logo
  • शनिबार, असोज १० २०८३

धार्मीक तथा शैक्षिक महोत्सव सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुवास विश्वकर्मा, गुल्मी पुष २६ ।
गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।
१०८ राष्ट्र शान्ति धार्मिक महोत्सव संकल्पकर्ता गोविन्दशंरण महाराजी र मधुरवाणी पुज्यादिदी मिना देवि ज्युबाट आज देखि ८ दिन सम्म प्रवचन हुने महोत्सवको पहिलो सत्रमा जुभुङ्गका विभिन्न गाविसमा कलशयात्रा सहितको प्रभातफेरी गरी काभ्रेपोखरी उच्च माध्यामिक विद्याल प्राङ्गणमा सजाईएको विशाल मञ्चमा औपचारिक कार्यक्रम सुरु भएको थियो ।

पहिलो दिनमै करिव ५० लाख रकम संकलन भएको आयोजकले जनाएका छन् । पहिलो दिनका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ५ हजार १ सय चन्दादान गरेका थिए । उनलाई गोविन्दजी महाराजले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रवचनका अलवा राधाकृष्णको नृत्य र मञ्चन गरिनुको साथ शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा जिल्ला ईन्जिनियर सुनिल रञ्जितकार, कोष तथा लेखा निरीक्षक कार्यालयका लेखापाल भुपाल ज्ञवाली, जुभुङ्ग गाविस सचिव कमलप्रसाद पाण्डेय, जुभुङ्गका श्रोत व्यक्ति खिमबहादुर महत, शिक्षा प्रेमी तथा समाज सेवी जगनाथ गौतम, क्याप्टेन सन्तबहादुर खड्का, क्याप्टेन चन्द्रबहादुर जिसी, पुर्व लेखा अधिकृत हुमबहाद्र थापा, सुवेदार केशरसिंह सारु, जिल्लाका पत्रकारहरुको तर्फबाट प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्यस विद्यालयका प्राचार्य तथा समारोहका महासचिव तेजेन्द्र खड्काको स्वागत मन्तव्य र पुर्व प्राचार्य श्रीराज खड्काको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend