साझा नेटवर्क
-पारस सुवेदी ।
पाँनसमा वत्ती बले जस्तो जिन्दगी पनि झिप-झिप भैरहेको छ । कतिबेला निभ्ने हो केही थाहा छैन । अध्यारो कोठामा गएर चिच्चायर राेऊँ भने पनि कसैलाई नसुनाई रुँदा के मज्जा जस्तो लाग्छ । मन भित्रको एउटा त्रासमा बाचि रहेको छु । अन्धो प्रेम सपनाको संसारमा दिनहुँ मैले आफुलाई धकेलि रहेछु ।
एक मनमा परिवार छ भने दिमागमा प्रेम । निकै कष्ट वनाउँदो रहेछ जीवन । गुल्मी जिल्लाको एउटा नमुना प्यारो गाँउ कराङतुङ (छापचौर) हो मेरो जन्मसथल हो । जसोतसो पढाईको सिलसिला चल्दै थियो, उमेरलै वैंशलाई पुलपुलाउदै आएको थियो ।
अन्जानमै गाँउकै एउटी युवतीसंग प्रेम बस्न थालेछ । उ अल्ली उच्च कुल घरानकि केटी थिई म सामान्य घरको । त्यति साह्रो पनि नभनौं त्यती कम पनि नभनौं, माया कता-कता लाग्ने अर्थात ठट्याउरो पारामा लागेको वालापने माया हो । उसले माया गर्थी गर्थीन त्यो बेलामा म सोध्न सकिन एउटा भित्रि मनको आसा मात्र निरन्तर पढाईको सिलसिला चल्दै थियो । म कक्षा १० मा थिए उ कक्षा ९ मा कुन महिना थियो भुलिसकेको रहेछु ।
कक्षा दशलाई विदाई गर्ने समय आएको थियो । उसैले उनको माला संजोग वस मलाई नै पर्न पुगेछ एकातिर उसले उनेको माला लाउनुको खुसि अर्को तिर भन्न नसक्नुको कमजोरि कति निर्दयी समय है । कयौ मेलापात कयौ स्कुल आउदा जादा संगै हुन्थ्यो तर अह मेरो बोल्नी आट थिएन । एकददिन उसको मोबाइल नम्बर एक बहिनीसंग मागे उ बेला मसंग नोकिया फोन थियो ।
मैले त्यो रात उसलाई म्यासेज गरे के छ भनेर उताबाट सिधै फोन आयो म आत्तियर फोन उठाय उताबाट को हो भनेर भनेकि थिई म बोल्न सकिन फेरि काटिदिए अर्को दिन फेरि म्यासेज गरे उसलाई भने मनका कुरा नडराई म्यासेज गरे उसलाई म्यासेजमा कयौ दीनदेखी भन्न खोजेको कुराहरु म निर्धक्क भयर गरे ।
उसले जब मेरो परिचय थाहा पाएपछि उ रिसाएछ एउटा साथी मात्र सम्झेको रहेछ मलाई गाउकै साथिहरुलाई पारसले यस्तो म्यासेज गर्यो भनेर भनेपछी साथीहरुले झन जिस्काउन पो थाले मलाई कतै मेलापात कतै पिकनिक कतै कहा उसलाई मलाई जोड्ने ठाउ नै थिएन । उसले एकदिन मलाई राम्रैसँग भेटेपछी म कसैलाई प्रेम गर्छु पारस भनेर उ निराश पनमा भनेर गई मेरोपछि नलाग भनेर म खुसि नै थिए एक तर्फको प्रेम निकै मिठो हुदो रहेछ ।
तर वालपनमा त्यती यादको छटफटी चाहि भयन त्यसपछी समय वित्दै गयो उसको मेरो त्यती बोलचाल भयन विस्तिरै म पढाई सकेपछी ईडिया तर्फ लागे सजोगवस उसको पछेउरी झोलामा परेको थियो समय वित्यो गयो उसको प्रेम कतै बसिसकेछ भन्नी खवर पाय झन मेरो उ प्रति चासो हटदै गयो परदेशी मान्छे म निरन्तर पेसामा लागिरहे । बल्ल उमेर चढ्दै थियो वैशको उमेर अनि वैशको चन्चलता अनि पारिवारिक जिम्मेवारिले बल्ल मलाई ठुलो बनाएछ लाग्यो जब उमेर बढदै गयो ।
केटा मान्छे एउटा सच्चा प्रेमको खोजिमा हुन्छ नै विस्तारै फेसबूकमा एउटा केटीलाई फलो गरे उसलाई कयौ पटक म्यासेज गरे उसले एकदिन मेरो म्यासेज हेर्ने छ भनेर पक्कै भगवानको आशिर्वाद लागेछ क्यारे उसले म्यासेज एसेप्ट गरी विस्तारै सामान्य हाई-हेल्लो चलिरहेकै थियो । उसका आफ्नती म संगै-संगै काम गर्थे उ घुमनको लागि त्यही ठाउं आउदै रहेछ नेपाल देखि बोलेको केही दिनपछी उ ईन्डिया आएकी रैछ । मैले पनि म्यासेज गरेर उसलाई मैले काम गर्ने होटेलमा आउन भनेको थिए, उ उसको अंकल र आन्टिसंग आएकी रहिछे ।
होटेलमा काम चलिरहेको थियो, आईतवार निकै चल्ने होटेल उही दिन उ आउनु पर्ने निकै बेर उसलाई भेट्न पाईन उसलाई फोटोमा देखेको थिए । तर प्रत्यक्ष देख्दा खुसि पनि थिए । छोटो समयको भेट उसलाई दिन सक्ने म संग केही थिएन, मैले एउटा काक्रो काटेर दिए उसले मुस्कुराउदै खाई । समयले निकै छोटो भेट दिएछ फेरि मेरो अर्डर आयो र म भित्र लागे, फेरि उनीहरु जाने समय पनि भयो राम्रोसंग चिनजान नभएको कारण उ म बाहिर आईसक्दा गई सकेकी थिई ।
म पनि बाठो मान्छे! एक त गुल्मेली, ईमो नम्बर उसको अंकलसँग मागिसकेको थिए । नम्बर पाएदेखि निरन्तर कुराकानी हुन थाल्यो, उ बाहेक अन्त ध्यान नै गएन । उसले आफ्नो बारेमा बताउदै गई म पनि आफ्नो बारेमा बताउदै गए । हामि बीच दिनहु कुरा हुन लागको पनि धेरै दिन बितिसकेको थियो । एउटा फेसबुकको माध्यमबाट साथी बनेका हामि बिस्तारै नजिकिएर बोल्दै जादा हामि बीच थाहै नपाई प्रेम बसिसकेछ ।
मैले उसलाई जीवनभर साथ दिने बाचा गरे, किनकि म भन्दा पनि उ धेरै दूखि मान्छे थिई । समयले हामीलाई दुई वर्ष लखट्यो कुरै-कुरैमा भेट नभएतापनि भेटे जस्तै कुराकानीले समय गएको थाहै पाईएन । उसको परिवारलाई मेरो बारेमा र मेरो परिवारलाई उसको बारेमा थाहा भैसकेको थियो । भोलि विछोड हुदा कतै रुनु पर्ने त हैन ? भन्ने एउटा प्रश्नले मनमा डर त हुन्थयो तर उसको सम्झाउने बानीले सबै भुलिदिन्थे ।
हामि बीच लामो समयको प्रेम भयो, कहिलेकाही त डर पनि लाग्दो रहेछ, उ कसैसंग जान्छ कि भन्ने, सायद उसलाई पनि त्यही हुदो होला । हाम्रो लडाई पनि प्रेम थियो उसको गल्तीमा म कराउने मेरो गल्तीमा उ हामि एक अर्का प्रति श्रिमान-श्रिमती जस्तै भैसकेका थियौ । उसलाई हरेक चिजमा सम्झाउने गर्छु टाढाको दुरी भएर होकि आजसम्म भेट नभएर हो, उ पनि एकाएक टाढिए जस्तो व्यवहार गर्दै छ ।
मलाई परदेशले तानेको थियो त उसलाई समयले । म समय दिन सकेकै छैन, अहिले तिन वर्ष भैसकेको छ । समयले हामि नजिक थियौ विस्तारै उसको मेरो नजिकमा लडाई झगडा झन वढि भैरहेको छ, अहिले भन्नै पर्दा हाम्रो सम्बन्धमा खटपट आउन थालेको छ । वर्तमान अवस्थामा उसको गल्तीमा मैले सम्झाउने हक त छैन तर पनि म एउटा उसलाई दिएको बाचा र अठोटलाई तोड्न सकेको छैन ।
उसले मलाई हरेक दूखमा सुखमा सहयोग गरेकि छ, मैले भुल्न सकिन म पनि उसलाई हरेक एक्लो पनमा साथ दिएको छु, उसले सोच्नू पर्ने हो । बस यसरी नै निरन्तर चलिरहेको छ अहिलेको प्रेम सम्बन्ध । भोलि उसलाई चाहाने कोही भए र घरमा बिहेको कुरा चल्दा मैले छोड्नुपर्छ हो उसलाई अरुसंग जान पनि दिन्छु किनकी मैले जिन्दगीमा मागेको चिज कहिले पाएको छैन र पाउने आशा पनि राख्न छोडिसकेको छु ।
उसलाई पाउनु पनि त एउटा अहोभाग्य थ्यो मेरो लागि तर त्यो जुर्न सकेन । म त्यही पर्खाईमा छु उसका हरेक यादसंगै सपनाको संसारको नोटहरु दिनुछ । सिन्दुरको हकदार नहुन्जेल कोही केटीलाई आफ्नो हो भनेर भन्नु मुर्खता हो भन्ने कुरा बल्ल बूझे । एउटा मनको कथा र जिन्दगीमा चलेको केही प्रिय समयहरुलाई यो लेखाइमा समेट्दै यो कलमलाई यहि रोक्ने अनुमति लिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend