logo
  • शनिबार, भाद्र २० २०८३

म झुक्दै नझुक्ने नेपालकी छोरी, परदेशमा बुहारी वनेर झुक्न सिक्दैछु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लक्ष्मी पौडेल घिमिरे, जापान ।
मनै भरी अाफ्नो र परिवारको सुनौलो भविष्यको सपना र मुटुभरी देशको मायाँ बोकेर मुटु पिरो वनाउंदै त्रिभूवन विमानस्थलवाट वैदेशिक यात्रा सुरु गरेको पनि १ वर्ष पुगेछ । सबैभन्दा महंगो र हतारै हतारको सहर मानिने टोकियोको एक कुनामा वसेर जिन्दगिका संघर्षसिल पाईलाहरुले गन्तब्य खोजिरहेकि छु।

यो सहरमा म जस्ता सत्तरि हजार बढि नेपालिहरु यसैगरि भौतारिईरहेका छन । यस सहरमा सुरुवातका दिनहरु निकै कष्ठपुर्ण र कहालिलाग्दा थिए।अाफ्नो भन्ने कोहि थिएन, एक त सबै हतारै हतारमा देखिन्थे भएका अाफन्त र साथिभाईले पनि खासै वास्ता नगरे जस्तो लाग्थ्यो।

दुख लागेको कुरा म भन्दा केहि समय पहिला जापान प्रवेश गर्नुभएका अाफन्तजनहरु समयसंगै वदलिएर अाफन्त चिन्नै छोड्नुभएछ । अझै भनौं नेपाल छंदा छिटो अाउ काम लगाईदिन्छु भन्नेहरुले पनि फोन उठाईदिएनन । सुनेको जापान र भोगेको जापानमा अाकासपातलको फरकपन पाउंदै थिए । घनाजंगलको विचमा अाफु भयजस्तो कि कस्तो कस्तो लाग्थ्यो सोच्दासोच्दा अाफैमा हराउंथे ।

काहिंकतै १ जना नेपालि बाटोमा देख्योकि माईतिगाउंको कुकुर प्यारो जस्तै लाग्थ्यो।अंग्रेजि पनि खासै प्रयोग नहुने जापनिज भाषाको अवस्था पनि शुन्य थियो । भाषाकै समस्याको कारण काम, किनमेलदेखि लियर सबैठाउंमा समस्या हून्थ्यो । नेपालमा शिक्षण,पत्रकारिता, वजार ब्यवस्थापन यस्तै पेशाको काम र अनुभवलाई विट मार्दै रुखवाटै पैसा टीप्नेजसरि जापान अाईपुगेकी म…..।

करिव ३ महिनासम्म अाफ्नो फोन थियन फोन निकाल्नको लागी मोवाईल सपमा जॉदा बैकंको एकाउन्ट,क्रेडिट कार्ड खोजेर हैरान पार्थ्यो न त मेरो काम नै पाईएको थियो श्रीमानको तलवले घरभाडा, पानि , ग्यास, बीजुलि बिल तिर्दै ठिक्क हुन्थ्यो।खान, वस्न केहिको ठेगान थियन मानसिक तनाब मात्रै हुन्थ्यो।

घरदेशतिर सन्चो विसन्चो भन्दा धेरै फोन गर्न त कहॉ पो सम्भव थियो र त्यस्तो असहज परिस्थितिमा पनि क्याकाना जापान पुगेकी ठुलि भैसकि भन्दै फेसबुकमा पनि ब्लकलिष्टमा हाल्नुहुने मेरा प्रिय २/४जना मान्यजनहरुमा मिठो सम्झना।सुरूवातका दिनहरु निकै कष्ठकर र कहालिलाग्दा थिए।

कामको लागि भाषाको ठुलो समस्या थियो। नेपालिहरु कामदार भएको (यासाई)तरकारि प्याक गर्ने कम्पनिमा कमला दिदिले पहिलो काम लाईदिनुभो वाटो देखाउनुभो, मार्गनिर्देश गर्नुभो धेरैधेरै धन्यवाद । भोलिवाटै खुसि हुंदै काम सुरु गरें।

काम र भाषा दुबै नयॉ भएको कारण नेपालिहरुले पनि सकेसम्म पछार्नै खोजे जापानजस्तो गल्ति विनानै गोमेनासाहि (सरि) भनेर शिर झुकाउने अनुसासित र सभ्य सहरमा अायको २ वर्ष भैसक्दा पनि सभ्यताको पाठ सिक्न नसक्ने, काममा नयॉ मान्छे देख्दा नेपालीको नाताले सहयोग गर्नु त टाढैछ ।

सकेसम्म अनेकौ गालि गलोजले कामवाट निकाल्न प्रयास गर्ने, कम्पनिकै गाडिमा चढ्दा पनि थिचोमिचो गर्ने नेपालि दिदिहरु देख्दा घृणा जागेर अाउंथ्यो सोच्थे हाम्रो घरमा कुकुरले पनि मायॉ पाउंथ्यो तर विडम्वना …….. सोच्न वाध्य भएं म त अझै मान्छे थिएं साहेद त्यही थियोहोला उहॉहरुको मानवता । ति औषधिजस्ता गालिले गर्दा अझै मन दरो बनाउंदै टोकियोमा केही गर्छु भन्ने आंट निकाल्थें।

केहिदिनमा टोकियोमा नारिदिवसको कार्यक्रम रहेछ पत्रकारितामा रुचि देखाउने भयकोले होला साथिले कार्यक्रममा जसरि भयपनी अाउनु है भन्दै निम्तो दियकि थिईन ।नेपालि महिलाले महिलाकै समस्या बुझ्दैनौ र अर्काको देशमा गुलामि गर्दा सम्म एकअर्कालाई पछार्नै खोज्छौं कामभन्दा कुरा वढी गर्छौ भने पुरूषसमान अधिकार पाएनौ भन्दै एकदीन भाषण छॉट्नुको कुनै अर्थ देखिन र फेसबुकमा यस्तै यस्तै स्टाटस राखेर काममा गए ।

काममा कम्पनिको मालिकले संगै काम गर्थ्यो राम्ररि सिकाउंथ्यो तर नेपालि दिदिहरुले अाफु मालिक भएजसरि गालि गर्नुहुन्थ्यो काममा अरुको गल्तिको भागिदार अाफैबन्नुपर्थ्यो नयॉ भएकै कारण । दिनभरि कामको थकानबाट फर्किन्थे जब कोठामा अाउंथे तव दिमागमा घन्किनथाल्थे प्रिय दीदीहरुका गालिहरु भक्कानियर एक्लै रुन्थें।

श्रीमानसंग प्लेनटिकटको हिसाबकिताब चुक्ता गरि भोलि नै नेपाल फर्किउंजस्तो लाग्थ्यो। देश छोड्दाको दिनदेखि नै राष्ट्रप्रेम झन उथलपुथल भएर अाउंथ्यो।अलिकति अार्थिक पाटो सबल वनाई भविष्यका सपनाहरु सजाउंदै जापान अाएकि म घर फर्किईहालौं भने मलाई समाजले के भन्ला वस तेत्ति मात्रै सोच्न भ्याएको थियो मेरो दिमागले ।

कोहि त पराई पनि अाफ्ना हुंदारैछन, काममा गरहुं गरहुं कार्टुन उचाल्नुपर्थ्यो मुटु पिरो हुन्थ्यो अांखावाट अॉसु झर्थ्यो तेहि देखेर अाफुले बानेको कम्मरको वेल्ट फुकालेर दिने साबित्रा दिदिलाई धन्यवाद। अाफ्नै सम्झेर मायॉ,हौसला दिनुभो मार्गनिर्देश गर्नुभो।काम सिकाउनुभो सुनिता दिदि कुनै स्वार्थविना।

परिस्थितिले जति टाढा वनाएपनि गुन कहिल्यै विर्सनेछैन कामको सिलसिलामा सहयोग र हौसला दिनुहुने सवैमा धन्यवाद। त्यस्तै अर्को कामको सिलसिलामा (मेनसेचु)अन्तर्वार्तामा गएं जहॉ नेपालिहरुले कोठा सफा गर्ने , ट्वाईलेट पुछ्ने ,भॉडा माझ्ने यस्तै यस्तै काम गर्दै थिए। त्यो दिन काम हेरेर फर्केपछि कोठाभित्र एक्लै भकान्निदै रोएकि थिएं।

जुन देशवाट अाएकि थिएं त्यहिकिसिमको शिक्षा र सोचाई हुनु म मा कुनै गल्ति थिएन।शैद्दान्तिक ज्ञानले भन्दा ब्यवहारिक ज्ञानले मानिसलाई धेरै कुरा सिकाउंदोरहेछ।अाफुलाई परेपछि हरेक कुरा सहज हुन्छ भनेझैं म पनी नेपालि हाकेनहरुको फोन नम्वर खोज्दै फोन गरेर काम र ट्रेनलाईनहरु खोज्दै हिंड्न थालें।

कामको लागि पनि अनुभब हूदैगयो।काममा जॉदा ५ मिनेट ट्रेन छुटेर ढिलो हूंदा साहुले कामवाट निकालिदिएको पिडा पनि ताजै छ जसले गर्दा समयको महत्व राम्रोसंग वुझ्न सक्ने भएकि छु।यहॉको विकासको गति तिव्ररुपमा अगाडी छ कारण यहॉका मान्छेकै मेहनतको प्रतिफल हो।

टोकियो अाफैमा हतारै हतारको सहर हो ट्रेनलाईन, विल तिर्ने ठाउंहरु,किनमेल पसलदेखि लियर तोईरे( शौचालय) सम्म हरेक ठाउंमा मान्छेको लाईन देखिन्छ हतार त सवैलाई हूंदोहो तर लाईनमा कोहिपनि हतारमा देखिंदैनन।सेवा दिनेहरुले पनि ग्राहकहरुको एकदमै सम्मान गर्छन हाम्रो देशमा ज्वाईचेलालाई ससुरालिमा गरिनेजस्तै गरेर।हाम्रो नेपालमा कुनै दौड प्रतियोगितामा अरुलाई पछाडि पार्न दौडिईन्थ्यो भने यहांका मान्छेहरु दैनिकि अाफ्नोलागि दौडन्छन।

यतिधेरै भिड हुन्छ मान्छेको तरपनि कसैले कसैलाई घुच्च घुच्चाउंदैनन यताकता छुस्स छोईंदा सम्म शीर झुकाउंदै गोमेनासाहि(सरि) भनिहाल्छन।वरु नेपालिहरुवाटै अाबुनाई (डर) हुन थालिसक्यो। अझै भनौ नेपालिले अाफ्नै नेपालि ठग्ने गलत प्रवृतिका व्यक्तिहरु धेरै छन् जापानमा।नेपालि कुकहरुको श्रमशोषण पनि व्याप्त छ।सुरुवातमा विधार्थिहरुको समस्या पनि उस्तै देखिन्छ।

तर जापानिजहरुले कुनै कामलाई पनि सानोठुलो भनि दर्जा छुट्याउंदैनन।कोट पाईन्ट चटक्क लगाएकाहरुले पनि वाटोमा झाडु लिएर वाटो सफा गरेको देखिन्छ।बुढाबुढिहरुले पनि उत्तिकै काम गर्छन हरेक कामको सम्मान गर्छन।हरेक ठाउंमा सहयोग र शिर झुकाउंदै सम्मानजनक ब्यवहार धेरै देखाउंछन।

यहॉका मान्छेहरुको सभ्यता अनुसाशन र झुकाईपन देख्दा म पनि वुहारिजस्तै वनि झुक्न सिक्दैछु तर विडम्वना नेपालिहरुवाटै विभिन्न अप्रिय खवरहरु सुन्नुपर्छ र दुखि हुंदै भन्न मन लाग्छ म झुक्दै नझुक्ने नेपालकि छोरी जापानमा वूहारि वनेर झुक्न सिक्दैछु,  म झुकेपनि मेरो देशको झण्डा ??नझुकोस। जय स्वाभिमान।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend