logo
  • शनिबार, भाद्र २० २०८३

कोरोनाले सुरु गराएको ईन्टरनेट कक्षा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-बबिता कुवँर ।
म गाउँ आएको १ महिना भन्दा बढि भयो । चैत ७ गते गाउँ आएकी हुँ । हामी लकडाउन हुनुभन्दा अगाडी नै कलेज बन्द भएपछि गाउँ फर्केका हौँ । ३०/४० जना अटाउने बसमा ९० जना चढेर गुल्मी आईपुगेका हौँ । राती नै बसपार्क भित्र रात कटायौँ र बस चढ्न पायौँ मुस्किलले । मनमा लागेको सकुशल घर पुगियो भनेँ कोरोनालाई जितेर फर्के जस्तै हुन्थ्यो । हामी फर्कने दिन दिदि भाई र म थियौँ ।

म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा नर्सिंग दोस्रो बर्ष पढ्दै छु । गाउँ आएपछि खूब रमाईलो भयो । म काठमाण्डौँ पढ्न गएको ५ बर्ष पुगिसक्यो । त्यो बिचमा दशैँ तिहार मात्र हो गाउँ आउने भनेको । म बिहानै हिडेँ भने घर पुग्दा साँझ पर्छ । ममि बुबा गाउँमा खेतबारी पसल, घाँस, दाउरा, स्कूल सबै गर्नुहुन्छ । म गाउँ आउने बेला बारी खाली थियो । मकैँ छर्नका लागि मल फाल्ने जोत्ने काम म आएपछि सुरु भयो ।

हामी नआएको भए ममिलाई सुनो हुन्थ्यो यसपाला ममिलाई केको सुनो लाग्नु रमाईलो लाग्यो । कोरोना आएपछि । चैतको हावा हुरी,पसिना धुलो ममि एक्लै खेप्नुहुन्थ्यो। ममि हिजो आज भन्नुहुन्छ । ‘तिमी आउँदा बारि पुरै उराठलाग्दो थियो । मकै छरेर एकोहोराउने बेला भो हरियाली भईसक्यो’ । भाई बुबाको साथी भएको छ । घास पात गर्दा सहयोग गर्छ । कुचो बनाउने नाम्लो बनाउने काम पनि सिकिसकेको छ । हामी ५ भैना हौँ ।

एउटा साईली दिदि जापानमा जेठि दिदिको बिहे भईसक्यो । आजकल घरमा म ममि माई दिदि भाई छौँ । म घरमा मल फाल्ने, खन्ने, घासँ काट्ने सबै काम सघाउँछु । लकडाउन भने पनि गाउँमा खेतिपातिको काम गर्ने बेला भएर बारी तिरै हुन्छौँ । ‘कहिले बेलाउतीको रुखमा कहिले खन्युको रुखमा’ मेरो दैनिकी। पुजा गर्दा बाल्ने बत्ति कात्न,टपरी खुट्न सिकिसकेकि छु ।अहिले टपरी ममिले भन्दा राम्रो बनाउँछु ।

कोरोना संक्रमित र जोखिम बढेसँगै लकडाउनको समय पनि बढ्दै गयो । सरकारले जब अनलाईनबाट कक्षा सुरु गर्ने भन्यो । मेरो पनि कलेजबाट अनलाईन कक्षा सुरु हुने सुचना आएपछि मेरो पारो तात्न थाल्यो । सुरु सुरुमा रमाईलो लागेको गाउँ अब त्यो रिस उठ्न थाल्यो अनि किन काठमाण्डौँ छोडेर आएछु भयो ।न ईन्टरनेटको टावर टिप्छ न ईन्टरनेट चाडोँ चल्छ । समस्याका बिच कलेजको अनलाईन कक्षा त सुरु हुने फाईनल भो ।

बुबासँग झगडा पनि गरेँ बुबालाई अनलाईन कक्षा पढ्न ईन्टरनेट चाहियो भनेर सुनाए।बुबाले ‘कुन शिक्षकले हो अनलाईन कक्षा भनेको थानकोट पछाडी पनि नेपाल छ भनेर भन्देउ’भन्नुभो मलाई पिर लाग्यो अब पढ्न नपाउने भए भनेर । म रोएँ पनि । तर मेरो समस्या सबैलाई तिल जस्तो लागिरहेको थियो मलाई भने किन हो किन उत्पात पहाड जस्तो लागिरहेको थियो ।

आफ्नो कोर्ष छुट्ने पिरले मलाई रिचार्ड कार्ड जसरी पनि ल्याईदिनुस् भनेर म जिद्दी गर्न थालें । बुबालाई पनि छोरीको आखामा आशुँ हेर्न के मन लाग्नु, वडा कार्यालयबाट पास मागेर बाईकमा ईश्मा बजारमा पुगेर रिचार्डकार्ड ल्याईदिनुभयो । कार्ड पनि आयो अब त घरमै बसेर पढ्न पाईने भो भन्ने खुसि थियो । तर नेपाल टलिकमको ईन्टरनेट प्याकेजले चलाएको नेट यति ढिला की सबै साथी पढेर सकाउदा म जोईन हुन्थे ।

त्यसबाट मेरो ईन्टरनेट कक्षा चल्ने भन्ने आश मर्यो । फेरि बुबालाई स्मार्टको सिम भयो भने राम्रो चल्छ भनेर कसले सुनाईदिएछ । त्यो सिम पनि सदरमुकामबाट आउने एम्बुलेन्समा मगाउनु भो। त्यो स्मार्ट नाम मात्रैको स्मार्ट काम भने अति अनस्मार्ट, नेट एकदमै स्लो । तर आश मरेन कहिले ठुलो पाटो कहिले डाडाँ कहिले गोठ, सबै ठाउँ पुगेँ टावर टिपाउन । म दिनभरि काम गरे भन्दा बढि त ईन्टरनेट चल्ने बनाउदाँ थाकेँ ।

एकपटक महंगो भए पनि एनसेलको ईन्टरनेट पनि चलाई हेर्न मन लाग्यो । बुबासँग सिम थियो । फेरि रिचार्ज कार्ड किन्न लगाएँ । प्रयास गरेँ । तर एनसेलबाट चाहिँ मेरो ईन्टरनेटबाट पढ्ने आशा पुरा भयो । खर्च बढि लागेपनि पढाई बुझ्न सकिने गरि ईन्टरनेट चल्यो । ३०० को रिचार्ज कार्डले केहि हप्तालाई पुग्नो आश छ । आजकल पालै पालो दिनमा ३ जना शिक्षकले अनलाईनमा पढाउनुहुन्छ ।

कक्षामा जोईन भएन भने शिक्षकको फोन आउछ । एक किसिमले ईन्टरनेट कक्षाले आफूलाई खाली समयमा पनि पढाईमा र पढेको कुरा नबिर्सिन सहयोग गर्ने रहेछ । डाटाबाटै भएपनि म त लगातारको प्रयासले पढ्न पाईरहेकी छु । हाम्रो जस्तो फोन कलको टावर राम्रो नसुनिनो ठाउँमा ईन्टरनेट कक्षा एकदमै गार्हो र खर्चिलो रैछ भन्ने थाहा पाएँ ।सामाजिक संजालमा सरकारले टेलिकम मार्फत अनलाईन कक्षाको लागी ईन्टरनेटमा सहयोग गर्ने भन्ने पनि पढेकी थिए ।

त्यो भयो भने म जस्तै अरु बिधार्थीको पनि ईनेटरनेटबाट सिक्ने सपना पुरा हुन सक्ला । यसपाली म चाडैँ गाउँ आएँ र गाउँमा पनि बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेको भएर गाउँमा त्यति धेरै डर र त्रास चाहिँ छैन । म रहेको ठाउँमा तत्कालका लागी डर नभएपनि कतै समाचारमा बिदेशबाट फर्केकाहरुको ४९ दिन पछि कोरोना पोजेटिभ देखिएका खबर पनि छन् ।

भुकम्पको बेला पनि म काठमाण्डौँमै थिएँ । हामी थुप्रै समय घरि होस्टेलको छतमा त घरि चौरमै बसेका थियौँ । यसपालीको अबको डर चाहि मलाई यो कहर पछि कसरी हस्पिटलमा जाने होला भन्ने छ । अहिलेको लागी त गाउँमा हात धुने सामाजिक दुरी कायम गर्ने र सरसफाई बारे त हामी सचेत छौ । पछि सामान्य दैनिकी सुरु भएपछिको कुराले सताउंछ । म नर्सिंगको बिधार्थी हुँ । मेरो नर्सिंगको तालिम कक्षाको अझै केहि हप्ता बाकिँ छ ।

पछि म राजधानी फर्केपछि अस्पतालमा हुने तालिममा आउने बिरामी कस्ता आउँछन् । भिडभाड कस्तो होला काम गर्ने बेला पिपिई नभएका समाचार पनि छन् । पिपिई पाईएला नपाईएला ।कोरोनापछि राजधानीमा पब्लिक गाडी, मान्छेको भिड भएसी कसरी सुरक्षित भईएला कोरोना कमै भएपनि मनमा एउटा डर र त्रास चाहिँ सायद लामो समयसम्म रहिहन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend