logo
  • शनिबार, भाद्र २० २०८३

वैदेशिक रोजगार र मेरो अनुभव


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-रवि किरण अधिकारी ।
उनिहरु हामी भन्दा धरै होसियार नै छन । आफ्नो गाउ घरमा बसेका छन, आम बुवा श्रीमति बाल बच्चा हेरेर सानो तिनो नोकरी होस् या आफ्नै बिजनेस गरेका छन् । दुख शुखमा सहयोग गरेका छन् । त्यो नै सुन्दर जीवन हो, त्यो नै माया हो, त्यो नै राम्रो सोचाई हो, त्यो नै खुसि हो, त्यो नै सब चिज हो ।

नेपालमा बसेर आफ्नो बिजनेस गर्नेहरुको निकै मिहेनत छ किन भन्दा उनिहरुले शुन्य लेबलबाट सुरु गरेका हुन्छन र उनिहरुलाइ मैले धरै धरै धन्यवाद पनि दिन्छु उनिहरुपछि गएर राम्रो मान्छे बनेको देख्दा म निकै खुसि पनि छु । चाहे तरकारीमा होस् चाहे कुखुरा पालन होस् या दोकानमा होस् चाहे गाइ पालन होस, चाहे होटलमा होस या पत्रकार नै किन नहोस ।

उनिहरु निकै मेहेनती हुन्, उनिहरु नै हाम्रो देशको इमान्दार मान्छे हुन् । हामी नेपालमा केहि गर्न नसकेर विदेश लाग्नू पर्यो । अरुको देशमा बसेर बाल बच्चा पाल्नु पर्यो हामीले भरपुर माया दिन सकेका छैनम, आफ्नो बच्चाले बुवा बुवा भनेर कराई रहेको छ । आमा बुवा श्रीमतिले पनि मायाको कोसेली फोनबाटै पोखेको हुन्छ कति दिन अरुको देशमा बस्नु हुन्छ । अब त घर आऊनुस बाल बच्चालाई समय दिनुस भन्दै मनका कुराहरु गर्छन ।

दु:ख पिडा धरै हुन्छ आफ्नो श्रीमान नहुदा भन्छ तर यो जीवन अचम्मको रहेछ । छोरा छोरिलाई पढ़ाउदा पढाउदै जिन्दगि अरुको देशमा बर्बाद हुने भो । अरुले पनि त गाउ मै बसेर पैसा कमाएका छन् भन्छन तर यो मनमा हिमत नभएर होकी के हो हामी नेपाली अरुको देशमा आफ्नो जिन्दगि बिमारी लगेर आफ्नो देश जान बाध्य भएका छौ ।

देशमा सरकारले रोजगार दिदैन ५० लाख जनता अरुको देशमा पेट पाल्न परेको छ । हुन त गर्छु भनेपनि नेपाल मै पेट पाल्न सकिन्छ होला तर यो विदेश पनि अब त फेसन जस्तो पो भो । क्रिम पाउडर लगाकी हिरोइन जस्तो भो, भएका पनि गएका छन् विदेश न भएका त झन् जानै पर्यो नगए उनको घरमा आगो बोल्दैन । जानै पर्यो बिचरा गाउ घरमा जमिन बाझो धरै छन् तिनमा पानी सरकारले दिने पानी कति मिठा-मिठा फलफुलहरु फल्थे होलान ।

दिनमा नेताहरु एक-आपसमा काटा-काट गर्छन तर रातिमा रीसोट वाला पारेर दोहारी गीत गाउछन् । दिन सँगको नाटक गर्छन जनताले ५० डिग्रीको घाममा पाकेका छन् अन्डा पाकेको ठिक छ । उता नलाएक श्रीमतीले कमाएको पैसा सबै खतम गर्छ । २ सालपछि बाट घर जादा न श्री मति न पैसा हुन्छ कतिले त श्री मति नै मारेका छन् । कतिले धरै पैसा कमाए भन्दै मान्छेले मान्छे गन्दैनन ।

कसैले आफ्नो आमा-बुवालाई वृद्धा आश्रममा जाउ भन्दै लखेटेका छन् । तिनै मुनुवाका छोरा छोरि ट्यापे छन् । तिनीले आफ्नो सस्कृति नै भुले श्रीमतीको कुरोमा लागेर मधेस तिर झर्नेको ताती नै छ । गाउको विकास बाकी नै छ, त्यो पहाड को मूल को पानी भुलेर समथर ठाउँमा जान थाले, त्यो बनजंगलको मिठो हावा सास फेर्न कति सजिलो हुने यो मुटुलाई त्यो भुलेर बजारको त्यो दुर्गन्धित हावा खान सबै तल तिर झरेको देख्दा आफुलाई पानी जाउ जाउ लाग्छ ।

त्यो पानि सम्झिदा फेरी त्यहि मेरो गाउ नै ठिक छ जस्तो लाग्छ । त्यो मूलको पानी अन्जुलीमा भरेर पिउदा, खाजा नै नखाए पनि पेट भरिन्छ । त्यो मजा बेग्लै छ, सबै गाउका मान्छेहरु जम्मा भई सबैलाई सक्दो साहेयता गर्छन । बाडी चुडी खान्छन्, बजार झरेकाहरुको चिल्ला गाला छन् तर पहाडमा बसेकाहरुको फुर्सा गाला छन् । उनिहरु खाएका छन् बसेका छन् । पहाडका गाइ भैसी पालेर बस्दा उनका गाला फुर्सा भाका छन्, त्यति फरक छ ।

बजारका मान्छेहरुले अरुको मुख ताक्दै बसेका हुन्छ दोकानको आउछ भन्दै गाउका मान्छे खेतिपाती बादरले खान्छ कि भन्दै बसेका छन् । दुख छ गाउमा, सुख छ सहरमा त्यसैको लहरमा गाउ खाली भो । विकास हुदैन मान्छे धरै भो भने विकासका बाटाहरु खुल्छन् । राम्रो मान्छे मधेस झर्छ त्यै मधेसको विकास गर्छ । आफु जन्मेको ठाउ विकास नगरेर तै मधेस उसलाई राम्रो लाग्छ । त्यै मधेसको गुण गान गाउछ पहाडी हुन भन्दै हेला गर्छ ।

आफ्नो औकात भुल्छ, त्यो फाटेको चप्पल लगाएको भुल्छ, डोको बोकेको भुल्छ, माले गरु लगेर त्यो बारी जोतेको उसले भुल्छ, त्यो निमको बोट चढेको उसले भुल्छ । अब उ बाहेको कुरो गर्छ दु:ख लाग्छ मलाई, त्यो मेरो समाज कता गयो भनेर ति सबै पहाडीहरु मधेस नझरेको भए के गाउको विकास हुदैनथ्यो र ?

हामि कति अबुझ जहाँ पब्लिक छ त्यहा बस रोक्छ हो तेस्तै हो । जहाँ पब्लिक छ, त्यहा विकास पनि हुन्छ । त्यो नबुझेर भिडको संसारमा गयो त्यतै रमाउन मज्जा लाग्छ उसलाई । उनीहरुलाई म त मेरो जन्मेको ठाउँ त्यो मखमली फुलको बासना मेरो मुटुमा बसेको छ । उनि र म लर्केटी खेलेको त्यो सल्लाको रुख कहाँ भुल्छु र म ।

त्यसैमा रमाउछु, उनि एकदिन आउने छिन् भेट्न म बुड़ो हुनेछु मेरा ति गालाहरु चाउरी परेको देख्दा उनको आखाबाट आसु आउने छ । फेरी मलाई उनले मधेसको मीठो परिकार दिने छिन् त्यसपछि मेरो सास जानेछ यो मेरो जन्मेको ठाउँ कस्ले विकास गर्ने होला भन्दै मेरो सरिर उकाली र ओराली गर्दै मेरो जिन्दगि जानेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend