साझा नेटवर्क
महेश बोहोरा, बुटवल पुष २५ ।
गुल्मी जिल्लाको ईस्मा दर्लामचौरमा सामान्य परिवारमा जन्मेका हुन अर्जुन कँवर । निरन्तर सञ्चारको क्षेत्रमा काम गरेर राम्रो छबि बनाउदै उनले दर्शकलाई हसाँउदै लामो समयसम्म काम गरेर अहिले पनि गर्दै छन ।
गुल्मी जिल्लाको पहिलो रेडियो रेसुङ्घा अनि गुल्मी जिल्लाकै पहिलो टेलिभिजन रेसुङ्घा टेलिभिजनमा काम गदै आएका कुँवर पछिल्लो क्रममा लोकगीत संगीतमा चम्किदै गएका छन । बहुमुखी प्रतिभाशालीका धनी कुँवरले सबै दर्शक तथा श्रोताको मन जित्दै गएका हुन । उनको स्वरको आज भोली चौतर्फी चर्चा हुन थालेको छ । हात राखेर भन्छु गीता माथि गीतबाट गीतसंगीमा प्रवेश गरेका उनले यसबाट राम्रै चर्चा बटुले ।
उनको यो गीत सफल पनि भयो र सबैको मनमष्तिकमा बस्न सफल बन्यो । अहिले गीतसंगीत मै ब्यस्त उनले भरखरै मात्र खिमराज गौताको एल्वम स्वार्थी दुनियाँ बजारमा लिएर आएका छन । यस गीतले पनि पहिलेको गीतले जस्तै सबैको मन जित्नेमा उनले हामीसंगको कुराकानीमा बताए । यो गीतमा पनि पहिले जस्तै देवि घर्ति मगरको स्वरमा रहेको छ भने यस गीतको लय शब्द श्रृजना गणेश अधिकारीले गरेका छन ।
यो गीतलाई मेशना डिजिटल प्रा.लि.ले बजार ब्यवस्थापन गरेको हो । समय सान्र्दभीक गीत बनेको भन्दै गायक कुँवरले स्वार्थी दुनियाँलाई पनि सबैले एक पटक सुन्न र प्रतिक्रिया दिन आग्रह गरेका छन् । यसका साथै कुँवर बिभिन्न हाँस्यटेलिश्रृंखला र नेपाली चलचित्र उधुम, नशा एक लत र क्न्प्युजमा समेत काम गरिसकेका छन । हामीसंग कुराकानीको क्रममा उनले यस क्षेक्रमा संघर्ष गर्ने बताए ।
आफुलाई माया गर्ने सल्लाह सुझाव दिने प्रति धन्यबाद पनि ज्ञापन गरे । उनेले आप्ःनो घर परिवारले गर्दा नै आफू यहाँसम्म आएको बताउदै अझै धेरै गरेर देखाउने बताए । साथै अन्तिममा सहकर्मी साथी, मिडियाका साथी सम्पूर्णलाई सहयोगको लागी कृतज्ञा प्रकट गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend