साझा नेटवर्क
हिम शिखर रसाईली ।

अस्ति सोनाम ल्होसारको विदाको दिन घरमा थिएँ । खाना खाएर सपरिवार घाम तापेर बसिरहेका थियौं । हाम्रो घर मास्थिर साइलाबा को घर छ । त्यो भन्दा माथी कुनै घर छैन । केही रुखहरु भएको आफ्नै खर्यान छ । घरको पश्चिम तिर जंगल छ । उत्तर तिर बस्ती छ । पुर्वमा खाली खर्यान मात्र छ ।
त्यो दिन पश्चिम बाट आउने बाँदर पुर्वबाट छिर्यो , करिब ३० ओटा जति । बाँदर आएको देखेर मेरो छोरा लखेट्न भनेर बाँदर भए तिर दगुर्यो । बाबा पनि हातमा लठ्ठी लिएर जाँदै हुनुन्थ्यो त्यत्तिकैमा मैले भने, ‘के पो खान्छर बुबा छोड्नुस भो’, बुबा झनन्क्क रिसाउनु भयो । “अझ के खान्छ भन्छ्सरु यहाँ सुन्तला, सिमि, केराउ सब सिद्दाउछ बाँदरले”। त्यति भनेपछि म पनि लठ्ठी लिएर कुँदें । अनि छोरा अघिअघि म पछि पछि बाँदर लखेट्ने प्रयासमै थियौं । बाँदरले जति चिच्याए पनि टेरेको थिएन । एकाध ढुंगा बर्साउदा यसो तर्केर अलि पर जाने वा रुखमा चढ्ने गरि रर्यो ।
छोरा चाहिँ हातमा हसिया लिएर बाँदर नजिक नजिक पच्छाइ रहेको थियो । मलाइ चाहिँ डर लागिरहेको थियो कहिं खान नपाएको झोकमा छोरालाइ आक्रमण गर्ने हुनकि जस्तो लागेर छोरालाइ नजिक नजा, फर्के भनेर भनि रहेको थिएँ उ भने मेरो कुरा नसुने जस्तो गरेर पछि पछि कुँदिरहेको थियोे ।हामी ढुंगा हिर्काउने अनि बाँदर तर्किने । कुनै बादर्नी त सानो बच्चा पेटमा झुन्डाएर कुदिरहेका थिए । बल्ल तल्ल २०० मिटर मात्र पर पुर्याएर हामी फर्केर आयौं ।
मलाई ती बाँदरको अवस्था हेर्दा टिठ लागीरहेको थियो । एक त शारीरिक रुपमा राम्रो नै देखिए पनि अनुहार चाहिँ चौरासी प्लसको बृद्ध जस्तो देखिन्छ बाँदरको ।
अझ तिनिहरुको नत कुनै बस्ने सुरक्षित बास छ नत गासको ग्यारेन्टी छ । नत न्यानो ढाक्ने कपडा छ नत किनेर लाउने धन पैसा । न न्याय पाउछ नत अधिकार । किनकि नत उसको कोहि नेता छ, न त न्यायधीश । सिजनको बेला बनका फलफुल खान्छ । नत्र भोको पेट गाउँ पस्छ । गाउँ पस्दा हामी लखेट्छौं । अझ गाउँको बाँदर अति नै अभागी । बरु काठमाडौमा जन्मेको भए, पशुपति, स्वयम्भू तिर भएको भए बार्हैमास फलफुल खाएर बाच्थे नि तिर बाँदर ।
दिनभरी चोक र चौराहामा झुन्ड बनाएर यताउता लखर लखर हिड्ने, आपसमा लड्ने झगड्ने यी कुकुरहरुको डरले त्रसित छ्न बजारबासी । टोके भने रेबिज लाग्ने डर छ मान्छेलाई । तिनिहरुको भोक, प्यास , दु:ख र पिंडाको मान्छेलाई कुनै सरोकार र हेक्का छैन । छ त केबल त्रास मात्र । आफू सुख सयल र चैन सँग सुत्न पाउने कोशिश गर्छ मान्छे । यो धर्तीमा हामिले मात्र भोज र मोज गर्न पाए हुने रे । आफ्नो लागि एक चिजले पुग्दैन मान्छेलाई । थरीथरीका खाना , थरीथरीका कपडा र सोकिन । थोरै जग्गा जमिन मा सन्तोष छैन । पाए सम्म त आकास पाताल आफ्नै बनाउने होडमा छ । एउटा घर वा आवासले पुग्दैन मान्छेलाई । प्रत्यक शहरमा घर र घडेरी जोड्न र अथाह पैसाको भण्डार गर्न कुदेंको छ मान्छे। वातावरण सन्तुलन र पारिस्थितिक प्रणाली प्रती कुनै हेक्का छैन ।
चराचर जगत , बन्यजन्तु र अन्य घरपालुवा जनावार माथी साम्राज्य जमाउन र आफ्नो अस्तित्व जोगाउन अरु प्राणी जगतको नास र विनास चाहेको छ मान्छे । त्यसैले त पृथ्वीमा भएका अरु प्राणीको अधिकार हनन गर्न लागि परेको छ मानव जाती । यो जगतको अस्तित्व जोगाउन जंगलदेखि मंगलसम्मका सबै चराचुरुङ्गी र जनाबर समेतको आआफ्नो देन छ भन्ने बुझेर पनि बुझ पचाएको छ मान्छेहरु ।
एकथरी गाउँ छाडेर शहरिया बनेकाहरु भैसी डोर्याउन लाज लाग्ने दुध बेसाएर खान नछाड्नेहरु । आयातित विदेसी विभिन्न प्रजातीका कुकुर घुमाउनुलाई सान ठान्छ्न । अझ आफ्नै विस्तारामै सुताउन भ्याउछ्न । यता भुस्याह अभागी कुकुर चिसोको कहरमा पनि सडक पेटी, चोक र चौराहमा आफ्नो जांघभित्र मन्टो घुसाएर सुत्न बाध्य छ्न बिचरा ।
कानुनको कुनै एक बुँदामा सिमित संरक्षण र व्यवस्थापन नीति कागजमै सिमित छ । हुनत जम्मा जम्मी दुइ करोड नब्बेलाख जनसंख्या व्यवस्थापन गर्न नसकेका नेता वा शासकबाट कहाँ जनावर र चराचुरुङ्गीको व्यवस्थापनको आश गर्नु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend