साझा नेटवर्क
मानव जीवन प्रकृतिको सुन्दर समागम हो । यस जिवनको सुन्दरता तब हुन्छ जब हाम्रो आपसी सम्बन्धमा पनि सुमधुरता हुन्छ । मानिस एउटा सामाजिक प्राणी भएकाले पनि उसको आपसी सम्बन्ध मधुरताले भरिपुर्ण होस भन्ने चाहना राख्नु अस्वभाविक होइन । किनकी यो मानबको नैसर्गिक चाहना हो ।
यद्यपि ,सम्बन्धमा कटुता नआओस भन्ने चाहना राख्दा राख्दै पनि कहिलेकाही जिवनभरिका लागि कुनै सम्बन्धको स्थान रिक्तताले ओगटेको हुन्छ । एउटा माहुरिले हजारौं फुलहरुबाट थोपा थोपा गरेर रस संग्रह गरि मह बनाउन सफल हुन्छ भनेजस्तै संसारमा प्रत्येक मानिसको सम्पर्क सम्बन्धमा आउँदा हरेकबाट गुण र विशेषतारुपी मधुलाइ ग्रहण गर्दै त्यसको उचित सदुपयोग गर्न जान्यो भने अमुल्य मानव जीवन प्रकृतिको सुन्दर उपहार सबैका लागि उदाहरणीय बन्न सक्छ।
जबसम्म मानिसको जीवन छ तबसम्म सम्बन्ध रहन्छ । एउटा व्यक्ती जुनसुकै स्थानमा किन नहोस ,जुनसुकै क्षेत्र सङ्ग सम्बन्धित किन नहोस,जुनसुकै उमेर समुहको किन नहोस ,घरभित्र होस या घर बाहिर,कुनै व्यवसाय वा जागिरमै किन नहोस तरपनी सम्बन्धको आवस्यकता त हरेक ठाउमा पर्छ नै । उ सम्बन्ध विना रहन सक्दैन । उसलाइ कसै न कसैको आवश्यकता अवश्य पर्दछ । यसका साथै सुखदुःख ,सफलता असफलता,खुशी या चिन्ता आदि विसयहरु धेरैजसो सम्बन्धहरु माथी निर्भर हुन्छन् ।
यदि एकपटक सम्बन्ध बिग्रन गयो भने भन्न सकिँदैन कि पहिलेकै जस्तै सुन्दर हुन्छ भनेर ।त्यसैले सम्बन्ध अति बलियो पनि हुन्छ र अति नाजुक पनि हुन्छ । जस्तो जस्तो सम्बन्ध त्यस्तै त्यस्तै मनोभावको निर्माण हुँदै जाने हो । जुन भाव सम्बन्धको आधारमा उत्पन्न हुन्छन् ,ती सकारात्मक पनि हुन्छन् भने नकारात्मक पनि,भावनात्मक पनि हुन्छन् भने तर्क वितर्कयुक्त पनि र विवेकयुक्त पनि हुन्छन् भने विवेकहिन पनि ।
बर्तमान समय विषम परिस्थितिहरुका बिच हाम्रो मानसिक अवस्था यति अस्थिर भैसकेको छकी हामी कोसङ्ग कस्तो व्यवहार गर्ने ,वाणी बोल्ने भन्नेपनी भुलिसकेका छौँ ! सम्बन्धमा यति नकारात्मकता र तितोपना आइसकेको छकी सम्बन्ध मानिसलाइ बोझ र बन्धन अनुभव भएको छ ।चाहे त्यो सम्बन्ध सन्तान र मातापिता बिचको होस चाहे शिक्षक विध्यार्थिको बिचको होस,चाहे श्रीमान श्रीमतिको बिचको होस वा हाकिम र कर्मचारीको बिच वास्तममा सम्बन्ध निर्वाह गर्ने कला मानवले विर्सदै गएको छ ।
जसरी फलामलाइ खियाले बिगार्छ,कम्प्युटरलाई भाइरसले बिगार्छ त्यसरी नै सम्बन्धलाई बिगार्ने पनि थुप्रै तत्वहरु छ्न नै । आपसी विश्वास र सद्भावको आधारमा नै सम्बन्धरुपी महलको जग बनेको हुन्छ । जहाँ एक आपसमा विश्वास छैन ,त्यहाँ अनुमान ,आपसी असमझदारी,स्वार्थ र अपरिपक्वता जस्ता कमजोरिहरुले स्वत प्रवेसता पाँउछन । फलस्वरु अहंकार र द्वन्द्व बढ्दै जान्छ ।
लामो समयका लागि मानसिक दुरि पैदा हुन सक्छ । अन्य सङ्गको सम्बन्धलाई सुमधुर बनाउनका लागि सर्वप्रथम हाम्रो हामी सङ्ग नै राम्रो सम्बन्ध र श्रेष्ठकर्म हुनुपर्दछ । म जो हु र जस्तो हु त्यहि स्वरुपमा स्वयमलाइ जान्नु र मान्नु अर्थात स्वयंको वास्तविक पहिचान हुनु नै श्रेष्ठ संस्कृती निर्माणको बाटो हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend