logo
  • शनिबार, असोज १० २०८३

पेगा निमाविमा व्यवस्थापन समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी पुष २६ ।
पेंगा निम्न माध्यामिक विद्यालय बडागाउँ ५ पेंगा गुल्मीको विद्यालय व्यवस्थापन समिति आज गठन गरिएको छ । श्रोत व्यक्ति चुराबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा बसेको अभिभावकहरुको भेलाले ओमबहादुर रायमाझीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको हो ।

सदस्यहरुमा शंकरबहादुर रायमाझी, चन्द्रकला जिसी, ओमकुमारी जिसी, यामबहादुर बिक, मनरुपा पाण्डे , सदस्य सचिव प्रधानध्यापक अर्जुनबहादुर मिदुन र शिक्षक प्रतिनिधी रमेश केसी चयन गरिएको शिक्षक अशोक सोमैले जानकारी दिए ।

त्यस्तै सोही भेलाले शिक्षक अभिभावक संघ राजबहादुर बिकको अध्यक्षतामा गठन गरेको छ । सदस्यहरुमा विष्णु खड्का , पदमबहादुर रायमाझी , ईश्वरा रायमाझी रेशम रायमाझी , शारदा खड्का , लालबहादुर पाण्डेय र मोतीबहादुर नेपाली चयन गरिएको छ ।

भेलाले १३ सदस्यीय सल्लाहकार समिति समिति समेत गठन गरेको जनाईएको छ । ओम बहादुर रायमाझीको अध्यक्षतामा वसेको भेला कार्यक्रमको सञ्चालन शिक्षक अशोक सोमैले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend