साझा नेटवर्क
-दिपक खनाल, अर्घाखाँची ।
नेपाल एक विकासोन्मुख देश, संघियताको आरम्भ भएपश्चात केहि विकासको गतिमा अघि बढ्दैगर्दा वि.स. २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले देशको अवस्था कमजोर बनायो त्यसलाई मलमपट्टि गरी नभ्याउदै पुन २०७६ चैत्र ११ देखि कोरोना (कोभिड–१९)को कारण देश पूर्णरुपमा लकडाउन भएको छ । अत्यावश्यक काम परेमा मात्र घर बाहिर निस्केकको देखिन्छ ।

हामी लगायत सबै जना हैन भने यो भाइरस नै त्यस्तो रछ कि व्यक्ति व्यक्ति बिचकको सामाजिक दुरी कायम गरेमा, साबुन पानीले मिचिमिचि हात धोएमा यी लगायत यस्ता विधि अपनाएमा सुरक्षित भइने रहेछ यसको असर व्यक्ति व्यक्तिलाई मात्र हैन पूर्ण विश्वलाई नै प्रभावित बनायो भने हाम्रो त सानो देश भर्खर भर्खर सुखी नेपाली संमृद्ध नेपालको नारा अवलम्बन गरी अघि बड्दै गर्दा यो कोरोनाको महामारीले देशको अर्थतन्त्र कमजोर त बनायो बनायो धेरै मानीसहरुको व्यापार, व्यावसाय, रोजगारी सब चौपट बनायो ।
यसवर्ष २०७६ को एस.ई.ई. जुन पहिले पहिलेको फलामे ढोकाको नामले चिनिने परीक्षा हो साथै कक्षा १२ र ११ को परीक्षा समेतलाई निर्धारीत समयमा सञ्चालन हुन सकेन भनिन्छ महामारीमा ज्यान जोगाउन सके परीक्षा त पछि दिदै गरौंला हामीले महशुस गरेका छौं कोरोना (कोभिड–१९) को कारण देशको शैक्षिक अवस्था पनी तहसनहस गरायो शिक्षण संस्था क्वारेन्टीनका रुपमा प्रयोग भई रहेका छन् ।
हुनु स्वभाविक पनि हो रोजगारीको सिलशिलामा अन्य देशमा रहनु भएका नेपाली बुवा, आमा, दाजु, भाई, दिदी, बहिनी आफ्नो देश फर्कन पाउनु पर्छ सुखदुख एकछाक खान नै किन नपरोस आफ्नो देशमा फर्कनु र बस्नुको महत्व बेग्लै हुन्छ । यसैसगै देशको आर्थिक अवस्था कमजोर भयो कोरोनाको कारणले र पनी आ.व. २०७६/०७७ समाप्ती र २०७७/०७८ को प्ररम्भ हुदै गर्दा नयाँ आ.व.को रुपमा बजेट वक्तव्य संघीय ससंदको संयुक्त बैठकमा जेठ १५ मा अर्धमन्त्रीद्वारा बजेट भाषण गर्नुभयो ।
बुदा नं. १६६ मा उल्लेख गरिए अनुसार “माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु” भन्ने भनाइले निजी र सामुायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तुलना गर्न खोजिएको हो कि ?
सबै सामुदायिक विद्यालय कमजोर छैन्न र सबै निजी विद्यालय पनि उत्कृष्ट छ्रन्न । सरकारको लगानी तालिमहरुको दृष्टिले हेर्ने हो भने सामुदायिक विद्यालयका शिक्षक दक्ष हुनु पर्ने हो र नतिजा पनी राम्रो आउनुपर्ने हो । त्यो हुन सकेको छैन । कुनै कुनै विद्यालयको व्यवस्थापन पाटो कमजोर छ होला, कुनै कुनै शिक्षक आफ्नो विषयप्रति जिम्मेवारी नहुनाले पनि सामुदायिक विद्यालयको नतिजा कमजोर भएको होला अर्को कुरा विद्यालय कमजोर हुनुको पछि अभिभावकको पनि उतिकै कमजोरी हुन्छ ।
हामीले आजसम्म देख्दै आएको कुरा जुन क्षेत्रमा आफ्नो लगानी हुन्छ त्यस प्रति माया हुनु स्वभाविक हो (प्रसङ्ग निजी विद्यालय) मासिक रुपमा लगानी भैराछ (मासिक शुल्क, स्पोर्ट शुल्क, कम्प्युटर शुल्क आदि) हप्तामा फरक फरक ड्रेस लगाई चिटिक्क पारेर पठाएको देखिन्छ । त्यति मात्र हैन निजी स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीले गृहकार्य ग¥र्यो गरेन, पढाई कस्तो छ, स्कुल पुग्यो पुगेन यियस्ता सम्पूर्ण जानकारी अभिभावकलाई थाहा हुन्छ तर सामुदायिक विद्यालयमा अध्ययन गर्ने छोरा/छोरीले गृहकार्य गर्यो गरेन, पठन पाठन कस्तो छ, दैनिक स्कूल पुग्यो पुगेन यियस्ता जानकारी राख्ने अभिभावक कम नै हुनुहुन्छ होला ।
हाम्रो समुदायमा अझै पनि दुई बर्ग छन् हुनेखाने र अर्को हुदाखाने । हुने खानेको छोराछोरीले पढ्ने ठाउँ भनेको उत्कृष्ट सामुदायिक विद्यालय की निजी विद्यालय हो अर्को बर्ग हुदाखाने जुन दिन भरी काम गरी बिहान बेलुका छाक टार्न धौ-धौ पर्छ त्यो बर्गको लागि कापी, कलम, पेन्सिल किनी छोराछोरीलाई विद्यालय पठाउने कुरा पनि पहुच भन्दा बाहिर जान्छ उनीहरुको लागि नत निजी नत उत्कृष्ट सामुदायिक विद्यालय नै, उनीहरुले अध्ययन गर्ने उनीहरुको पहुच भनेको सामान्य सामुदायिक विद्यालय नै हुन्छ ।
अब भन्नुहोस यी विचमा उत्कृष्ट नतिजा कस्को आउला ? विहान बेलुका छाक टार्न गाह्रो हुदै गर्दा विद्यालय गएर अध्ययन गर्ने विद्यार्थीको नतिजा र उत्कृष्ट निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजामा कस्को राम्रो होला ? त्यसैले शैक्षिक गुणस्तर तुलना गर्न नखोजौं सामुदायिक विद्यालय सामान्य हुदाखाने बर्गका छोराछोरीहरुले अध्ययन गर्ने संस्था हो भन्ने कुरा सरकारले बुझनु पर्ने आवश्यक छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend