साझा नेटवर्क
-किरण अधिकारी।
हाम्रा प्रायजसो स्थानीय क्षेत्रमा बढ्दो राजनीतिक खिचातानीको कारणबाट उत्पन्न मतभेदहरु बढ्दो क्रममा छन । देश नै गलत राजनीति गलत राजनितिज्ञको चपेटामा परेको बेला हाम्रा स्थानीय निकायहरू पनि यस्तो किसिमको बिकृत राजनीतिकबाट अछुतो रहने कुरा नै भएन । हाम्रो समाज जति शिक्षित र आधुनिक बन्दै गएपनि राजनीतिक आधारबाट हेर्ने हो भने हाम्रो समाज अझैपनि अन्धकारमा नै भएको जस्तो अनुभव लाग्छ ।
कुनै समय थियो रे, जहाँ राजनैतिक विचार नमिल्नेहरूसंग हाम्रो समाजमा बोली बराबर आवतजावत बन्द हुन्थ्यो, साथै फरक राजनैतिक पार्टीमा आस्था राख्नेहरूसंग अन्य कुनै सम्बन्ध पनि स्वीकार नहुने गर्दथ्यो । आज ठ्याक्कै त्यस्तै समय आएको छ । अहिले पनि हाम्रो समाजमा यस्तो किसिमको मानसिकता बोकेका मानीसहरु अहिले हाम्रो समाजमा पनि छरपस्ट रूपमा देख्न पाइन्छ, जस्ले आफुलाई बुद्धिजिवी पढे लेखेका असल राजनितिज्ञ ठान्दछन् आफुले आफैलाई यिनिहरु बिचमा पनि यस्तै किसिमका मतभेद हरूले जरो गाडेर बसेको छन मानसिकतामा।
जहिलेदेखि स्थानीय निर्वाचन भयो सिंह सरकार गाउँ गाउँमा बस्ने व्यवस्था रह्यो, त्यस पश्चात हामी आम सर्वसाधारण नागरिकहरु सुचनाको हकबाट बन्चित जस्तो भैसकेका छौं अझ भनौ हामी आम नागरिक लाई गाउँपालिकामा हुने निति तथा कार्यक्रमबाट गुमराहमा राखिएको अवस्था छ । गाउँपालिकाको वर्तमान परीपेक्षलाई आम नागरिकको आँखाले लेख्दा ।
हाम्रा स्थानीय निकायमा हुने हरेक क्रियाकलापहरूमा राजनीतिक हस्तक्षेप भएको नै देखिन्छ, विकासमा निर्माण देखि सामान्य किसीमका रोजगारी लगायत हरेक क्रियाकलापमा राजनितैक चलखेल र हस्तक्षेप भएको नै हुन्छ । जुन क्षेत्रमा जोडिन पुगेपनि राजनीतिक पहुचको आधारमा मात्र काम अगाडी बढ्ने परिस्थिति सिर्जना भएका छन ।
कुनैपनि संस्थागत काम होस या सामान्य नागरिकका व्यक्तिगत काम होस जहाँ फरक राजनैतिक आस्था राख्ने व्यक्तिहरुलाई साना तिना झीना मसिना कामहरुबाट अल्झाई दिने र अल्लि धेरै दुःख दिने प्रबृत्ति जताततै नै देखिन्छ । सजिलै हुने कामलाई आलटाल गरी केही दिन लड्काईदिने कागजपत्र पुगेका छैनन् जस्ता लगायत एवत किसिमका कुराहरु गरेर नचाहिने दुख दिएको यदाकदा देख्न सुन्न पाएको तितो यथार्थ हामी माझ जिवितै छ।
हाम्रा स्थानीय नेताहरुमा पनि आफ्नो दलका मान्छेहरु कुनै गल्ती गरेको खण्डमा कताबाट हुन्छ त्यसलाई ढाक छोप गर्नमा र त्यस्ता घटना बाट बचाउन समेत लागि परेको देखिन्छ। तर फरक दलको भएको खण्डमा कताबाट फसाउन सकिन्छ, भन्ने चलखेल मा लाग्ने चलन अझै जिवित रहेको छ ।
यस्तो किसिमको बिभेद छ कि स्थानीय निकायहरूमा यहाँ बिपक्ष दलका राम्रा मान्छे भएपनि कसरी नैतिक रुपमा च्युत गराउन समाजमा बिभिन्न किसिमका जालझेल र षड्यन्त्रकारी खेल खेल्दै आएको देखिदै आएको अवस्था छ । राजनीति बेथितिहरू बढ्दो क्रममा छन । कसैको नाम थर भन्दा पहिला उस्को राजनीतिक दल र (पार्टी) को नाम जोडेर बोलाउने चलन बढ्दै गएको छ ।
शिक्षा मा राजनिति छ, स्वास्थ्य सेवा मा राजनिति छ,हर कुनै सरकारी कार्यालय मा सेवा लिन जाँदा समेत यो कुन राजनीतिक दल को मान्छे हो भनेर हेर्न चलन बढ्दो क्रममा छ। राजनीति ले हाम्रो समाज लाई यसरी गालेको छ कुनै राजनीतिक दलमा आबद्ध नभएको स्वतन्त्र नागरिक भेटिन धेरै गार्हो छ।
राजनीति त एउटा सोच हो विचार हो निस्वार्थ समाजिक सेवा हो तर यसलाई कमाउने धन्दा को रुपमा प्रयोग गरिदै आएको छ, हाम्रो समग्र देशकोअवस्था हेर्दा यस्को बढ्दो प्रभाव केन्द्र देखि स्थानीय निकायहरूमा छ देशमा संघियता लागु भैसके पछि गाउँ गाउँमा सिहंदरवार पुग्दा राजनीति बेथिति पनि संग संगै पुगेको छ।
स्थानीय स्वतन्त्र नागरिकहरु कुनै पनि राजनीति दलका कार्यकर्ता हुन बाध्य बनाउदै आईएको छ । जो स्वतन्त्र नागरिक छन तिनीहरू सधै उपेक्षामा पारिदै आएको छ आफुले राज्यबाट पाउने हक अधिकार पनि सही ढंगले पाउन नसक्ने स्थिति सिर्जना भएको छ। प्रायजसो सरकारी कार्यालयमा पुग्दा पहिला सोधिने एउटै प्रश्न त्यही हो हजुर कस्को मान्छे।
जस्को पौच पुग्यौं उस्को काम बन्यौं जस्को कोही छैन स्वतन्त्र आम नागरिक हो भने उस्लाई बिभिन्न किसिमका बाहाना बनाएर नभएको धेरै दुःख दिने परिस्थिति सिर्जना भएको छ । यो एकदमै दुखत पक्ष हो यसलाई निर्मुल पार्न सबै जसो नागरिकहरुमा चेतना स्तर अभिवृद्धि हुनु आवश्यक छ।
जबसम्म हामी हाम्रो स्थानीय स्तरबाट नै यस्तो गलत किसिमको राजनीति को जालो हटाउन सकिदैन तबसम्म कुनै उल्लेखनीय परिर्वतन कतै पनि देख्न सक्दैनौं जति नागरिक शिक्षित भएपनि जति पढेपनि चेतनाको स्तरमा परिवर्तन आउन नसक्नु अहिले को ठुलो समस्या यही नै हो । हाम्रो समाज बिगारेको धेरै प्रतिशत आफुलाई पढे लेखेका जाने बुझेका हुम भन्नेहरूबाट नै हो ।
सबैकुरा थाहा हुदाहुदै पनि केही थाहा नभए जस्तो गरी गलत प्रवृत्ति लाई साथ दिन बाध्य छन अहिलका युवा पङ्क्ति हरू किनकी यहाँ अल्लि जान्न बुझ्न खोज्ने र गलत प्रवृत्ति को विरुद्ध आवाज उठाउन सामर्थ्य राख्ने कुनै पनि नागरिकलाई कुनै न कुनै प्रलोभनमा पारेर आफ्नो खेमामा पार्न खप्पिस छन् स्थानीय जनप्रतिनिधि हरू।
स्थानीय स्तरमा हुदै गरेका विकास निर्माण कार्य हरू प्रयाजसो लथालिङ्ग अवस्थामा छन । चाहे त्यो सडक होस या कृषि तथा खानेपानी होस या अन्य कुनै पनि पुर्वाधार निर्माणमा कार्यहरू किन नहोस् ति सबै उचित समयमा सम्पन्न नभएको स्थिति छ । विकास निर्माण का कार्यहरू वर्षैसम्म पनि पुरा हुदैनन् बारम्बार तिनै निर्माण कार्यको लागि पटक पटक बजेट विनियोजन गरेर कमिसनको खेलमा तिनै पार्टीका कार्यकर्ता र ठेकदार स्थानीय नेतालाई भरण पोषण गर्न कार्य विगत देखि वर्तमान सम्म तिब्र गतिमा बढिरहेका छन् ।
हरेक स्थानीय तहहरू विकृत राजनैतिक चपेटामा छन बढ्दो राजनीतिक प्रदुषणले आम नागरिकलाई आक्रान्त बनाएका छन, कुनैपनि दिर्घकालिन योजनालाई बढावा दिएको अवस्था देखिदैन युवालाई उचित किसिमका सहयोग गरी र उर्जाशील र र स्वरोजगार बनाउनको निमित्त प्रचुर रूपमा सहयोग गरिदैन कुनै युवा लक्षित योजनाहरु बनाउदैन र युवा स्वरोजगारका कार्यक्रम त्यति प्रभावकारी कतै पनि देखी दैन।
धेरै त भ्रमको खेती गरेर स्थानीयको आँखामा छारो हाल्ने काम मात्र भएको देखिन्छ । खाली चुनावको लागि मात्र आफ्ना मान्छे बनाउने खेल मात्र खेलेको देखिन्छ। देश कहिले कांग्रेसको जन्घुर भस्यो कहिले उग्र बामपन्थी विचार धारको राजनीति एजेण्डा बोकेको तात्कालिक नेकपा माओवादीको १० वर्षिय जनयुद्धमा फस्यो। वर्षै पछि सङ्घर्ष आम नागरिक बलिदान त्याग र तपस्याका बाबजुद संघिय गणतान्त्रिक नेपाल स्थापना भयो देशले नयाँ सबिधान पायो ।
पटकपटकको सङ्घर्षका बाबजुद सबिधान सभाको चुनावबाट जनताले कम्युनिष्ट पार्टीलाई लगभग दुई तिहाई जनमत दिएर देशको ताला चाबी कम्युनिष्ट पार्टीको खेममा पारिदिए । र देशको नया नेतृत्व कम्युनिष्टहरू गर्दै आएका छन बिगत चारवर्ष देखि अहिलेसम्म । बिगत चार वर्ष देखिको ईतिहासलाई फर्केर हेर्दा देशै भरी नै कम्युनिष्टहरूको मनोमानी भएको देखिन्छ । केन्द्र संघ र स्थानीय तह जताततै पनि छ।
स्थानीय निकायहरूमा तिनैका आफ्नै निती नियम छन जो सविधानमा पनि छैनन होला केही निती नियमहरू त तिनैका छन न्याय कर्ताहरू, प्रतिसोधको राजनिति गर्न प्रबृत्ति व्यापक रूपमा बढ्दै गएको देखिन्छ। मात्र गरेको देखिन्छ। जहाँ आफ्ना दलका मान्छे हरुलाई काखा विपक्षी दलकालाई पाखा गरिन्छ।
स्थानीय निकायमा आउने रोजगारी अबसरहरू कर्मचारी नियुक्त गर्नु परेमा आफ्ना दलका मान्छेलाई मात्र गरिन्छ। चाहे त्यो सक्षम होस या नहोस् कुनै पनि प्रतिस्पर्धा गरिदैन । यहाँसम्म कि आम सर्वसाधारणलाई त स्थानीय तहमा आएका अवसरहरूको जानकारी समेत नहुदै नेताहरुका आफ्ना मान्छेलाई कति छिटो सेट गरिन्छ पत्तै हुँदैन।
कर्मचारी नियुक्ति देखि या रोजगारीका अन्य आयामहरूमा होस बिभिन्न ठेक्का पट्टा लगायतका कामहरुमा किन नहोस्, फरक राजनीतिक विचार राख्नेलाई कुनैपनि अवसरहरू छैनन्, यस्तो भेदभावको राजनीति गरिन्छ । जहाँ कम्युनिष्टहरू बाहेक अरू त मान्छे पनि होइनन र यहाँ बस्ने स्थानीय नागरिक हुन भन्ने हेक्का समेत नराखी एकाधिकार जाहेर गरिदै आएको अवस्था छ ।
स्थानीय स्तरमा बिकृति राजनीतिलाई फस्टाउन सहयोग गर्ने तिनै स्थानिय नागरिक हुन अझ विशेष गरी स्थायी रूपमा बसोबास गर्ने युवा वर्गकोहरू बढी देखिन्छन, जो युवा भनेर आफुलाई चिनाउछन । तिनीहरू नै बिकाउको राजनीतिमा बेचिने क्रम तिव्र गतिमा रहदै आएको छ । कसैले दुई चार पैसाको प्रलोभन देखाएर आश्वासन दिए भने मात्र नै गलत हो भनी जान्दा जान्दै पनि अनभिज्ञ भएर बस्ने युवाहरुको संख्या ठूलो छ ।
विशेष गरी स्थानीय स्तरमा पढे लेखेका धेरै जसो युवाहरु नहुँदा यहा गलत प्रवृत्ति विरुद्ध आवाज उठाउने कोही पनि छैनन्, जस्ले आवाज उठाउन खोज्न हिम्मत साहस र आट गर्छन् त्यसलाई सामाजिक बहिष्कार गर्ने स्थिति समेत सिर्जना हुन्छ । नागरिक हामीमा चेतनाको स्तरमामा परिवर्तन नआएसम्म स्थानीय तहदेखि केन्द्रसम्म चरम भष्ट्राचार र बेथितिमा कुनै कमी आउदैन, चाहे जुनसुकै राजनीति दलको हातमा राजनीतिक नेतृत्व दिएपनि ।
नागरिकमा सचेतना आउनु भनेकै देश परिवर्तनको सुरुवात हुनु हो त्यसैले नागरिक शिक्षित भएर मात्र हुँदैन, अन्तरमनदेखि सचेतना आउनु जरुरी हुन्छ । शिक्षा काम त्यो हो जस्ले देशको नागरिक हुनुको दायित्व र जिम्मेवारी बहन गरी ति पुरा गर्न कार्यमा अग्रसर हुनु पनि हो, असल शिक्षाले नैतिक आचरण सिकाउँछ ।
शिक्षा त्यो होइन जहाँ गलत प्रवृत्ति विरुद्ध बोल्न नसक्नु शिक्षित नागरिक परिचय त्यो हो जहाँ समाज र राष्ट्र परिवर्तनको लागि आफुले थोरै भएपनि ईटा थप्प सकियोस् । शिक्षित नागरिकको काम हरेक गलत कदमको विरुद्ध सशक्त रुपमा आवाज उठाउनु हो यो होइन कि राजनीतिक प्रभावमा परी गलत प्रवृत्ति निम्त्याउनेहरूको सधै जय जयकार गर्दै हिड्ने…..।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend