साझा नेटवर्क
परिभाषा कुल: समान पैत्रिक गुण भएका वंशाणु (gene) बाेकेका सदस्यहरुकाे पारिवारिक समुहलाई कुल भनिन्छ । अर्काे शब्दमा समान वंशाणुगत गुण बोक्ने काेषहरु(clone) बाेक्ने सदस्यहरुकाे पारिवारिक समुहलाई कुल भनिन्छ । पितृ-देवता : जन्म-मृत्युकाे याेनिचक्रबाट मुक्ति प्राप्त गरेका आफ्नो कुलकाे पवित्र आत्मलाई पितृ-देवता भनिन्छ । पितृलोकमा रहने हाम्रा पितृहरूसँग मनुष्य जातिकाे सिधा सम्पर्क नहुने हुनाले आफ्ना कुलकाे कुल-देवता मार्फत आशीर्वादका लागि पूजा गरिन्छ । कुल-देवता: निश्चित कुल परिवारमा उच्चतम् आदर्श कायम गरेकाे दिव्य-आत्मलाई देवताकाे स्वरुप संझिएर पूजा गरिने अर्ध-देवता(demi-god)लाई कुल-देवता भनिन्छ । अर्ध-देवता: आफ्नाे विधामा दिव्य-शक्ति प्राप्त गर्ने आत्मलाई अर्ध-देवता भनिन्छ । संगीतमा गन्धर्वले, नृत्यमा किन्नरले,जादुमा यक्षले,साधनामा सिद्दले अलाैकिक क्षमता प्राप्त गरेकाले यिनीहरुलाई अर्ध-देवता भनिन्छ ।
पुराणहरुका अनुसार हाम्रा पूर्वजहरुकाे मुक्तात्मले पितृदेवतालाेक, सिद्धात्मले अर्धदेवतालाेक, सदगतिमा परेका आत्महरुले जीवलाेक तथा अगतिमा परेका आत्महरु भूत-प्रेत-पिशाच लाेकमा घुमिरहेकाे विश्वास गरिन्छ । भूत: पञ्चमहाभूतकाे शरीर नभएकाे केवल शन्यता(space) काे शरीर हुने जीवात्म भूत हाे । मानिसकाे मनकाे तहमा प्रवेश गरि निरन्तर र सुक्ष्मरुपमा भुतले प्रभाव जमाउने विश्वास गरिन्छ । प्रेत: आफ्ना कुकर्महरु वा आकस्मिक मृत्युका कारण अधुरा ईच्छामा तड्पिएकाे जीवात्मलाई प्रेत भनिन्छ । मानिसकाे शरिरमा प्रेतात्म प्रवेश गरेपछि मानिसले बहुरुपि व्यक्तित्व देखाउन थाल्दछ ।
पिशाच: आफ्ना कुकर्म वा श्रापकाे कारण अगतिकाे जन्ममा परेकाे जीवात्म पिशाच हाे । सदगतिमा नपुगी अर्काे जन्म प्राप्त नभएर अन्तरिक्षमा घुमिरहेका जीवात्महरुलाई भूत-प्रेत-पिशाच भनिदाे रहेछ । यसरी वंशकाे वृद्दि र समृद्धिकाे लागि सकारात्मक उर्जा प्राप्तिकाे लागि कुलदेवता र वंशमा नकारात्मक उर्जा छुटकाे लागि भूत-प्रेत-पिशाचकाे पूजा गरिने कुल परम्परालाई कुल पूजा भनिन्छ ।कुल-देवता एवं इष्ट-देवतालाई घरकाे छानामुनि र भूत-प्रेत- पिशाच एवं झाँक्री (वनदेवता)लाई खुल्ला आकाशमा रुखमुनि वा ढुंगामाथि स्थान स्थापना गरि पूजा गरिन्छ ।
मानव-मस्तिष्क एउटा प्राकृतिक सञ्चार साधन र मानव-आत्मलाई ईलेक्टाे-माग्नेटिक अस्तित्वकाे रुपमा मान्न सकिन्छ । हाम्रा पूर्वजहरुकाे अगतमा परेकाे जीवात्महरु: भूत-प्रेत-पिशाचहरु फरक उर्जाकाे रुपमा अन्तरिक्षमा फैलिएको मानिन्छ । त्याे उर्जाले आफ्नाे कुल-परिवारकाे नजीककाे आफन्तसँग आकर्षित नहाेस् भनेर घरदेखि टाढाकाे रुखमुनि वा ढुंगामाथिका स्थानहरुकाे स्थापना गरिन्छ । तामसी वातावरणमा तेस्ताे उर्जाहरुकाे निवास हुने हुनाले ती स्थानहरुमा पशुवली अर्पण गर्ने परम्परा बन्याेहाेला ।
निश्चित प्रकारकाे सिद्धान्तमा आधारित उपकरण (यन्त्र ) र निश्चित प्रकारकाे शब्द-समुहकाे विधिवत उच्चाहरण(मन्त्र ) काे सहयाेगमा मानिसकाे तंत्रिका(nerve)मा प्रभाव पार्न सक्ने साधना विध्यालाई तन्त्रशास्त्र भनिन्छ ।तन्त्रशास्त्र अभ्यास गर्ने साधकलाई तान्त्रिक भनिन्छ ।तान्त्रिकहरुले मानव मस्तिष्क र प्राकृतिक शक्तिसँग सम्बन्ध स्थापना गर्न सक्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले प्राचिन-कालमा जंगलका कुना-काप्चाहरुमा शिकारकाे खाेजीमा हिड्ने मानिसले त्याे अदृश्य प्राकृतिक शक्तिलाई वनदेवता(झाँक्री )काे स्वरुप मानेर बलि दिने प्रथाकाे शुरुवात गर्याे हाेला जस्लाई देवाली भनियाे । पश्चिम नेपालकाे पहाडी क्षेत्रमा मस्टाेका विभिन्न स्वरुपमा देवाली पुजा गर्ने मुख्य समुदाय खस क्षेत्री हाे । वेद भनेकाे ज्ञान हाे, वेदमा भएकाे ज्ञानकाे सहयाेगमा उच्चतम आदर्श जीवनशैली र मानवीय सम्बन्ध कायम गर्ने जीवनशैली वैदिक संस्कार हाे ।
वैदिक संस्कार बाेकेकाे समूहलाई आर्य(सभ्य )भनिन थाल्याे ।हिमालयबाट बग्ने नदि किनारामा विकसित विशेष गरि सिन्धु नदिकाे किनारामा बसाेबास गर्ने आर्य सभ्यतालाई हिन्दु भनिन थाल्याे ।ईश्वर , आत्मा र माेक्षलाई तत्व र ध्यानद्वारा महसुस गर्न सकिन्छ भन्ने कुरालाई वैदिक सत्य भनियाे ।प्रारम्भ र अन्त्य नभएकाे एकमात्र त्यही वैदिक सत्यलाई सनातन भनियाे । फेरि सनातन धर्मकाे मूल तत्व अहिंसा हाे ।
त्यसैले शुद्द आर्यहरुले देवतालाई दूग्ध-धारा वा घृत-धारा अर्पण गर्दछन् । वैदिक आर्यहरु हिमालयबाट बग्ने नदिकाे शीरतर्फ उक्लदै गर्दा त्यहाँकाे सेराेफेराेमा पश्चिमबाट आएका खस क्षेत्रीहरुसँग भेट भयाे ।खस-पुत्रले आर्य-पुत्रीसँग विवाह गरेर जन्मेकाे सन्तान खस क्षेत्री नै भयाे ; आर्य-पुत्रले खस-पुत्री विवाह गरेर जन्मेकाे सन्तान आर्य क्षेत्री भयाे ।त्यसैले आर्य क्षेत्रीहरु देवाली पुजामा रक्त-धारा र दुग्ध-धारा दुवै दिने गरेकाे परम्परा छ । संसारमा सृष्टि भएका जीवहरुलाई प्रकृतिले आवश्यकता अनुसार शाकाहारी, मांसहारी र सर्वहारी बनाइदिएकाे छ । तेहि सृष्टिको आवश्यकता अनुसार विशेष प्राणी मान्छेमा पनि शाकाहारी, मांसहारी र सर्वहारी स्वभावकाे विकास भयाे हाेला ।विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुमा शाकाहारीले दुधका परिकारहरु, मांसहारीले मासुका परिकारहरु तथा सर्वहारीले दूध तथा मासुका परिकारहरु प्रसाद स्वरुप ग्रहण गर्दछन् । याे हाम्राे सांस्कृतिक विविधतामा एकताकाे उत्कृष्ठ नमुना पनि हाे ।
सात्वीक भाेजनकाे जीवनशैलि हुनेहरु सात्वीक स्वभावका हुने गर्दछन् ; तामसी भाेजनकाे जीवनशैली हुनेहरु तामसी स्वभावका । प्राकृतिक रुपमा नै मांससेवन गर्नेहरुमा प्राणीहत्या गर्न सक्ने आत्मशक्ति हुनपर्दछ । त्याे शक्ति प्राप्त गर्नकाे लागि प्राणीहत्या प्रदर्शन हेर्नुपर्दछ, प्राणीहत्या आफूले गर्नु पर्दछ र हत्या गरिएकाे प्राणीकाे मांससेवन गर्नु पर्दछ ।यसरी प्राणीहत्या गर्न सक्ने शक्ति प्राप्त गर्नेहरुले युद्धमा मानवहत्या पनि सजिलै गर्न सक्छ । त्यसैले शासकवर्गले भाैगाेलिक क्षेत्रकाे सुरक्षा र विस्तार तथा शासन- सत्ताकाे संरक्षण र कब्जाकाे लागि धार्मिक-सांस्कृतिक परम्परामा प्राणी हत्यालाई प्राेत्साहन गरेकाे देखिन्छ। शुरुवातमा पशुवलीका यस्ता संवेदनशील कार्यहरु गाेव्याराे भनिने गाेप्य घेरा वा गाेप्य अँध्याराेमा सम्पन्न गरिन्थ्याे ।
हिजाे हामीले शारीरिक शक्ति प्राप्त गरि भाैगाेलिक क्षेत्रमा शासन गर्नु पर्ने आवश्यकतामा हाम्रा परम्परा समयसापेक्ष थिए ।तर आज हामीलाई भुगाेलमा बसेर खगाेलमा नियन्त्रण गर्ने शक्ति चाहिएकाे छ ।त्यसकाे लागि हामीले सात्वीक जीवनशैली राेज्ने बेला आएकाे छ । फेरि मानव सभ्यता विश्वयुद्धकाे संघारमा पुगीसकेकाले सात्वीक जीवनशैलीले हामी सबैलाई अहिंसाकाे मार्गमा प्राेस्साहित गर्दछ ।त्यसैले हाम्रा धार्मिक-सांस्कृतिक परम्पराहरुमा प्राणीहत्या, प्रदर्शन र मांससेवन सकेसम्मकाे न्युनीकरणमा हामी सबैकाे साझा कल्याण छ ।
सामाजिक -सांस्कृतिक -धार्मिक परम्पराहरुलाई आर्थिक रुपमा कम बाेझिलाे र सात्वीक रुपमा बढि ओझिलाे बनाउनु पर्ने हामी सबैकाे साझा जिम्मेवारी हाे । आफ्नाे परिवारकाे कुलपूजामा हामीले ४ ओेटा बाेकाहरुकाे बलि दिनुपर्ने भए एउटा मात्र बाेकामा सिमित गर्न सकिन्छ ; घरमा भाेज लगाउनुकाे सट्टा कुलपूजास्थानमा सम्पूर्ण कुल-बन्धुहरुले प्रसाद ग्रहण र वितरण गर्न सकिन्छ । अझ, सात्वीक शैलीमा कुलपूजाहरुमा केवल फुल-प्रसाद र धुप-भेटी अर्पणका साथ सहभागीता जनाउन सकिन्छ । हाम्राे उपस्थितिले अगतमा परेका हाम्रा पूर्वजहरुकाे आत्म-शान्तिकाे लागि हामी-आफूमा असल कुल-आचरणकाे उन्नयन हुन सकाेस् । यसलाई तात्वीक रुपमा कुलायन पूजा भनिन्छ, अर्थात खराब आचरणकाे बलि दिने ईच्छा-शक्ति प्राप्त हाेस्- यसलाई भनिन्छ आफ्नाे कुललाई माथि उठाउने देवाली पूजा । कुलायन पुजाकाे उपलक्ष्यमा सम्पूर्ण कुल-बन्धुहरुमा कुलाचार विकासकाे लागि शुभ-कामना !!!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend