logo
  • शनिबार, असोज १० २०८३

कर्मचारी मिलन केन्द्रद्वारा “गुल्मी दीप २०७३” विमोचन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गँगा खड्का, गुल्मी पुष २६ ।
कर्मचारी मिलन केन्द्र गुल्मीवाट प्रकाशित द्धैवार्षिक मूखपत्र “गुल्मी दीप २०७३” को विमोचन एक कार्यक्रमका विच सम्पन्न गरिएको छ । आयोजित कार्यक्रममा मूखपत्रको विमोचन गुल्मी जिल्ला अदालतका जिल्ला न्यायधीश मातृका प्रसाद मरासीनी र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले संयूक्तरुपमा सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति तथा जिल्ला न्यायधीश मरासीनीले कार्यक्रममा बोल्दै गुल्मी दिपले कर्मचारीका सम्पुर्ण समस्या क्रियाकलापलाई समेटेको बताए ।त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुँगानाले कर्मचारीको एकता र सद्भावलाई अझ बलियो बनाएर अगाडी बढ्नु पर्ने बताए । एघारौँ अंकसम्म दीपज्योतीको नाममा प्रकाशित हुदै आएको कर्मचारी मिलन केन्द्रको मूखपत्र १२ औँ अंकमा गुल्मी दीपको नामवाट प्रकाशन भएको हो।

कर्मचारीको साझा चौतारीको रुपमा ३४ वर्ष अगाडी स्थापना भएको मिलन केन्द्रले कर्मचारीमा निहित प्रतिभा एवं सृजनशीलतालाई पाठकसामु पस्किने, कार्यालयको सेवा प्रवाह तथा सार्वजनिक प्रशासनसम्वन्धि सुचना एवं जानकारीहरु सुसुचित गर्ने, गुल्मीको पर्यटकीय, धार्मिक, सांस्कृतिक पक्षहरुलाई उजागर गरी परिचित गराउने गरी करिव ४६ वटा लेख रचनाको साथमा सुचना र व्यवसायीक विज्ञापनलाई समेटेर मूखपत्र प्रकाशन गरेको छ ।

मिलन केन्द्रले विज्ञापन शुल्क एवं प्रकाशित एक हजार प्रतिको संस्थागत एवं व्यक्तिगत विक्रिवितरणवाट केन्द्रमा स्थापना गरिएको कोषको आयमा योगदान हुने अपेक्षा राखिएको केन्द्रका सचिव विनोद ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा गुल्मीका सम्पुर्ण कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।मिलन केन्द्र गुल्मीको आफ्नै हलमा संचालित सो कार्यक्रमको अध्यक्षता मिलन केन्द्र गुल्मीका अध्यक्ष सशिन्द्र खातीले गरेका थिए भने सचिव बिनोद ज्ञवालीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend