logo
  • शनिबार, भाद्र २० २०८३

लैंगिक हिंसाका घटनाहरु कम होलान ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-दिपक खनाल ।
लैंगिक हिंसा विरुद्धमा सचेतना अभियान सञ्चालन गर्दै गर्दा के समाजमा लैंगिक हिंसाका घटनाहरु कम होलान ? के हो त लैंगिक हिंसा किन हुन्छन् समाजमा यस्ता हिंसा ? यसका न्यूनीकरणका उपायहरु के हुन त ? नेपालमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न हुदै गर्दा के नेपालमा हुदै आएका लैंगिक हिंसा कम होलान त ?

जे होस जस्तो होस् लैंगित हिंसाको विरुद्धमा हामी उभिन सक्नु पर्दछ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १९९१ देखि शुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन सञ्चालन गरिन्छ । नेपालले यो अभियान वि.स. २०५४ सालदेखि सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकार, मन्त्रि परिषद्ले वि.स. २०७५ कात्तिक २९ को निर्णयानुसार हरेक वर्ष मंसिर ९ गतेलाई महिला हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यस वर्ष २०७७ को नारालाई हेर्दा लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति, समाज र सबैको एक्यबद्धता भन्ने रहेको छ । सन् २०२० लाई हेर्दा Orange the world: fund, Respond, prevent, collect! को रुपमा अभियान विश्व भर मनाइदै छ ।

के हो लैंगिक हिंसा ?

महिला वा पुरुष भएकै कारण लिङ्गका आधारमा गरिने हिंसालाई लैंगिक हिंसा भनिन्छ । यो एउटा सामाजिक अपराध हो । लैंगिक हिंसाको परिभाषालाई हेर्दा पूरुष माथी हुने हिंसालाई समेटे पनि नेपाल जस्तो पुरुष प्रधान देशमा नगन्य मात्रामा पुरुष माथी घटना हुने भएकाले प्राय महिला माथी हुने हिंसालाई अर्थ लगाइन्छ । लैंगिक हिंसाको प्रकृति व्यापक छ ।

लिङ्गका आधारमा महिला र केटाकेटीहरु घर भित्र परिवारका सदस्यहरु र नाताहरुबाट विभिन्न प्रकारका हिंसा जस्तै कुटपिट, गालीगलौज, यौन शोषण, मानसिक यातना, वैवाहिक बलात्कार, जबरजस्तीकरण, बोक्सी आरोप र बहुविवाहलाई लिन सकिन्छ भने घर बाहिर विद्यालय, क्याम्पस, यातायात, सार्वजनिक स्थलहरुमा पनी हिंसा हुने गरेको छ ।

सामाजिक मर्यादा, संस्कार, पारिवारिक वातावरण बिगारिने र डरत्रासका कारण घर भित्रका हिंसा दबिएर रहेका हुन्छन, बाहिर आउछन त नगन्य घटनाहरु मात्र तर घर बाहिर हुने यस्ता प्रकारका हिंसा तुरुन्तै बाहिर आउछन् लैंगिक हिंसालाई अझ बढवा दिन सामाजिक कुसंस्कार, कुरिति र पुराना पराम्पराहरु रहेको पाइन्छ मानिस आफूलाइृ चेतनशिल प्राणीको रुपमा उभ्याउन सफल भएको छ ।

नयाँ नयाँ अनुसन्धान, खोजका कारण मानिसको लागि खासै असम्भव केहि छैन तर त्यही मानिसको मनमा उब्जीएका घृणीत, नकारात्मक कुविचारले दिन प्रतिदिन महिलाहरु यस्ता घटनाका सिकार बन्न पुगेका छन् । लैंगिक हिंसालाई हेर्दा छोरा र छोरीको निहुमा गर्भबाट नै हिंसा हुने गरेको देखिन्छ ।

सामान्य रुपमा हेरै त छोरा जन्मे ताम झाम फरक छोरी जन्मे फरक हुन्छ त्यसैले त यसलाई लिङ्गका आधारमा गरिने भेदभाव भन्न सकिन्छ छोरालाई राम्रो शिक्षा, दिक्षा दिनको लागि राम्रो राम्रो विद्यालय, विश्वविद्यालय पठाइन्छ भने त्यो कुरा छोरीको लागि नहुन सक्छ छोरी भनेपछि पराईघर जाने जात हो छोरो बुवा आमा लाई पापल्ने जात हो यि यस्ता शब्दहरु गाउँघरमा प¥र्याप्त सुन्न सकिन्छ ।

हाम्रो समाजमा हेर्दा देख्दा प्राय घटना पुरुषबाट बढी भएको देखिन्छ तर हाम्रो जस्तो सामाजिक संरचना भएको सामाजमा महिलाबाट महिलाले नै हिंसा भोगेको देख्न पाइन्छ जस्तै सासुबाट बुहारीले, नन्दले भाउजुलाई, जेठानीले देउरानीलाई, पुरुषबाट हुने हिंसामा श्रीमान घरको मुली महिला अर्को दर्जामा यि यस्ता घटना त प्रतिनिधि घटना मात्र हुन यस्ता घटना समाजमा व्याप्त छन् ।

लैंगिक हिंसा हुने कारणहरुमा महिलालाई हेर्ने दृष्टिकोण, कुसंस्कार चेतनाको अभाव, शिक्षाको कमी, राज्यद्वारा कानून कार्यन्वयन हुन नसक्नु हो । नेपाली मिल्दो जुल्दो उखान छ नी महिला र पुरुष एकै रथका दुई पाग्रा हुन एक साइडमा खराबी भए गाडी चल्दैन महिला र पुरुषको अभावमा घर, परिवार समाज र यो संसार चल्दैन एउटा घरलाई सबल बनाउन महिला र पुरुषको उत्तिकै दायित्व रहन्छ ।

२१ औं शताब्दी सम्म आईपुग्दा समेत कुसंस्कार र कुरितिका कारण यस प्रकारका हिंसा हुनु जघन्य अपराध हो । लैंगिक हिंसा न्यूनीकरणको लागि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहल नभएको होइन, लैंगिक हिंसा न्यूनीकरणको अन्तराष्ट्रिय दस्तावेज संयुक्त राष्ट्रसंघ महासभाबाट पारित मानव अधिकारको विश्वव्यापी घोषण–पत्र १९४८ को प्रस्तावनामा नर र नारीको समान अस्तित्व र सहभागीतालाई आत्मसात गरिएको छ ।

लैंगिक हिंसा न्यूनीकरण र महिला समानताको लागि व्यवस्था भएका राष्ट्रिय कानुनी प्राब्धानहरु नेपालको संविधानलाई महत्वपूर्ण दस्तावेजको रुपमा लिन सकिन्छ । नेपालको संविधान २०७२ को भाग–३ मा मौलिक हक र कर्तव्य उल्लेख गरिएको छ ।

यसरी नेपालको योजनाबद्ध विकासहरुमा लैगिक हिंसा नियन्त्रण गर्नको लागि राष्ट्रिय र अन्तराष्ट्रिय तह देखि स्थानीय तहसम्म विविध कानुनी प्राबधानहरुको व्यवस्था भएपनी लैंगिक हिंसामा खासै कमी नभएको अवस्था छ । नितिगत व्यवस्थाहरु धेरै भए पनि त्यसको कार्यन्वयनपक्ष कमजोर हुनाले लैंगिक हिंसा दिन प्रतिदिन बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend