logo
  • शनिबार, भाद्र २० २०८३

म को हुँ ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-पवन केसी ।
बाहिरको चिसो मोसमबाट आमा ठूलो स्वरले कराउन थाल्नुहुन्छ, बिहानको ७ बजि सक्यो घाम घर माथी आईसके, तलाई उठ्नु पर्दैन,कति सुत्न सक्या अल्छि । रातभरि के के गर्दै बस्छ । एकाबिहानै आमाको धोनी कानका जालिमा गुन्जिदिदा म विउझिन्छु । अनि मोबाईल फोन हेर्न थाल्छु, कहाँ कहाँ कति के के भयो कोरोनाको समाचार मात्र के हेरेको थिए ।

पुन: आमा जोडले कराउनु भो, तल माथिकाले के के गरिसके, त सङैको त्यो त्यरो साथी बिहान ५ बजे उठेर के के गरि सक्यो ।तलाई भने उठ्नु पर्दैन।त्यो आमाको गाली/अर्तिउपदेश सुनेर बिस्तारै खाटबाट तल झर्दै बाहिर निस्के र हतपर्त हातमुख धोए ।

मेरो आमाको अर्ति उपदेशलाई एक छिन सोच्न बाध्य हुन्छु केबल आमाको र बाबाको दुख देखेर सोच्न बाध्य म मेरो आमाले मलाई ९ महिना कोखमा राखी जन्माउने र स्तनपान गराउने म त्यही बुढी आमाको छोरा मात्र हु कि मेरो हातमा हात मिलाएर यहाँ सम्म ल्याउने त्यही बाबुको मात्र छोरा हु ।

आखिर म को हु ? म मा प्रश्न मात्र खडा भए पाँच युगहरु मध्ये म त कलियुगको मान्छे नै पो परे, कहाँ मेरि आमा पहिलेको जस्तो भगवानको पुजारी हुन सक्छु र म । कहाँ म घन्टौ घन्टा कैयम दिन भगवानको उपबासमा पुजा र पुकार गर्दै बस्न कहा सक्छु र म ? म त अहिलेको कलियुगको केटा नै पो परे?

म पहिला पहिलाकी मेरि हजुरआमा जस्तो हुन नि सकेन, सबैलाई माया र खुशी बाड्दै हिड्ने ,आपत बिपतमा परेकालाई सहयोग गर्दै हिड्ने अनि आफु आधा पेट खाएर भए पनि अरुलाई खुबाउदै हिड्न कहाँ सकेर म ? कहाँ उहिले जस्तो गुरुभक्त भएर कहाँ बाच्न सक्छु र म ? एउटा स्त्रीको लागि कहाँ म महाभारत युद्ध र लङका धोस्त पार्न कहाँ सक्छु र म ?

म हिजो जस्तो अरुको प्राण रक्षाको लागि आफ्नो छाती थाप्न कहाँ सक्छु र म त कलियुगमा जन्मेको केटा नै पो परे । मैले त मेरो लागि मात्र सोच्नु पर्छ । म मात्र अगाडी बढ्नु पर्छ । मैले मात्र प्रगती गर्नु पर्छ । जताततै मेरो मात्र नाम चल्नुपर्छ । संता र कुर्चिको लागि जे जस्तो परिस्थिति आएपनि पछाडि हट्नु हुदैन । चाकडी गरेरै भएपनि अगाडि बढ्नु पर्छ ।

मान्छे नै मार्न किन नपरोस आफ्नो कामको लागि जे पनि गर्न तयार हुने म ? सबै राम्रो चिज जति मेरो हुनुपर्छ। मेरो फाइदाको लागि राष्ट्र बेचिएपनि केही फरक पर्दैन । म नै यो संसारको सर्वमान्य हु । म त यो कलियुगको राजा नै पो परे । कलियुगको बाहानामा म आफुलाई राजा मान्ने आजको म मानव कि दानव प्रतिप्रश्न गर्छु आफैलाई ।

जसरी हावाको ब्यगले पहाडलाई हल्लाउन सक्दैन त्यसरी नै तारिफ या आलोचनाले महान व्यक्तिहरुलाई केही फरक पार्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो।सन्सार केबल दुखले भरिएको छ ।यो दुखको कारण हाम्रो विभिन्न इच्छा ले गर्दा हो । संसारकै विवेकशील प्राणी मानव, मानवले नै विभिन्न कुराहरु गर्न सक्छ ।मानबले मात्र ठिक/बेठिक छुट्टाउन सक्छ ।

मानवले मात्र विजय प्राप्ती गर्नको लागि विभिन्न लडाई लड्न सक्छ । यस्तै-यस्तै विभिन्न कुराहरुको सोचाईमा परेको म कलियुगको राजा ठान्ने मान्छे । आजको आमाको गाली उपदेश ठान्ने म धेरै सोच्न बाध्य भए र अझै पनि म को अन्योलमा परेको हु । देश र जनताको लागि या बुढा भएका बा आमाको लागि मात्र आफैलाई प्रतिप्रश्न गर्दैमा दिन बित्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend