logo
  • शनिबार, भाद्र २० २०८३

काेराेना संक्रमित साथी मलाई माफ गर


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-दिनेश न्यौपाने, बुटवल ।
मरिसक्याै २/२ पटक तिमी मरिसक्याै, उपचाररत जिउदा तिमिलाई धेरै पटक धेरैबाट मारियाे । अस्पतालकाे शैयामा मृत्युसँग संघर्ष गरिरहेका तिमिलाई पटक-पटक मारेर कतै खुसि मनाइयाे त कतै दुःख । सम्झे, स्मृतिमा तिम्रा यादहरु झल्झल्ति आइनै रहे । मोबाइलकाे घण्टि बज्ने बत्तिकै कहि म उत्तर दिन ब्यस्त भएँ धेरै जसाे जानकारी लिनमा । जण्डिसले थलिएर पुर्काेटदह देखि छायाँ मेडिकलहल अर्घाखाँची हुँदै प्रदेशकै सुविधा सम्पन्न अस्पताल क्रिमसनमा भर्ना भएकाे कुराकाे जानकारी पनि खिकबहादुर कुवँर (तिम्रै भाइ)काे फेसबुक वालबाट जानकारी पाएँ, तुरुन्त खिमसरलाई फाेन हाने उहाँकाे फाेन अफ थियाे ।

मदाने गा.पा.का.आफ्नाे पहुँचमा भएका सबैसंग जाेडिएँ । कसैले जन्डिसका कारण, कसैले निमाेनिया त कसैले दमले ग्रस्त भएर उपचारका लागि बुटबल ल्याइएकाे जानकारी दिए । अर्काेदिन दिउसाे एकदेखि दुई बजेकाे बिचमा फेसबुककाे वालभरी गुल्मीले खाता खाेल्याे, गुल्मिमा पनि काेराेनाकाे नयाँ बिरामि भेटिए, जस्ता कुराले फरकफरक स्क्रिनमा मोवाइल रङगिएकाे थियाे । त्यहि क्रममा मदाने गा.पा.१ अग्लुङका भाइ सुशील चन्दलाई सम्पर्क गरे र साथी तिमि नै नयाँ काेराेना संक्रमित भएकाे कुरा जानकारी गराउँदै गहिराे दुःख व्यक्त गर्दै तिम्राे शिघ्र स्वास्थयलाभकाे कामना भाइ शुशिलले गरे ।

पुर्ण जानकारिका लागि खिम सरलाई पटकपटक फाेन हाने । उहाँकाे फाेन पहिले जस्तै अफ नै थियाे । मैले भेटेकाे, चिनेकाे र साथसंगत गरेकाे साथी तिमिलाई पटकपटक सम्झिए । माध्यमिक तहकाे राहत शिक्षककाे हैसियतले म आफुले पनि मदाने गा.पा मै ६ वर्ष अध्यापन गर्दैगर्दा जाेडिएकाे हाम्राे सम्बन्ध विस्तारै झाँगिदै गयाे । राहत शिक्षकहरुकाे हकहितका लागि हामी एक ठाउँमै थियाैँ । कहिले तम्घासका आन्दाेलन कहिले, काठमान्डाैँका आन्दाेलन त कहिले पालिका स्तरिय मिटिङमा भेट भइ नै रहन्थ्याे ।

पटक-पटक तपाइले मलाई मेराे सक्रियता र चासाे कम भएकाे कुरा सम्झाउँदै गर्दा मैले जवाफमा तपाइलाई भनेकाे कुरा झल्झल्ति सम्झन्छु। सर मेराे उमेर ३०/३१ मा छ, मैले पढेरै स्थायि निकाल्नु पर्छ भन्ने पक्षमा छु तर पनि साथिहरुलाई पुर्ण रुपमा साथ र सहयाेग छ भन्दै आफ्नाे भागमा परेकाे सहयाेग रकम उपलब्ध गराउँथे । समग्र राहत शिक्षकहरुका हकहित र न्यायका लागि तपाइकाे याेगदान सधै अतुलनिय नै रहिरह्याे र अझै पनि छ । म पेसाले शिक्षक त्यति ठुलाे के नै पहुँच थियाे र ! स्कुल जाने आउने काममा पनि क्रम भङगता भएकाे २ महिना भैसकेकाे छ ।

भाडाकाे काेठामा बन्दी जीवन बाँचिरहेकाे मन आफै छटपटि राखेकाे नै थियाे । अचानक काेराेना संक्रमित गुल्मीका बिरामिकाे निधनकाे खबर अनलाइनमा आयाे । हेर्न, पढ्न सकिन रन्थनिदै गुनाराम घिमिरे पेसाले उहाँ पत्रकार हुनुहुन्छ नातामा ससुरालि (मामा ससुरा) उहाँकाेमा पुगेर क्रिमसन अस्पताल प्रशासनलाई, फाेन गर्न लगाएँ । उहाँले त्यहिबाट फाेन गर्नु भयाे । बिरामि भेन्टिलेटरमा भएकाे र उपचार चलिरहेकाे जानकारी पाएपछि न्युज ब्रेक गर्ने पत्रकारलाई सम्झिए । एकातिर खुसिकाे सिमा रहेन अर्काेतिर रिसले आगाे बलेकाे थियाे । मानाैँ उ मेराे नजिक भएकाे भए….।

धिक्कारे उसलाई राज्यकाे चाैथाे अंग सुचनाकाे सँवाहक थुक्क तेराे कर्म ! सम्झे उसाे त नेपालकाे पत्रकारिता अयाेग्य, असामाजिक, अनैतिक र चरित्रहिन यस्तै लाज मरेकाहरुले न अपवित्र बनाएका छन् । उसले मृत घाेषणा गरेकाे साथी तिम्रो परिवार र उ स्वयंमलाई सम्झिए । जताततै मृत्युकाे खबरले छाएपछि अस्पताल प्रशासनले मिथ्या समाचारकाे पछि नलाग्न भन्दै विज्ञप्ति जारि गर्याे र बिरामिकाे उपचार भइरहेकाे जानकारी गरायाे । बिचार गरे पेसामा त इमान हुनुपर्छ ! मर्न त त्याे शक्तिकाे मात लागेकाे पत्रकार रुपि अल्पग्यानि दानवलाइ पनि मर्नुपर्ला !

हे भगवान ! यसकाे मृत्यु कस्ताे हुनेहाेला । अस्पतालकाे सुचनाले पलाएकाे मन फेरि ८/१० घण्टाकै अन्तरमा उहीँ ठाउँँमा पुग्याे । आज ७ गते बिहानै पुन माेवाइलमा मृत्युकाे खबर आयाे जसमा बुटवलकै स्थापित अनलाइन मिडिया लगायत तिलाेत्तमा नगरपालिकाका लाेकप्रिय मेयर बासु घिमिरे समेत सुचनाकाे श्रोत थिए । नेसनल टेलिभिजन न्युज २४ मा बासु घिमिरेले दिएकाे अन्तरवार्ता हेरेँ जसबाट साथी तिमि याे धर्तिमा नरहेकाे कुराकाे निस्कर्षमा पुगेँ ।

पुुनः दिउसाे ११ बजे माेबाइल खाेले राताे स्क्रिनमा बुटबलकै पुराना तथा स्थापित पत्राकार नातासम्बन्धले मेरा बुढा माओलि दाइ रामराज पाेख्रेलकाे स्टाटस देखेँ । लेखिएकाे थियाे “बिहान १०:४५ बजे अस्पतालका मे.सु डा. शेखर पाेख्रेल र उनका भाइका अनुसार साथी तिम्रो मृत्युकाे खबर निराधार” । उता स्थापित मिडियाले त्यस्ताे लेख्छ यता स्थापित पत्रकारले स्राेत खुलाएरै यस्ताे ! सम्झे यहाँ इमान, धर्म, नैतिकता र मानवता सबै मरिसक्याे ।

एकपटक पत्रकारहरुकाे छाता संगठन रुपन्देहि पत्रकार महासंघलाई सम्झिए, त्यस्ता जिम्मेवार मान्छेहरुका अनुहार झल्झल्ति आयाे उता साथी तिम्रो र परिवारकाे पनि । पुन: बासु घिमिरेकाे विग्यप्ति आयाे अस्पतालका सञ्चालक समिति सदस्य दुर्गा प्रसाद पाण्डेकाे स्राेतकाे आधारमा आफु बाेलेकाे कुरा त्यहाँ उल्लेख थियाे । म आफु पनि तिलाेत्तमा नै बस्ने भएकाले र थुप्रै मेयरहरुकाे काम कारबाहिलाई नजिकबाट नियालिरहेकाे हुनाले तुलना गरे ।

अरु मेयर र बासु घिमिरेकाे काम गराइकाे शैली फरक नै छ । त्यसैले त अरु नगरपालिका भन्दा तिलाेत्तमा हराभरा र शुन्दर पनि छ । यहि फरक पनले नै उनी जन जनकाे मनमा पनिछन् तर आज किन यस्ताे कच्चाे काम गरे हाेलान अथवा उनले खुलाएकाे स्राेत व्यक्ति कति लाचार र गैर जिम्मेवार । आफुसँग केनै सामार्थ्य छ र केबल कापि र कलम नै हाे । मनले खटाएन समाते जे देखेँ त्याे लेखेँ । माेरङकाे पत्रकारले त्याे न्युज ब्रेक गरेकाे होइन गरेकाे रुपन्देहिकाले नै हाे ।

त्यसैले पत्रकार महासंघ रुपन्देहिले तुरुन्त ती राताे पासधारि पत्रकारकाे पास खाेसेर पेशाबाट बर्खास्त गराेस् । तुरुन्त रुपन्देहि प्रशासनले कडा भन्दा कडा कारबाहि चलाओस् । विज्ञप्तिमा उल्लेखित समाचारका स्राेत व्यक्ति, गलत समाचार सम्प्रेषण गर्ने, उपचाररत जिउदाे मान्छेलाई मारेर रमाउने अपराधि मनशरुलाई कडा भन्दा कडा कारबाहि हाेस् । अन्त्यमा याे संग मुछिएका सबै दाेषिलाई इश्वरले पनि कडा भन्दा कडा दण्ड दिएकाे समाचार आम जनमनले सुन्न पाउन ।

ती दानवरुपि पापिहरुलाई कहिल्यै राम्राे नहाेस् । तिम्राे निराधार मृत्युकाे खबरले छटपटिएकि तिम्रि श्रीमती र सन्तानकाे सरापले तिनका दैनिकिहरु अबरुद्ध गरून् मलाई माफ गर प्रिय साथी मैले याे भन्दा केही गर्न सकिन केबल भन्न सक्छु तिम्राे सिघ्र स्वास्थ्य लाभकाे कामना।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend