साझा नेटवर्क
– गोविन्द न्यौपाने l
मृत शरीरमा पार्टिको झन्डा ओढाउने चलन भर्खरै शुरु गरिएको छ l विगत पाँचदस वर्ष अघी यो चलन थिएन l हिजोआज यो चलनको प्रतिस्पर्धा भएको देखिएको छ l घर परिवार चरमपिडामा हुन्छ l ति कुरा तर्फ ध्यान जाने कुरा पनि भएन l समाजका टाठाबाठाहरु झन्डाको जोहोमा अली बढी आतुर देखिनु हुन्छ l
मानिसका हरेक चाहनाहरु हुँदारहेछन l राजनैतिक हिसावले कुनै पार्टीसँग आवध्द नरहने आफ्नो मताधिकार चुनावको वेलामा सुझवुझका साथ प्रयोग गर्ने संख्या नेपालमा धेरै छ l यध्यपी ति मानिसहरुलाई स्वघोसित समाजसेविहरुले असामाजिक अबौद्दिक भनुन l त्यस्ता राजनैतिक पार्टिका गन्ध समेत नमिसिएका कतिपय मानिसको पार्टि मृत्युपछी देखिदै छ चिनिदै छ l एउटै घरमा दुई छोराहरु फरक राजनैतिक पार्टिमा आवध्द रहने र मिर्त बुवा आमाको शरीरमा कुन झन्डा ओढाउने भन्ने बहस मसानघाट्मै हुनुमा हामी लजाउनु पर्दैन र ?
मानौ :: तपाईं कहिकतै घरदेखि टाढै हिड्दै हुनुहुन्छ l मानिसको दाहसस्कार हुँदै छ l तपाईंसँग थोरै समय छ l स्वभाविकरुपमा तपाईं त्यहा जानुहुन्छ l गर्व लाग्छ l त्यहा पुग्न पाएको मा l तर त्यहा आफु इतरको झन्डा छ भने पक्कै असजिलो महसुस हुने छ l तपाईं एउटा मानव हुनुका नाताले त्यहा जानुभएको हो l तपाईंलाई थाहा छ एकदिन तपाइपनि मर्ने हो त्यसैले त्यहा जानुभएको हो l झन्डा ओढाउनेको भन्दा चेतनास्तर तपाईंको माथि छ त्यसैले तपाईं जानुपर्छ l छिमेकी कथा गुरुप्रशाद मैनालिले हाम्रो समाज हेरेर लेखेका हुन l धुन्धान झगडा हुन्छ l हानाहान हुन्छ l तर अप्ठ्यारो परेको वेला कसैले पनि बिगत बिर्सने हाम्रो सस्कार हो l कर्तव्य कथामा भएका पारीवेश हाम्रो समाजमा हामीले देखेका मात्रै छैनौ भोगेकै छौ l मैले आँफै उदाहरण दिन परे दिउला स्वास्नि लैजाने जार मलामा गएको छ ,झै झगडा गरेर नबोल्ने ,लडाईं गरेको ,कुनै पनि अशिक्षित हो वा शिक्षित सवै ले आफुसक्दो समवेदना दिएको छ l समाज त्यसरी नै चलिरहेको छ l
परिवर्तन पक्कै पनि आवश्यक छ l कुसस्कार आज पनि ब्याप्त छन समाजमा l तीनिहरुको न्युनिकरणमा राजनैतिक पार्टिको भूमिका कम अंकलन गर्न मिल्दैन l तर सदियौ देखी चलिआएको सहयोग सद्भभावको संस्कारमाथि नै प्रतिकुल हुने गरी समाजका अगुवाहरुले जुन परिपाटि बसाल्दै हुनुन्छ यो सुहाउँदो छैन l यसको परिणाम पनि राम्रो हुँदैन l खोलो बगाउनु पर्दैन आँफै बग्छ l पानी पार्नु पर्दैन l यो समाज भित्रको प्रक्रिती बनिसकेको छ l आज पनि धामी झाक्रिले रोजगार पाइरहेका छन l गरिव अशक्तहरु जहाका तही छन l मान्छेको जीवन सुधारका यावत पक्ष हरु छन l हामीले काम गर्नुपर्ने l भ्रस्टचारले जरा गाडेकै छ l स्थानीय स्तरमा वन जङल शिक्षा स्वास्थ्य रोजगारजस्ता थुप्रै काममा सहमति जुट्दैन l
ठीक छ त्यसलाई ब्यवस्था को उपज भनौला l सार्वजनिक चासोका बिषयमा बिचार नपुराइ बसालेका रितिहरुले पक्कै पनि समाज उत्ताउलो बन्न सक्छ l मसानघाटमा भाषण होइन दाउरा आगो कपाल मट्तितेल l पार्टिको बखान होइन शोक धुन राष्ट्रिय झन्डा l घरमा दुनो टपरी पैसा चामल घ्यु डिङा बाच्छा चिसो तातो यही परम्परागत शैलिले नै मनहरुलाई जोड्न सक्छ l
सताव्दी अघिदेखि समाज एक भएर जन्तीमलामेमा सामेल छ l लहडवाजीमा भएका उग्रराजनैतीक कृयाकलापले समाजको अस्तित्व र सुव्यबस्थामा नराम्रो प्रभाव पारेको छ l हामी मरेर जान्छौ l सन्तान मिलेर बसुन भन्ने तिरै ध्यान पुर्याउन मेरा अग्रजहरु प्रती सादर निबेदन छ l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend