logo
  • शनिबार, भाद्र २० २०८३

खोक्रा राष्ट्रवादी र राष्ट्रिय एकता दिवस


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-के. वी. थापा ।
आज राती मैले रत्नपार्कको छेउमा बसेर रोइरहेकि एउटा स्त्री देखें । खै कस्को पाप थ्यो त्यो उनले आशुले धोइरहेकी । म नजिक गएर सोध्ने कोसिस गरें, को हौ तिमी ? किन रोएको ? मेरो कुरा सुनेर धेरै बेर त उनी चुप नै रहिन तर जसै उनले आफ्नो मुख खोलेर बोल्न सुरु गरिन म नै हक्क न बक्क बनेछु उनले भनिन-अरे तिमिहरु जस्ता नालायक र बेवकुफ कै कारण म आज सर्मिन्दा छु, खोइ किन बाच्नु परेको आफ्नै सन्तानको गद्दारी कै कारण मेरो मुटु छिया-छिया भएको छ । म नेपाल हुं त्यही अखण्ड, अबिभाज्य, विश्वलाई नै सभ्यता सिकाउने संस्कृतिको धनी, चार जात छत्तीस वर्णको साझा चौतारि भन्दै एक आपसमा सबै मिलेर बसिरहेको नेपाल हुं । आज भन्दा २४४ वर्ष पहिला मेरो असल सन्तान एवं तिमिहरुको राष्ट्रपिता पृथ्वीनारायण शाहको अगुवाइमा तिमीहरुकै पुर्खाले प्राणको आहुती दिएर बनाएको सनातन धर्मावलम्बीको बासस्थान भनेर चिनिने त्यही नेपाल हुं ।

जुन महारानी हुनु पर्थ्यो त्यही आज नोकरानी बन्न पुगेकि छु, हो म राष्ट्रभाषा नेपाली हु हो म नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल-टोपी, चौबन्दी चोली हु । हो म अखण्ड, अबिभाज्य नेपालको राष्ट्रिय एकताको प्रतीक एवं संस्कृतिको रक्षक नेपालको राजसंस्था हुं । मैले तिमिलाई दिएको संस्कार र संस्कृतीमा त छदै छ सबैप्रती सद्भाव तर आज खै किन मेरै आखामा आँसु छ्न ?

रत्तिभर डलरेहरुलाई देशको गद्दी मिल्यो तर मलाइ बनवास । पाइला -पाइलामा मेरै उपहास किन ? सारा विश्व जगत छक्क र अचम्म मानी हेरिरहेका छन नेपाललाई । एउटा सनातन संस्कृति र धर्म जसले सधै सबैलाई अङाल्न सिकायो आज त्यही बहिस्क्रीत बन्न पुगेको छ बाबू । तिमिहरुकै पापको बोझ मैले दश बाह्र बर्षदेखि बोकि रहेकी छु अरु केही गर्न सक्दिन त्यसैले रोइरहेकी छु ।

यदि तिमिलाइ मेरा आँसु पुछ्नु छ भने अघिबढ सुतिरहेका मेरा अल्छी र पापी सन्तानलाई उठाउ यी डलरेहरुलाई गद्दीबाट हटाउ मलाइ । बिदेशी कै इसारामा चिरा-चिरा पार्दै लुछाचुडिं गरेर बैरी हातमा सुम्पन लागेको मेरो अखण्डता, स्वाभिमान जोगाउदैं जवर्जस्ती लादिएको संघियता, गणतन्त्र र धर्म निरपेक्षतालाई खेदेर जहांबाट ल्याइएका थिय त्यहिं पुर्याइ छाड । म सङ कोहि नडराउ म त्यही तिम्रा पुर्खा हरुले रगत र पसिना बगाएर बनाएको सिंगो नेपाल हुं ।

दुनियाकै सबैभन्दा सभ्य र पुरानो संस्कृति हु, म सबैलाइ साथ लिएरै हिड्ने छु देशलाइ फेरि एक पटक दिपावली को झिलिमिली जस्तै उज्यालो बनाउने छु । सबै जात जाती , भेष भुसा लाई मिलाएर राख्नेछु । सक्छौ मेरा आँसु पुछ्न ? सपना नै भए पनि यो आजको नेपाल आमा तथा राष्ट्र र राष्ट्रियता जोगाउन आफ्नो प्राणको आहुती दिने तिनै पुर्खाहरुले सजग, देशभक्त र सक्कली राष्ट्रवादीसंग सोधिरहेको प्रश्न हो ।

हिजो फेसबुक चलाउने क्रममा एउटा लिंक भेटियो क्लिक गरें रिजल्ट यस्तो थियो ।राजनितीको र थाहा नभए पनि नेपालको प्रधानमन्त्री बन्ने छस । हासों पनि लाग्यो छक्क पनि परें र सोचमा परे पनि । दलिय रंगमा रंगिएका सोझा साझा भनाउदां नेपाली जतना र यो फेसबुक उस्तै उस्तै लाग्यो । राजनिती र राष्ट्रवादको “र” थाहा नभएकाहरु नै त आज आफैलाई सक्कली राष्ट्रवादी को कित्तामा उभ्याउदैं जनता र देशप्रती गद्दारी गरिरहेका छन ।

के नै गलत भन्यो र फेसबुकको त्यो लिंक रुपि खेलले । बिकासको नाउँमा आफ्नो पहिचान र संस्कृति मेटाइदैं छ, देशभक्ति को खोल ओढेर देशलाइ बैरिको हातमा सुम्पने चाल भैरहेकै छ । आफ्नो मौलिक परम्परा र संस्कार अनि धरातलिय यथार्थलाई भुलेर वैदेशिक इसारामा देशमा नांगो नाच नाच्दा पनि तिनै देश भक्त कहलाइएको देख्दा सार्है उदेक लागेर आउछ । भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यवाद मुर्दाबाद भन्ने चर्को नारा जस्ले आफ्नो भासण मा घन्काउछ के त्यही हो र देशभक्त ?

विश्व जगतले नै अनुसरण र अनुकरण गर्दै आएको सभ्यता र संस्कृति लाइ लोप पार्दै अर्काको नक्कल गर्दै आयातित तन्त्र, बादलाइ हावी बनाउदैं आफ्नो मौलिक परम्परा र धरातलिय बस्तुगत यथार्थ लाई हावामै उडाउदैं हावाबाजी गर्नुलाइ नै रास्ट्रवाद भनिन्छ भने भो त्यस्तो रास्ट्रवाद मलाइ चाहिदैं चाहिएन ।

जस्ले बाइसे र चौबिसे राज्यलाइ एक बनाउदैं भौगोलिक, आर्थिक र सांस्कृतिक एकीकरण गर्दै दक्षिण एसिया मात्रै नभइ विश्वमै हावी भैरहेको बृटिसहरुको उपनिवेश बादि कुदृस्टीबाट जोगाउदैं विश्वमै आजसम्मको इतिहासमा कहिल्यै कसैको उपनिवेश नभएको राष्ट्रका नागरिक हुने सौभाग्य एवं अवशर दिए तिनैको शालिक तोड्दै तिनको फोटोहरु हटाइदैं मन्डेला, गांधी र मार्क्सको फोटो लगाउनु कहाँको राष्ट्रवाद हो ?

बाइसे र चौबिसे राज्यलाई एक बनाएर बर्तमान स्वरुप निर्माण गर्ने लाई कदर नगर्ने र उनको योगदान भुल्यौ र आफ्नी आमा नराम्री भएर छिमेकीलाई आमा भन्नू उस्तै होइन र ? आज पुर्खाको रगतले सिंचित रास्ट्रलाइ पुन देशको भौगोलिग , आर्थिक, बस्तु स्थितिलाई बेवास्ता गर्दै अर्काले बजाएको मादल कै तालमा नाच्दै पुन टुक्राटुक्रा पार्ने नांगो खेल कदापी राष्ट्रवाद हुनै सक्दैन ।

कोलम्बसले अमेरिका पत्ता लगाए, गांधिले अंग्रेजको पन्जाबाट भारत बचाय भन्ने त पढाइन्छ तर राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतीक सम्मानित राजसंस्थालाई बिकासको बाधक ठानेर हटाउदैं देशको माटो, हावा पानी र भौगोलिक बास्तविकता बिपरित संघियता, गणतन्त्र र धर्म निरपेक्ष जस्ता आयातित बाद र तन्त्र जवर्जस्ति लादनेहरु कुनै पनि अर्थमा राष्ट्रवादी हुनै सक्दैनन ।

अर्कोतर्फ केही बिदेशिको इसारामा नाच्ने नेपाल आमाका कुपुत्रहरु पृथ्वीनारायण शाहको लुकाइएको ईतिहास भन्दै भ्रामक र आधारहिन ब्याख्यान गर्दै आफैलाइ विद्वानको उपमा दिदैं हिडेको देख्दा एक कथा स्मरणमा आयो । एकदिन एकजना शिकारीले जंगलमा एउटा कालिज (जंगली कुखुरा) फेला पार्छ उस्ले घरमा ल्याइ त्यसलाइ छुट्टै पिंजडामा राखेर टन्न काजु , किशमिस र बादाम खुवाउदै हुर्काउछ ।

जब उ ठूलो हुन्छ सिकारीले पिंजडा सहित उस्लाइ जंगलमा लियर जान्छ अनि धेरै पासो थाप्दै उस्लाइ त्यसैको नजिक राखेर आफू लुकेर बस्छ र उस्लाइ इशारा गर्दछ कि अब बोल तं । आफ्नो मालिकको इशारा प्राप्त गर्ने बित्तिकै त्यो कालिज जोड जोडले चिच्याउन सुरु गर्दछ तब वरपरका अन्य कालिज पनि दौडिदै उस्को नजिक आउन खोज्छन यहि सोचेर कि हाम्रो आफ्नै दाजु भाइ, दिदी बहिनी हो कुनै समस्यामा छ, होला हामिले सहयोग नगरे कस्ले गर्ने भोलि चाहिने त यहि हो ।

तर जब उस्को नजिक पुग्छन सबै एक-एक गर्दै पासोमा पर्दै जान्छन अनबीज्ञ हुँदै । तब शिकारी खुसी हुँदै घर लगेर जान्छ अनि सबैलाइ एकपछि एक गर्दै काटेर खान्छ अनि बढी भएको बेचिदिन्छ पनि । अन्त्यमा त्यो पाल्तु कालिजको पालो आउँछ उ कराउछ मैले गर्दा त्यतिका फसाई दिए मलाइ त छाड्नुस न । उस्को मालिकले जवाब दिन्छ तलाई मैले काजु, बादाम र किशमिस खुवाइ खुवाइ पालेको के को लागि अब यो जंगलमा कुनै कालिज बाकी छैन अर्को जंगलमा तेरो आवाजमा दौडिदै आउने कोहि छैन ।

मालिक मख्ख कालिज चाहिँ पछुताउदै रुदैं कराउदै खुकुरिमा घाँटी पुग्छ भाग्ने कोशिश गर्दछ तर असफल । त्यस्तै हाम्रा देशका तथाकथित गणतन्त्र वादी, धर्म निरपेक्ष वादीहरु पनि भ्रामक र एतिहासिल तथ्यलाई गलत दुस्प्रचार गर्ने दुस्साहसमा लागेको पाइन्छ भने जनता त्यो कालिजको आवाज सुनेर बिचारै नगरि हाम्फालेर पासोमा पर्न गएका कालिज जस्तै भएका छम । एकदिन तिनको पनि त्यही कालिज जस्तै अवस्था पक्कै हुनेछ ।

इतिहास कहिल्यै कसैले मेटेर या लुकाएर लुकाइदैंन इतिहास त थपिन्छ तर हाम्रो देशमा ईतिहास लुकाउने या मेटाउने दुस्साहस भइ रहेको छ । मुठ्ठी भर मान्छेले आफ्नो ब्यक्तिगत स्वार्थकै कारण जवर्जस्ती थोपिएको संघियता, गणतन्त्र र धर्मनिरपेक्षता देश र जनताको लागि घातक सिद्ध भैसकेको तितो यथार्थ र सत्यलाइ बाहिर जति लुकाउने प्रयास गरिए पनि भित्री रुपमा आफै यसका संवाहक हरु नै स्वीकार्छन् ।

विश्वका अन्य देशको जस्तो नभइ नेपालमा राजा र राजसंस्था द्वारा नै बर्तमान नेपालको अस्तित्व परिकल्पना र निर्माण भएको हो त्यसैले रास्ट्रीय एकताको प्रतीक राजसंस्था लाई पाखा लगाउनु राष्ट्र र राष्ट्रीयतालाई जोगाउन आफ्नो प्राणको आहुती दिने पुर्खा हरु माथी घोर अन्याय हुनेछ ।

प्रदेशको संख्या, सिमांकन, नामाकरण र राजधानीको नाउमा विभिन्न समयमा बिभिन्न स्थानमा भएका आन्दोलन र घटनाले पनि संघियता देशले नमागि जवर्जस्ती थोपिएको कुरालाइ प्रमाणित गरिसकेका छन । अर्को तर्फ केही वर्ष पश्चात् यस वर्ष पौष २७ गते राष्ट्रिय बिदा भनेर सरकारले घोषणा गर्दा प्रायः सबै जसो हिन्दुवादी र राजसंस्थाको पक्षधर संघ संस्थाले स्वागत गर्ने र केही राजनीतिक दलले श्रेय लिने होड पनि चलेको देख्दा बडो अचम्म सहित दुख पनि लाग्यो ।

सरकारले राष्ट्रिय बिदा त दियो तर सरकारी बिदाको तालिकामा कहिं कतै पनि राष्ट्रिय एकता दिवस उल्लेख नहुनु सार्है दुखद हो भने उक्त निर्णयलाई स्वागत गर्न र श्रेय लिन होडवाजी गर्नेहरुको लागि “फिनि हराएको थाहा छैन गौं का गेडा गन्नु” भने जस्तै हो ।

करिब ९४ प्रतिसत सनातन हिन्दु धर्मावलम्बीले बसोबास गर्ने देश, विश्व मानचित्रमा विश्वकै एकमात्र हिन्दु अधिराज्यको रुपमा पहिचान पाएको देश कहाँ आराध्यदेव भगवान पशुपती नाथको देश, बेद ब्यासको जन्मभुमी र ऋषि मुनिको तपोस्थल जस्लाइ धार्मिक प्रयटकिय स्थल बनाउदैं विश्वमा रहेका दुइ अर्ब भन्दा बढी सनातन धर्मका अनुयायीलाई भित्र्याउदै देशको मान, सम्मान र गौरब लाई उच्च पार्नु को साटो देशमा आयातित वाद भित्राएर एकातिर देशलाइ चिरा-चिरा पार्दै सनातन देखि चली आएको आफ्नो संस्कृतिलाई लोपोन्मुख बनाउदैं अर्को तिर एकता दिवस मनाउनुको कुनै तुक देखिदैंन ।

बार्ह बुदें दिल्ली सम्झौता द्वारा झुक्याएर देशको अखण्डता एवं सांस्कृतिक धरोहरको प्रतिक राजसंस्था लाई बिनाकारण किनारा लगाउदैं देशले धान्नै नसक्ने गणतन्त्र र संघियता जवर्जस्ती थोपर्दै , एक राजा देशको घाँडो भन्दै हिड्ने हरु ले ८८४ राजा बनाउने र चार जात छत्तिस वर्ण मिलेर बसेको देशमा जातिय बिद्रोह गराउदैं देशलाइ कहिल्यै ननिभ्ने आगो तर्फ धकेल्ने कदापी रास्ट्रवादी हुन सक्दैनन ।

एकातर्फ देशमा जनताले पखाला लाग्दा जिवनजल को झोल पाउदैनन् , जरोले पिरोलिदां सिटामोल को गोलि पाउदैंनन अर्को तर्फ देशका शाशक बर्गले क्रान्तिकारी उपचार गराउन थाइल्यान्ड धाउने प्रथा नै रास्ट्रवाद हो भने भो यस्तो रास्ट्रवाद नेपाल र नेपाली लाई चाहिंदै चाहिएन । देशको बहुसंख्यक जनताको भावना को कदर गर्नु को साटो उनिहरुको भावना संग खेलवाड हुदां सम्म पृथ्वी जयन्ती मनाउनु केवल और केवल रास्ट्र निर्माता को उपहास गर्नु सिवाय केही हुने छैन ।

श्री ५ पृथ्वीनारायण शाहको दिब्योपदेश मै देश र जनताको स्थायी बिकास र निकास रहेको छ त्यसलाइ व्यबहारमा प्रयोग नगरेर यी आयातितवादलाई प्रशय दिदैं राष्ट्रवादी कहलाइनेहरुलाई देशको माटो र पुर्खाको आत्माले कदापी माफ गर्ने छैन । केही दिन पहिलाको पुर्व राजाद्वारा मध्य र सुदुर पश्चिमको भ्रमणले पनि राजसंस्था फाल्नु र धर्म निरपेक्ष देश घोषणा गरिनु जनताको चाहना विपरित भएको कुरा छर्लङ्ग बुझ्न सकिन्छ ।

देशलाइ अस्थिरता, जातिय द्वन्द्व तर्फ धकेल्दै मुट्ठी भर ब्यक्तिको ब्यक्तिगत स्वार्थ पूरा गर्नकोलागी राष्ट्र र राष्ट्रीयता माथी खेलवाड भैरहेको यश अवस्थामा देशलाइ स्थायी निकास दिदैं देशको चौतर्फी बिकास, अखण्डता एवं अबिभाज्यताको रक्षा केवल राष्ट्रिय एकताको प्रतीक राजसंस्थाले मात्र गर्न सक्दछ । तथाकथित धनयुद्द पश्चात् देशमा दोस्रो जन आन्दोलनको नाम दिइएको २०६२/६३ पश्चात् देशमा रहेको शक्ति केन्द्र कहिले दिल्ली, कहिले बेइजिंग त कहिले युरोप हुदां देश बिदेशीले फुटवल खेल्ने मैदान बनिसकेको छ ।

विश्व इतिहासमै कहिल्यै कसैको उपनिवेश नभएको देश आज शाशकहरुको स्वार्थ र लापरवाही तथा जनता जनता नभइ राजनितिक कार्यकर्ता हुनु, आफ्नो निजि स्वार्थको लागि राष्ट्र र राष्ट्रियता माथि खुलेआम आक्रमण हुदां समेत मौन रहनु राष्ट्रको लागि अत्यन्तै घातक भैरहेको छ ।

राजनिती र राष्ट्रभक्ति धेरै भिन्न कुरा हुन, राजनितिक दलका कार्यकर्तापछि देशका नागरिक पहिला हुनुपर्ने ठाउमा ठिक त्यसको बिपरित आफुले आस्था राख्ने वा समर्थन गर्ने दलले जस्तो सुकै राष्ट्रघाती निर्णय गर्दा पनि ताली बजाउने प्रवृत्तिले राष्ट्रको अश्मिता नै रहने नरहने प्रश्न चिन्ह उठिरहेको बर्तमान अवस्थामा आफ्नै दलका नेताद्वारा गरिएका राष्ट्रघाती निर्णय बिरुद्द आवाज उठाउनु एक सचेत नागरिकको कर्तब्य हुन्छ ।

देशलाइ अखण्ड, अबिभाज्य कायम गर्दै तथाकथित बिदेशी मानसिकता र बादलाइ बिदेशमै धपाउदैं पुर्खाको रगतले आर्जेको मुलुकको राष्ट्रिय स्वाभिमान र संस्कृतीको प्रतीक राजसंस्था र हाम्रो आफ्नै पुर्खाको देन सनातन सभ्यतालाई जोगाउने अभिभारा अब सम्पुर्ण सचेत नेपाली जनताको काधंमा आएको छ । अब देशलाइ यो विषम परिस्थितीबाट निकास दिदैं बिकासको बाटो तर्फ लैजाने अभिभारा सम्पुर्ण नेपाली जन जनमा आएको छ ।

राष्ट्रिय एकताका प्रतीक राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको दिब्योपदेशको मर्म बुझ्दै संकटमा परेको राष्ट्र र राष्ट्रियता जोगाउनको लागि सक्कली राष्ट्रवादी र राष्ट्रवादको खोल ओढेका नक्कली राष्ट्रवादी बिच फरक छुट्याउन सक्ने सामर्थ्य आराध्यदेव भगवान पशुपती नाथले हामी सबैलाई प्रदान गरून् २९६औं राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवशरमा सम्पुर्ण राष्ट्रवादी नेपाली जन-जनमा शुभकामना । जय देश, जय धर्म !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend