साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौ पुष २९ ।
सर्जक अविरल विसाउनीको लय तथा शब्द सिर्जनामा केही दिन अगाडि मात्र सार्वजनिक भएको लोक दोहोरी गीत “रुनु पर्यो धेरै”ले यतिबेला सर्वत्र चर्चा बटुली रहेको छ । मेसना डिजिटल प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम “रुनु पर्यो धेरै” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शिक्षा र जनचेतनाको कमी, ऐन कानुनको बारेमा समुदाय तहसम्म जानकारी नहुनु, पुरानो सामाजिक संस्कार र व्यवहारमा परिवर्तन नआउँदा दलित समुदाय जातीय भेदभाव र छुवाछूतको सिकार हुन बाध्य भएका विषय वस्तुहरु समेटिएका छन् ।
चर्चित गायिका विष्णु माझि र गायक तथा सर्जक तेजश रेग्मीको स्वर रहेको गीतमा चर्चित मोडल रञ्जिता गुरुङ र ओवि रायमाझिले अभिनय गरेका छन । गीतको भिडियोलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन । उक्त गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन तथा सुजन शाहीको सम्पादन गरेका छ । गीतलाई मेशना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend