logo
  • शनिबार, असोज १० २०८३

रिघा गिरङदी मध्यखण्ड मोटरबाटोको स्तरउन्नती हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली, बाग्लुङ पुष २८ ।
रिघा गिरङदी मध्यखण्ड मोटरबाटोको स्तरउन्नती हुने भएको छ । बुधबार निवर्तमान गाविस अध्यक्ष होम ब। श्रीसको अध्यक्षतामा बसेको बैठकले सो निणय गर्दै सडकको स्तर उन्नतीका लागि सडक निमार्ण समितीको गठन समेत गरेको छ ।

गठित समितीको अध्यक्षमा रण ब. राना, सचिवमा डम्बर श्रीस एवम कोषाध्यक्षमा विष्णु वि.क. लगायत रहनुभएको छ । भेलाले सल्लाहकार समितिको समेत गठन गरेको छ । रिघा गाउ परिषदबाट आर्थिक वर्ष ०७३/७४ को विनियोजित बजेट मार्फत स्तरउन्नतीको काम अगाडी बढाईने बताईएको छ । मोटरबाटाको स्तरउन्नतीसँगै सिसाखानी, पाण्डवखानी लगायतका गाविसका स्थानीय लावान्भित हुनेछन ।

यस्तै नेकपा एमाले रिघा गाउ कमिटीको आयोजनामा क्षेत्रीय सदस्य धन ब. पुनको ममतामय माता स्व. दिल कुमारी पुनको सातौँ दिन आज श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम हुने भएको छ । कार्यक्रमलाई नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले सम्बोधन गर्ने डाल बहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend