साझा नेटवर्क
-सादुराम सुवेदी ।
नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुसार संविधान पूर्ण कार्यन्वयनको चराणमा आएको छ । झण्डै ७० बर्षको राजनैतीक खिचातानीपछि देशलाई आर्थिक समृद्दिको ढोका खोल्ने द्वारको रुपमा मानिएको यो निर्वाचनमा देशलाई संविधान दिदै कार्यन्वयन चरणमा लैजाने पार्टिलाई जनताको मनमा हुँदा-हुँदै मौसम झै परिवर्तन भई रहने नेपाली राजनीतिमा प्ररिवर्तित मौसमी राजनीतिको प्रभावले प्रत्यक्ष निर्वाचित प्रणालिमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको जग जायरै छ ।
यो अकल्पनिय पारीणाम हो जुन दल मतको आधारमा अगाडि हुन्छ सिटको आधारमा पछाडि पर्दछ भने यस्लाई जनमतको आधारमा जित तर राजनैतीक रुपमा हार मान्नु पर्दछ । नेपाली कांग्रेसमा आस्थावान साधरण, कृयासिल र केन्द्रिय सदस्य सबैलाई झस्क्याएको छ र झस्कनु पनि पर्दछ ।
समग्र देशले निर्वाचन मार्फत सङ्क्रमण कालिन अवस्था, संविधानको घोषणापछी देशमा सुरु भएको नाकाबन्दी, मधेश आन्दोलन संबिधानको असुइकार्यतालाई चिर्दै सबैलाई समेटेर देशलाई विन-विनको स्थितिमा पुर्याउन नेपाली काँग्रेसले खेलेको कारण देशले जितेको अवस्थामा पार्टीको हारलाई अवस्य सुक्षम सुक्षमा कुरा केलाउदै वृहत समिक्षा अवस्य गर्ने छ ।
नेपाली कांग्रेसको संगठनिक सम्रचना केन्द्र देखी गाउ-गाउसम्म जसरी फैलिएको छ । त्यस्तै विभिन्न भात्री सस्थाको सम्रचना पनि त्यसरी नै फैलिएको छ । हरेकको जिम्मेवारी पार्टीलाई सुदृढ गराउन महत्वपूर्ण रहन्छ भलै यस पारीणामको जिम्मेवारी पार्टिको मुख्य नेतृत्वको कारण केन्द्रिय सभापतिले लिनु जरुरी छ र लिन पनि पर्दछ । यती भन्दै गर्दा के हामीहरु कसैको पनि अहिलेको अवस्था आउनुमा कोही दोशी छैनौ ? के नेतृत्वलाई दोष लगाउदैमा सबै पानी माथिको ओभानो हुन्छौ त ?
सस्था गत पद्दतिमा एक्कल नेतृत्व कसैको रहदैन केन्द्रिय सभापति एउटा आधार हो, तर संगठन रुखको जरा झै फैलिएको नेपाली काँग्रेसको परिचालन गर्ने जिम्मेवारी हरेक इकाइमा पार्टिलाई बिजय तुल्याउन हरेक स्थानिय क्षेत्रीय तथा जिल्ला स्त्तरमा बसेका सकृय सदस्य, पदाधिकारीहरु तथा कार्यसमितीको जिमेवारी पनि हुन आउछ यदी हरेकोले आफ्नो गाउ टोल छिमेक र क्षेत्रबाट पार्टिलाई जिताउन कम्मर कसेर लागेको भए र आफ्नो क्षेत्रमा पार्टिले गरेका कार्य र जनताको चाहना बुजेर यो स्थितिमा छौ हामी सुरक्षित हुनको लागि केन्द्रले यो-यो काम गर्न पर्यो भनेर जिल्ला मार्फत केन्द्रलाई सुजाब दिन सकेको भए आज यस्तो रिजल्टको अवस्य आउने थिएन ।
केन्द्र देखी जिल्ला सम्मका नेता हरुको जिमेवारी पार्टिलाई र पार्टिका उम्मेद्वारलाई बिजयको माला पहिराउने हो, तर हामीमा भएको मुख्य कम्जोरी चाहे केन्द्र होस चाहे जिल्ला स्तरिय नेताको चाहना भने कै आफुले टिकट कसरी प्राप्त गर्ने भन्ने मात्रा रह्यो । अधिकांश टिकट प्राप्त गर्ने हरु नेताको ओरीपरी घुम्ने र जनताको माजमा काम जाने अनी हरेक नेताको तर्फबाट को-को परे भन्ने आधारमा टिकट दिने र माग्ने खल्ती र लबीबाट रिजल्ट राम्रो अपेक्षा गर्ने ?
दोस्रो कुरा जिल्ला नेतृत्व र केन्द्रिय नेतृत्वको जिम्मेवार भनेको पाट्रीलाई विजय गराउने पर्नेमा उनिहरु पाए प्रतिनिधि सवा नपाए प्रान्तिय सवामा चुनाव टिकट लिएर लड्ने नपाएको खण्डमा मौन ब्रत बस्ने पाद्दतिको विकासले मियो बिनाको दाई झै निर्वाचनमा गएपछी चुनाव जितिन्छ ? के यि सब कम्जोरी केन्द्रिय नेतृत्वको मात्रा हो ? पार्टीले जिमेवार दिएर हरेक क्षेत्रबाट २ या ३ जनाको नाम पठाउ भन्दा १६-१७ जनाको नाम पठाउनेहरुले अनी आकाश तिर हेरेर थुक्न मिल्छ ?
एउटा उदाहरण दिन्छु नेपाली काँग्रेस रशुवाले एकमात्र नाम सिफारिस गराएर केन्द्रमा पठायो प्रतिनिधि सवाको लागि तो नाम पास भयो यो निर्वाचनमा सजिलै जितेको काँग्रेसले त्यही रशुवा मात्र हो बुझ्ने लाई यही उदाहरण काफी छ । नेपाली काङ्रेस भित्र अब के गर्ने भनेर विविध कुराहरु उठेका छन, विशेष त पाट्री सभापति लाई आक्षेप लगाएर औलो ठड्याउने गरिएको छ, जिमेवार व्यक्तिले त्यसरी आफु निर्दोष अरुमात्र दोषी देख्नु हुँदैन ।
अहिलेको अवस्थालाई मूल्यांकन गर्ने हो भने काँग्रेस हार्ने स्थिती एक्कासी आएको हैन । विगत तिर पनि ध्यान दिनु पर्दछ । नेपालमा २०४८ साल देखिकै बाम शक्तिको वर्चश्व बड्दै गएको हो, र २०५१ मा एमालेले अल्पमतको सरकार बनाएको सबैलाई जग जाएर छ । २०५६ मा माओवादी जङलमा एमालेमा विभाजन भएको कारण काग्रेसले बहुमत पाएको कुरा स्पष्ट छ ।
त्यो बहुमतलाई जोगाउन नसक्नु काँग्रेसको गम्बिर भुल हो जुन मुद्दा यो चुनावमा पनि खेप्न पर्यो । २०६४-७० को चुनावले काँग्रेस एमाले र माओवादीलाई तुल्य तुल्य बनायो थोर बहुत भोट्को आधारमा र यिनीहरुले संविधान बनाएन हामी बनाउछौ भन्ने नाराले काम गरेर हामीले ७० को चुनावमा केही सिट बढी जितेका हौ बहुमत हैन । अहिले एमाले र माओवादी मिल्दै गर्दा कारीब ५५ प्रतिसत मत एक ठाउमा काँग्रेसको ३०-३५ प्रतिसत मत एक ठाउमा पर्दा खेरी धेरै आउने विजय हुने परीपाटिमा काँग्रेसले जित्न सक्दैन भन्ने त पुरा अनुमान थियो ।
यो लाटोले पनि बुझ्ने विषय हो र स्थानिय चुनावमा पहिलो पार्टी र तोस्रो पार्टी एक ठाउमा हुँदा केही न्युटल भोट् जित्न सक्ने आकल गरिएको दल्लाई जानु स्वाभाविक कै हो । यस्तो प्रतिकुल अवस्थामा नेपाली काँग्रेसले आफ्नो मत २०७० भन्दा बडाएर ल्याउनु भनेको काँग्रेसले हारेको कसरी भन्न मिल्छ । लोकतन्त्रमा जनताको मन परिवर्तन सिल हुन्छ र रुलिङ सरकारलाई भन्दा अपोजिसनलाई जनतामा आफ्ना कुरा राख्न सजिलो हुन्छ त्यो मतले पनि केही असर गरेको छ ।
यसरी हेर्दै गर्दा काङेस भित्र चुनावमा कुनै कमजोरी छैन भन्न खोजेको पनि हैन । सरकारमा रहदा कतीपय राम्रा काम भए होलान कती अलोकप्रिय काम भए होलान राम्रा कामको प्रचार गर्न नसक्नु प्रतिपक्षले नराम्रा कामको प्रचार त गरेकै थियो । यस्लाई चिर्न नसक्नु, हामी भित्रका भातृ सस्थालाई चलायमान गराउन नसक्नु नयाँ तरिकाको मतदान कार्यकर्ता र जनतालाई राम्रोसँग सिकाउन नसक्नु पनि हाम्रो कम्जोरी रह्यो ।
जिम्मेवार व्यक्तिहरुले निर्वाचनको परीणामलाई लिएर मिडियामा प्रचार बाजी गर्नु भनेको आफ्नो आङ आँफैले कन्याएर गनाउनु हो तसर्थ हरेक काँग्रेसजनले आँफैले म:म: भनेर पार्टिको शुदृढिकरण गर्न लाग्नु पर्दछ । काँग्रेसले विशेष निर्णय लिने ठाउँ छ । तुरुन्तै केन्द्रिय समितीको बैठक बसी महासमितीको बैठक बोलाउने ब्यापक छलफल गरी विधानत गठन हुन पर्ने समिती गठन गर्ने ।
भातृ सस्थालाई अद्यावधिक बनाउने हामीले गल्ती गरेका छौ । नेताको गोजीबाट नेतृत्व दिदा आज तरुणदल नेबिसंघ र महिला संघ केन्द्रमा मात्र सिमित भएको छ । यि समिती लाई अद्द्याबधिक गर्ने । काँग्रेस संघठन विभाग युवाको हातमा दिएर देशभरी संगठनात्मक सम्रचनामा आमुल परिवर्तन गर्ने किनकी वर्तमान सम्रचना पुरानो परीपाटिको छ, नयाँ युवाहरुलाई पार्टिमा कसरी समाहित गराउन सकिन्छ ।
त्यस्ता फिचर लिएर अगाडि बड्न पर्ने आवश्यकता छ । नेतृत्वको राजीनामाले मात्रा समस्या समाधान हैन यसले समस्यालाई झन बल्झ्याउने गर्दछ, जस्ले हामी अझ कम्जोर हुन पनि सक्छौ । समग्रमा यो निर्वाचनले काँग्रेसलाई एक गतिलो पाठ सिकाएको छ, यो पाठबाट सिकेर अगाडि बढ्न र परिवर्तित समय अनुसार संगठनलाई परीमार्जित चुस्त दुरुस्त बनाएर लैजानु पर्ने अवस्था छ ।
वर्तमान अवस्थामा नेपाली कांग्रेसले चुनाव हार्छु भन्ने थाहा हुँदा-हुँदै पनि देशको सङ्क्रमण काललाई अन्त्य गर्न चुनाव मार्फत जुन जनमत लिएको छ, यो काङ्ग्रेसको ईतिहासमा र नेपालको ईतिहासमा सुनौलो अक्षरले लेखिने नै छ । मत जसरी प्राप्त भएको छ, यो प्राप्त मतबाट प्राप्त दलहरु हस्किन र दुखी हुन जरुरी छैन ।
हारको चोटले हारेको दललाई दुखित बनाउनु स्वभविकै हो तथापी लोक्त्रन्त्रमा जनातालाई कस्लाई सत्ताको शिखर चडाउने कस्लाई इमान्दार प्रतिपक्ष बनाउने भन्ने अधिकार छ, त्यही परिणाम जनाताले दिएका छन । जनाताको यो मत स्थिरता, समृद्धि र संघीयताको लागी हो भन्नुमा अत्युक्ती नहोला । बाम गठबन्धनले चुनावको बेला जारी गरेको संयुक्त चुनावी घोषणा पत्रमा केही यस्ता विषयहरु पनि छन् जुन नेपालीहरुले अहिलेसम्म पनि धेरैले सोचेका समेत छैनन् ।
भूपरिवेष्ठितको नाताले अहिलेसम्म धेरैले देख्दा समेत नदेखेको पानी जहाज नेपाल आफैंले चलाउने कुरा गठबन्धनको संयुक्त घोषणापत्रमा उल्लेख गरिएको छ । यि र एस्तै केही हावाइ र जलमार्गका विषयमा अचम्म लाग्दा कुराहरु छन तिनिलाई पुरा गर्न सानो योजनाले सम्भव छैन । जनमतको कदर गर्ने हो भन्नेहरु अब बन्ने सरकार आफ्नो घोषणा पत्रमा कती इमन्दार हुने छ । यो जितलाई गठबन्धनले उन्मादको रुपमा नलिइकन सिरिएस रुपमा जनमत प्रती कटिबद्द भएर सघियताको जग मज्बुत गर्ने देशलाई आर्थिक सम्बृद्दी तर्फ उन्मुख गराउन सक्ने गरी कार्य योजना ल्याउन सक्नु पर्दछ ।
अब त अती भयो डर धाक धम्की हत्या र हिंसा अब बन्ने बाम सरकारले देशमा शान्ती सुरक्षा र अमनचयन् स्थापित गर्दै तिक्तता अझ बडेर जान्छ नेपाली काङ्रेसले विस्वासमा लिएर स्थानिय चुनाब र प्रतीनिधीसभाको निर्वाचन गराएको अवस्थामा उनिहरुको भावनालाई समेट्ने काम गरौ भावना माथी खेलवाड गरेर दुइ तिहाइको दममा हेयको दृस्टिले हेरियो भने बालक संविधान र संघीयता माथी प्रश्न चिन्न उठ्न सक्दछ ।
त्यो समग्र नेपाल र नेपालीको लागी प्रत्युपदक हुन सक्दछ । एउटा संयोग छ २०५२ सालमा नेकपा माओवादीले हत्या हिंसाको राजनीतिमा प्रवेश गर्दै गर्दा ५२ बुदे माग बुझ्ने शेर बहादुरले ति माग पुरा नगरेर जङल पसेको भन्ने माओवादी समेत संसदीय चुनाव लडेर आउने सरकारमा रहने छ । र यो चुनाव गराउने प्रधानमन्त्री प्रतिपक्षमा रहने छन ।
बाम बहुमतको सरकारले जनताको अपेक्षा पुरा गर्छ कि गर्दैन यदी पुरा नगरे ति भाषा काँग्रेसले बोल्न नपरोस । तत्कालिन अवस्थामा ४५ दिनको समय सिमा थियो, ति बुदामा ऊ कती इमान्दार रहन्छ, अहिले कती समय सिमामा गर्नुहुनेछ आफै तोक्नोस देश आर्थिक सम्रिद्दिको बाटोमा जाओस र एक बामपन्थी सरकार रहेको बेलामा हिंसात्मक आन्दोलन गरेका विप्लब पनि आफ्ना माग मार्फत शान्ती पूर्ण राजनीतिको तरङमा तैरिन सकुन ।
यि र यावत कुरा अब बन्ने सरकारले गर्न सक्यो भने जनताले भरोसा गर्ने छन, बामपन्थीलाई यदी सकेनन् भने देश र जनाताले भाषणले मात्र रासन दिदैन बरु जे बोल्छ त्यो गर्छ जे गर्छ त्यो बोल्छ भन्ने पुरानो पार्टिलाई पुन अवसर दिनेछन । जयनेपाल!!
लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend