साझा नेटवर्क
-पारस सुवेदी ।
“सिलसिला अचम्म, यात्रा प्रेमको” हामी घर जादै थियौ, यानकी साथी दिपक र म । बुटवलबाट गुल्मी छापचौर जादै गरेको जिप गाउकै थियो र त्यसका चालक थिए “धने दाई” । धने दाईले गाडिलाई हिडाल्न थाल्नु भयो, ट्राफिक चोक हुदै सबै सिट रोकाएका यात्रुलाई गन्तवयसम्म पुर्याउने बाचा सहित गाडिलाई तिव्र गतिमा बुटवलबाट हिडियो ।
उमेरले दाई तर हाम्रो साथी जस्तै प्यारो धने दाईले गीत बजाउन थाल्नु भयो सिद्धबाबा कटेपछी “तिम्रो मेरो सम्वन्ध धेरै माथी हो तिमिले बिहे आटेको केटा त मेरो एकदम मिल्ने साथी हो” खै गीतले मलाई के प्रतिउत्तर दियो या प्रेममा एकचोटी प्रेममा हार खाईसकेको गीतले पाल्पा धुम्सा काटेको थाहै भएन कतिछिटो जोरधारा आई पुगेछौ ।
जोरधारा नास्ता खानेठांउ त्यहा पुगेपछी लगभग १८ १९ वर्षकी केटी उतै हाम्रो छिमेकी गाउकी रैछ बुटवलबाट उ अर्कै गाडिमा आएकी रैछ गाडि विग्रिएको कारण उ त्यही छापचौर जाने जीप कुरेर बसेकी रैछ । मिलेको केस दन्ते मोहनी अनि चन्चलता र रुपको म कायापलट भै सकेछु । बोल्न डर पनि अनि परिचय त सोध्नै सकिन। दिपकले कुरा गर्न भन्यो तर मेरो आट आयको थिएन ।
बटुक र उनको गालामा के नै फरक थियो र उनलाई हेर्दा उनले मलाई दिएको मुस्कानले कति छिटो खाएछु थाहै भएन । दिपक म लास्टमा थियौ । उनी सेकेण्ड लास्टको झयालतिरको सिटमा बसिन । मेहन्दी भरेको कपाल हावाले त्यो कपाललाई पाल्पाको बतासे डाडाको हावाजस्तो सितल दिई रहेको थियो । धने दाईले गीत बजाउन थाल्यो (सान्नानी नमान सरम भेट भा बेला दुईचार टा गफ गरम) गीतले त झन कुरा गरे जस्तै लाग्थ्यो ।
उनको केस मेरै मुखतिर आईरहेको थियो त्यो कपालले म झन लूटुपुटु भएछु । हाम्रो यात्रा खै के खालको थियो गाउठाउ नजिक भएतापनि उनलाई मैले देखेको थिईन । संयोग नै भन्नुपर्छ आज उनको र मेरो भेट गराईदियो भगवानले यही सोच्दै म त निदाउन थालेछु तर दिपकले झस्कायो र भन्यो” भाई भेट भा बेला कुर गर तेरै लागि हो कि भन्यो” निद लाग्न फेरी छोड्यो । जब धने दाईले गाडिको तिव्र गति लिन्थे मन पनि उत्तिकै ढकढक गति लिईरहेको हुन्थे, के भनेर बोलौ कसरी बोलु मनको एउटा विवश भएछु म त मजनु पो भएछु ।
उनी संगको साहित्यिक भेट प्रतिरफ्तारमा गुडिरहेको थियो यात्राको क्रममा । उनको नाम थाहा भैसकेको थियो एउटा दिदिले चिन्नु भएको रैछ उसलाई थाहा हुदा-हुदै पनि मलाई नाम सोध्न मन लाग्यो र सोधे “हजुरको नाम के होलानि” ? उनको किसमिस जस्तो ओठबाट लजाउदै भनिन” किन नि” मैले भने “चिनजान गरौ न भनेर नी” यत्तिकै उनका स-साना कुराहरुले उनको मेरो परिचयको बाटो खुलिसकेको थियो ।
उता धने दाईले मुस्कान दिदै थियो मलाई । परिचय भएपछी कुरा त गर्नु नै पर्ने हामी केटाहरुको बानी लगत्तै गाडिको रफ्तार संगै कति छिटो गुठी आईपुगेछौ थाहै भएन । धने दाईले गाडि रोक्यो मध्यान्हको बाह्र बजेको थियो । अनि सबैले खाना खानलाई तरखर गर्न थाले । म लगायत सबैले खाना खाना थाल्यो उनी म:म खान थालिन खाना खादा धने दाईले जिस्काउदै भन्दै थियो “बुहारी नै हुन क्यो भाई” म हासेर हैन दाई यसो चिनजान गरौ न भनेर ।
धने दाईलाई भने कसैले सुन्न सक्छ हाम्रो कुराहरु दाई गीतलाई अलि साउण्ड दिनु है त बुझेर भने धने दाईले हास्दै लल भन्दै खाना खाएर गाडि हिडाल्न थाल्नु भयो । खाना खाईसकेपछी कोही सुतेका थिए त कोही गीतकै धुनमा थिए । विस्तारै विस्तारै गन्तवय नजिकिदै थियो कालिगण्डकीको दृश्य देखिन देखिन थालेको थियो अनि अर्वेनिको भिरले हासेर हेर्दै थियो प्रसाद खप्तडी दाईका सालैजौ गीतहरु अनि धने दाईले चलाएको गाडिको तिव्रता यो मनमा झन उत्साह फैलाएको थियो ।
धने दाईले हामीलाई जिस्काउन थाल्यो केहो बैनि “मेरो भाई मन पर्यो क्यो” उनि हास्दै भनिन” छ्या धने दाई नि त्यस्तो केहि होइन” उनको चन्चलता र प्रकाश रुपको दृश्यको मुसकानले हरेक घुम्तिहरु कायापलट नै भैसकेका थिय । बादलु जस्तो हल्का रंगाएको केश हेर्दा हेर्दै मिर्मि आएको थाहै भएन ।
कालिगण्डकी जलविधुत जहां विभिन्न ठाउ र जिल्लामा बिजुली पुराएको छ । हरेक मान्छेलाई लोभ्याउने त्यो कालिगण्डकीको दोभान गुल्मी र स्याङ्गजाको सिमानामा पर्ने सुन्दर ठाउमा धने दाईलाई सबैलाई आग्रह गर्न थाले फोटा खिचौ भनेर । सबैले फोटाहरु खिच्यौ भिडियो बनायो तर क्यामेरा भन्दा आंखाका नजर भने उनि तर्फ नै थिए मेरा ।
एउटा दिदिले उसका फोटाहरु खिच्दै हुनुहुन्थयो उसको मुस्कान र रुपको वर्णन गर्न म सकिन या वर्णन गरेर नसकिने थियो थाहै भएन । कालिगण्डकीको सुस्केरा नै हराउने खालको त्यो उनको बोलि । यात्रा उतैको थियो मिर्मि पुल तिर अर्वेनिको बाटो हुदै धने दाईले फेरी गीत बजाउन थाल्यो ।
छोटो समयको भेट निकै प्यारो अनि अविश्मरणिय थियो उनी संगको यात्रामा छोटो समयमा सानो-सानो कुरा हुदाहुदै फेसबूक आईडि लगायत नम्वर समेत मागिसकेको थिए मैले । त्यति बेलासम्म हामी पूर्तिघाट आईसकेका थियौ, नास्ता खायौ त्यहा आएर कोही मानिसहरु झर्दै थिए कोही आफ्नो गन्तवय तर्फ लाग्न थाले, हल्का मधुमास छिरमिर छिरमिर अधेरो हुदै थियो ।
उनले भनिन तपाई कता उत्रिने मैले भने जहासम्म पुगिन्छ त्यही उनी हास्दै भनिन “छ्या मजाक नगर्नु न” अनि भने हो गाउकै जीप हो म गाउसम्मै पुग्छु तिमि त छापचौर होलानि उत्रिने भनेपछि उनको जवाफ आयो “उम” हाम्रो कुराकानी फेसबूकमा पक्कै हुनेछ भनेर सल्लाह पनि भयो । विस्तारै हामि छापचौर आईपुग्यौ उनीसंग नजिकको यात्राले अव समयलाई रोकिदिदै थियो ।
उनले धने दाईलाई भाडा दिएर मलाई बाई भनिन उनको घर त्यही नजिको वस्तिमा रहेछ रात परेकोले उनलाई लिन घरबाट आउनु भएको रहेछ । उनि जाने बेलामा फेरि एकचोटी हेर्न मन लाग्यो, उसले प्रेम गर्न थालि कि भनेर ओठमा मुस्कानको हावाले हान्यो मलाई । हामी छापचौरबाट घर हिड्यो धने दाईले हसाउदै जिस्काउदै गीत बजाउन थाल्यो तर उनी बिना खै कस्तो-कस्तो लाग्यो त्यहा पछिको यात्रा ।
“छोटो र प्रेमिल भाव बोकेको यात्रा” मनमा ताजै रहिरह्यो । हरेक यात्री प्रेमी पनि थिएनन् होला साथीको नाता पनि हुन्छन । फेसबूकमा अझैपनि कुराकानी भैरहन्छ उनि बूटवलमा पढ्दै छिन । यती सानो प्रेमको दौडाईमा धने दाईको पनि ठुलो भुमिका छ मिस यु धने दाई तपाईले घुमाएका हरेक घुम्तिहरु याद छ मलाई अनि तपाईले बोलेका केही हसिला बोलिहरु ताजै छन ।
त्यो उनीसंग गराएको मेरो भेट अझै पनि सम्पर्कमा छ उसको मेरो प्रेम समयले मलाई परदेश पुराए पनि सम्झना उत्तिकै छ भार्सेको देउराली अनि कराङ्तूङको देउरालीलाई हजूरले पनि नभुल्नु हाम्रो छिट्टै भेट हुनेछ हाम्रो त्यो यात्रा फेरि सुरु गर्नु छ मिस यु धने दाई अनि मिस यु मेरी उनी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend