साझा नेटवर्क
मोहम्मद अजिज अलि , दोहा कतार ।
विश्व सामाजिक संजालमा नेपालीहरुको सक्रियता यति बाक्लो छ कि लाग्छ नेपाली जत्तिको फुर्सदिला अन्य मुलुकका जनता छदैछैनन ।
नेपाली नेपाली बिचको संजाल भित्र रहेकाले पनि त्यस्तो लागेको हुन सक्छ ।
संजालमा भेटिएका पोस्ट समाचारहरुमा मिनट भित्रै ओइरिने क्रिया प्रतिक्रियाले पनि हामि कति फुर्सदिला छौ भन्ने देखाउछ ।
यस्तै सन्दर्भमा एउटा भाइले मैले लेखेको कम्युनिष्ट एकता सम्बन्धि स्ट्याटसमा नेपालबाट कमेन्ट गरे “अरुको चासो नलिनुस अरबेको काम गर्नुस अनि नेपाली राजनीतिमा अभिरुची भए यहि आएर बहस गर्नुस बिदेश पलायन भएका हजुरहरु जस्ता अधिकांश कामदारहरु आफ्नो हकहितको लागि लड़नुस” ।
मैले ति भाइको बिबेक र ज्ञानले जे जति जाने बुझे त्यति लेखे भनेर प्रतिक्रिया माथि प्रतिक्रिया थप्न औचित्य ठानिन धेरै साथीहरुले उनको कमेन्ट लक्षित गरि जवाफहरू दिएपछि भाइले सुटुक्क कमेन्ट हटाएछन । भाइले संजालबाट हटाएपनि मेरो मनमस्तिष्कबाट हट्न सकेन । त्यहि कमेन्ट मध्ये मेरो एकजना मित्र भुपराज बस्याल ति भाइले भनेझै अरबेकै देश युएईमा आफ्नो काम संगै पत्रकारिता क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ वहाले “अरबेलाई राजनीति बहस गर्ने अधिकार हुन्न र ? यिनै अरबेले धानेको देशमा बसेर अरबेलाई गालि गर्नुले आफ्नै हैसियत जनाएकोछ महोदय” भनेर लेख्नु भएछ भाइले आफ्नो कमेन्टनै हटाएर टन्टै साफ गरेछन ।
यस्ताखाले प्रतिक्रियाहरु अझै भनौ हरेक कुराको सकारात्मक नकारात्मक टिकाटिप्पणी गर्न हामि नेपालीहरुको दैनिकी जस्तै बनेकोछ तर बेलाबखत ति भाइले जस्तै बिदेशमा खास गरेर अरब देशमा बसेर नेपाल र नेपाली राजनीतिका बारेमा चिन्ता किन लिन्छौ चिन्ता लिनेनै भए नेपालमै आउ भनेर सुझाव मजाक वा धम्कि शैलीमा समेत दिने गर्छन कतिले त अरबमा गरिने कामहरुलाई समेत जोडेर अपमान गर्ने गर्छन लाग्छ नेपाल र नेपाली राजनीति उनीहरुकै मात्र सरोकारको बिषय हो । चाहे उनिहरु नेपालमा काम नगरी हल्लेर हिडेका नै किन नहुन ।
खाडी मुलुक लगायत अन्य देशहरुमा ४० लाख भन्दा बढी युवा किन गए ? जानु पर्ने रहर बाध्यता वा अन्य केहि कारण छन भन्ने कुरा बुझ्न जरुरि छ । आफ्नो परिवार समाज र देश देखि टाढा रहेर श्रम गर्नु कुनै पनि देशका नागरिकको रहर हुन्छ जस्तो लाग्दैन नेपालमै बसेर विश्व घुम्नका लागि जान पाए किन श्रम खर्चिन जान्थे ? बिदेशिनुका धेरै कारण छन सबैभन्दा प्रख्यात र सबैले भन्ने गरेको र यथार्थ भनेकै बेरोजगारी हो । त्यसो भन्दै गर्दा नेपालमै पनि धेरैले गरेकाछन गर्नेलाई नेपालमै छ भन्ने जवाफ आउन सक्छ जुन जायज पनि हो तर त्यसको पछाडिको यथार्थता पनि बुझ्नु जरुरि छ।
बिदेश गएका लाखौ युवाहरुकै श्रम पसिना र त्यागले नेपालमा व्यवसाय गरि केहि गर्न सक्ने भएका हुन भन्न कुनै अफ्ठेरो छैन नेपालीहरु विदेश जानु भन्दा पहिलेको अवस्था र अहिलेको व्यवसायिक अवस्था हेर्ने हो भने आकाश पातालको फरक छ जुन प्रत्यक्ष रुपमा बैदेशिक रोजगारले नै वाताबरण बनाइदिएको हो साधारण भाषामा भन्नुपर्दा विदेशबाट पठाएको रेमिट्यान्स खर्चिदिएर नेपालका व्यवसायहरु चलेका हुन नत्र पाखो बारीमा उब्जाएका कोदो मकै खाएर जीवन धान्ने नेपाली अहिले घर जागा किन्ने मोटर गाडी चढेर रेष्टुरेन्टमा बसेर पिज्जा केएफसी खाने सपिंग मल घुम्न सक्ने पक्कै थिएँनन ।
नेपालमै बसेर जग्गा, सवारीसाधन, लत्ता कपडा, खाधान्न सामग्री लगायत होटल रेष्टुरेन्टहरु कलकारखाना उद्धोग धन्दा हस्पिटल बोर्डिंग स्कुल बैंक र मेनपावरहरुको व्यवसाय तिब्र रुपमा फस्टाउनु त्यहि अरबेका कामदारहरुले पठाएका रेमिट्यान्सले नै हो राज्यले अरबौ रुपैया राजस्व त्यहि ब्यापार व्यवसायबाट उठाउन सकेको छ ।
विदेशमा रहेका नेपाली नेपालनै फर्किए वार्षिक रुपमा करिव ५ अर्ब माथिको रेमिट्यान्स बैधानिक बाटो भएर भित्रिन पनि बन्द हुन्छ त्यसपछि नेपालको व्यवसाय कसरि धान्छौ भनेर मुखभरी जवाफ दिउ जस्तो नलाग्ने हैन कहिलेकाही नेताहरुले पनि कुनै योजना बिना अब विदेशमा दुख गर्नु पर्दैन सबै युवा नेपालमै फर्काउछौ भन्दा बडो उदेक लाग्छ नेता बोल्न पाउछन भने ति भाइले लेख्न पनि पक्कै पाउछन अहिलेकै अवस्थामा यदि हामि फर्किने हो भने देशको अर्थतन्त्र को अवस्था के होला ?
विदेशबाट छुट्टी जादा नेपालका बैंकका कारोबारी घरमै स्किमहरु लिएर आउँन बन्द होला स्कुल व्यवसायी बच्चा बच्चीको सन्चो बिसन्चो सोध्ने बहानामा महिनै पिच्छे फी नबुझाए पनि फरक पर्दैन भन्न घरमै भेट्न नआउलान त्यसै गरि जग्गा व्यवसायीहरु कार लिएर घुम्न जाउ भन्दै जग्गाका प्लाटिंग देखाउन लैजान पाउदैनन निर्माण व्यवसायी लौ घर बनाउन चाहिएको समान लैजानुस पैसाको सुर्ता गर्नु पर्दैन भनेर बाटो हिड्दै गरेकालाइ रोकेर भन्ने छैनन मेनपावर व्यवसायीहरुको अवस्था कस्तो होला ? नेपालमै व्यवसाय गर्नेहरुको जीवनशैली अहिलेको जस्तै रहला ?
नेपाली कांग्रेसले बैदेशिक रोजगारको बैधानिक अबधारणा र खुल्ला आर्थिक नीति ल्याएर केहि हद सम्म हामि नेपालीहरुको जीवनस्तरमा परिवर्तन आएको छ । नेपालले अझै केहि बर्ष आर्थिक रुपमा बिदेशमा श्रम गर्नेहरुकै रेमिट्यान्स र दाताहरुको सहयोगमै निर्भर रहनु पर्छ त्यो बेला सम्म बैदेशिक रोजगारमा रहेका युवाहरुलाई अपमान हैन प्रोत्साहन र सम्मान गर्न सक्नु पर्छ बिदेशमा कमाएको पैसाको सहि सदुपयोग र उपलब्धिमुलक क्षेत्रमा लागनी गर्न प्रेरित गराउने बाताबरण बनाउन सक्नु पर्छ अनावस्यक खर्च लाइ न्यूनीकरण गरि स्वदेशमै बिदेशमा आर्जन गरेको धन र सिपलाइ उपयोग गर्न गराउन सुझाव दिनु पर्छ ।
नेपाल जब सम्म आत्मनिर्भर र समृद्ध हुदैन त्यो बेला सम्म श्रम श्रमिक र रोजगार दिने राष्ट्रहरुलाई उच्च सम्मान दिनु पर्छ त्यसैले धन्य छ यी अरबेहरु जसले लाखौ नेपालीलाई रोजगारको अवसर दिएर आर्थिक रुपमा सम्पन्न गराउन ठुलो योगदान पुर्याएकाछन म जस्ता लाखौ युवाहरुलाई अरबेको कामदार भन्दा हिनताबोध हुदैन किनकि आफ्नो श्रम पसिना खर्चेर परिवार मात्र नभई ति भाइ जस्तै नेपालमै व्यवसाय गर्नेहरुको व्यवसाय चलेका छन अनि तिनका घर परिवार पनि त्यसैले त नेता देखि जनता सम्म भन्ने गर्छन अरबेका कामदारले देशकै अर्थतन्त्र धानेका छन ।
नेपालको माया नेपाली राजनीतिको चासो नेपालमा बस्नेहरुलाई भन्दा एक रति पनि बिदेशमा बस्नेहरुको कम हुदैन बरु प्रत्यक्ष रुपमा अझै बढी रहेको हुन्छ भनिन्छ नि नजिकको तिर्थ हेला भन्ने बुझ्न जरुरि छ । परि आएका बेला आर्थिक भौतिक र शारिक रुपले नेपालका लागि प्रवासीहरुको ठुलो योगदान छ । भाइले भनेको विदेशमा रहेका अधिकांश कामदारहरुको र आफ्नो हकहितको लागि लड़नुस यो लेख पनि एउटा लडाई हो भन्ने बुझ्नु पर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend