलचित्र निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठ, संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका जस्मिन श्रेष्ठ, इभेन्ट अर्गाइनजर निशु कान्त झा, संचारकर्मी सरोज प्याकुरेल रहेका थिए । मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ को कार्यक्रम संचालन कोरियोग्राफर आस्विनी झाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend