logo
  • शनिबार, साउन ३० २०८३

कविता : तिमी प्रदेश हिडेपछि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवजल ठकुरी

तिमी प्रदेश हिडेपछि, यता बाझिएका छन् बारीहरू,
उस्तै उजाड लाग्छन् बेशी अनि टारीहरू,
मनकाे तापले खाइसक्याे, कतै छैन शीतलताकाे चाैपारीहरु।
एउटा सानाे डालीमा चढ्न लुगलुगाउनेले,

गगनचुम्बी भवनकाे भित्तामा,
झुन्डिएर सिसा सफा गरिरहेकाे फाेटाे फेसबुकमा देख्दा आकुलव्याकूलता तड्पिरहे ।
भगवानलाइ भाकल गर्दै भन्न थाले
मेराे राजा छिटाे घर आऊ, बरू मकैकाे गेडा भुटेर खाउला,

पचास लाेटा पानी अटाउने भाँडाेमा तिमी पक्कै अटाउछाैँ ।
मन कती आत्तिएकाे हाेला त्याे विरानाे सहरमा
सपना उतै हराएछन् समुन्द्री कहरमा सगरमाथाकाे खाेजीमा दाैडिरहने त्याे मन
धाैलागिरी र माछापुच्छेबिना कसरी बाँचिहेकाे हाेला ?

पसिनाकाे नाला बगिरहेको हाेलान् मेराे देशकाे छहरा सरी,
कसैकाे एक बचन नसहनेले पाइलापिच्छेकाे गाली कसरी खपेका हाैला ?
बाध्यताले मन गाठाे पारेर हाँसेका हाैला ।
युग फेरियो, शासन फेरियो ,

तिमी जादा सिँगान छाेड्ने डल्ले र भुन्टेकाे जुँगाकाे रेखी बसिसकेकाे छ ।
तिमीले राेपेकाे सुन्तला फलेकाे उहिले हाे,
तर तिमी किन आएनाै राजा ?
डाँडाकाडा पाखा, पखेरा पनि तिम्रो प्रतीक्षामा बाँचिरहेका छन ।

उनीहरूकाे पनि आखा मेराे जस्तै रसाइरहेका छन् ।
दशैमा आउँछु भनी भाका राखेका थियौं,
तर कयौं दशै आयाे गयाे अहँ तिमी आएनाै ।
थाहा छ राजा तिमी गएकाे कति भयाे ?

निरथर्क बाह्र वर्ष उतै हराएका छाै ।
मन टोलाउन थाल्छ, गगनतिर हेर्छु ,
जहाज आउछन् र हराउँछन तिमी आयौ होला भनी बादलभित्र हराउँछु।
अफसोच! तिमी कहिँ भेटिदैनौ ।

आसुमा पाैडि खेल्न थाल्छु ।
अनि चीत्कार छाेडेर भन्न थाल्छु ।
आऊ राजा, मलाई भेट्न छिटो आऊ मलाई मंहगाे आईफाेन र साँडी चाहिँदैन ।
वास!एक चिम्टी सिन्दुर भए पुग्छ ।

                                        देवजल ठकुरी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend