logo
  • शनिबार, भाद्र २० २०८३

राजनीतिक संघर्षबाट साटिएको वैदेशिक रोजगार


  • कृष्ण प्रसाद खनाल
  • शनिबार, भाद्र २० २०८३

– कृष्ण प्रसाद खनाल ।
चारबर्ष अघि यहाँ (जापान) अाएको थिए, नेपाल सरकार परराष्ट्रमन्त्रालय कै तथ्यांकमा नरहेको बाहिर भनिने विदेशिएका ६० लाख युवा मध्येको एक युवक म पनि हुँ । विद्यार्थी भिषा अावेदन गरेको २ महिना भित्रै यहाँ अाईपुगेको थिए। जापानको राजधानि टोकियोबाट २५ सय कि.मि. टाढा बसाइ छ । अहिले नेपालबाट यहाँ अाउने लामो योजना नबनाएकोले जापानको बारेमा अध्ययन गर्ने खासै चासो पनि दिएको थिइन । यति सम्मकी विद्यार्थीले नेपालबाट अाउँदा खर्च गरेको रकमले यहाँ पढ्ने भाषा स्कुलको पुरै कक्षा सकिन्छ । यो त स्कुल फि को कुरा भयो । मलाई नेपालमा हुँदा यहाँको विकास,प्रतिव्यक्ति अाम्दानि, सरदर मुत्युदर, लगायत कुनैपनि विषयमा शुन्य ज्ञान थियोे ।

यहाँ प्रवेश गरिसकेपछि माथि उल्लेखित गरिएका कुरा पनि जान्न समय लाग्यो भाषाको समस्या पनि उस्तै ठूटे अंग्रेजी पनि काम नलाग्ने थियोे । ३/४ महिना काममा लाग्न सकिएन फेरि काम दिने मान्छेले पनि कसरि दिअोस । उसले बोलेको कुरा फर्काउन र बुझ्न पनि त सक्नुपर्यो । केहि समयपछि काम पाए, शुरुको तलब बुझ्दा खुशि लाग्यो धेरै थियो । तर तलब बुझ्दा खुशि भएपनि त्यो बेला प्रति महिना हुने खर्चको याद अाएन ।

समय क्रमसँगै यहाँको १८ महिने भाषा स्कुल सकियो प्राविधिक शिक्षा पढ्न अर्कै स्कुल प्रवेश गरे भाषाको समस्याले गर्दा राम्रो स्कुल छनौट गर्ने मेरो योग्यताले भेटेन, साँझ र बिहान छुट्टा-छुट्टै पार्टटाइम काम दिउँसोको स्कुल, काम पनि टाढा स्कुलपनि टाढा व्यवस्थापन गर्न सकिने अवस्था पनि थिएन । एक्लै बस्दा खर्च लगभग दोब्बर पनि हुन्थ्यो त्यतातिर सोंच नै बनाइन । नेपालमा राजाको प्रतिगमन कदम माघ१९ भन्दा अघि नै राजनीति प्रति चाँसो दिने त गरिन्थ्यो तर कुनै संगठनमा अावद्ध रहि पदिय जिम्मेवारीमा वसेको थिइन ।

त्यसै समयमा काठमाडौंमा बस्ने मेरा अाफन्तहरु वामपन्थी राजनितिमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँहरुका कुरा सुन्थे तर विचमा क्रस गर्ने वा चित्त नबुझेको कुरा राख्ने मेरा तर्क थिएनन् । राजनितिक अध्ययन पनि थिएन । सोहि समयमा एमाले समर्थित अनेरास्ववियुको क्याम्पस कमिटिको अधिवेशनले मलाई छोयो । चुनाव भयो जितियो क्याम्पसमा विद्यार्थीका काम भर्णा देखि फर्म भरिदिने धेरै गरियो । पारिवारिक पृष्ठभूमि कांग्रेस भएको कारण यो कुरा परिवारलाई पटक्कै चित्तबुझेको थिएन । फेरि काठमाडौंमा बाँच्ने अाधार मेरो परिवार भन्दा अर्को पनि थिएन ।

त्यसको केहि समयपछि पुरानै पार्टी कांग्रेसमा फर्किए।धेरैले बाटो विराइस भन्नु भयो एमालेका साथिहरु दुखि पनि हुनु भयो, केहिले खान पाइन्छ उतै गयो पनि भन्नु भएको थियोे । त्यहि दलमा रहँदा तिनै खान पाइन्छ भन्नेहरुले मेरो घरभाडा, कलेज फि पुरै अाफैले तिर्दिए जस्तो गरि । काठमाडौं राजनितीको खुब नशा लागेको थियोे पुरानै दल नेपाली कांग्रेसको भातृसंगठन ने वि संघमा क्रियाशिल रहे । क्याम्पस इकाइ सचिव भए, स्वतन्त्र विद्यार्थी युनियनमा सचिवको टिकट त पाइयो तर चुनावि मैदानमा २ दिन भन्दा टिक्न सकिएन।

जहाँ अर्को ने वि संघ कै विद्रोह गरेको प्यानललाई एउटै प्यानलबाट चुनावमा जान पर्छ भन्ने केन्द्रको दबाब र पुराका पुरा बाहुवलको प्रयोग गरिएको थियोे । उम्मेदवारी फिर्ता गराउन गृह जिल्ला गुल्मीकै केन्द्रिय समितिमा रहेका नेताहरुको कसरत राम्रै थियोे।राजनितिमा अाफ्ना क्षेत्रबाट कसैले महत्वपूर्ण पद हासिल गर्दै छ भन्ने लागेमा उनिहरुलाई निर्वाचनमा उठ्नै नदिने, उठि हाले हराउन लाग्ने यति नगरी क्षेत्र र जिल्लामा अाफ्नो पकड बचाउन कठिन हुन्छ भन्ने सोंच, यो राजनितिक खेलाडीहरुले यसलाई सबैभन्दा ठूलो जितका रुपमा लिन्थे उनिहरु त्यसमा सफल पनि भए।

बर्षौं सम्म परिवारबाट खर्च मागेर काठमाडौं बसिरहन अाफैलाई असजिलो भईरहेको थियो, मलाई जागिर चाहिएको थियो लोकसेवामा जान प्रयास नै गरिन, मलाई थाह थियो त्यो बाटो सजिलो थिएन पढ्ने बानि पनि राजनीतिक नशाले बिगारी सकेको थियो । जागिरका लागि नेताहरुकहाँ जान चाहिन यतिबेला म प्रयोग भइरहेको छु भन्ने राम्रोसँग बुझेको थिए । म सिधै अहिले नाम उल्लेख गर्न चाहिन ठूलै प्रहरी अफिसरकोमा मेरो समस्या राखे उहाँ मार्फत लगाइएको जागिर २ बर्षसम्म गरे तर त्यसले भविष्यका लागि बाँच्ने अाधार बनाउँछ जस्तो लागेको थिएन ।

समय, भाग्य र कर्मको खेल चारबर्षे जिवन अर्काको देशमा कटाइ सकिएछ अाफ्नो देशमा सामाजिक संजाल र सुचना प्रविधिको कारणले छिट्टै प्राप्त हुने देशको वस्तु स्थिति र विकासमा कुनै परिवर्तनको अाभासहुने गरि पाउन सकिएन । व्यक्तिगत कामको शिलशिलामा केहि दिन अघि जापानको राजधानी टोकियो शहरमा जान परेको थियो । त्यस्तै अर्को विकसित शहरमा रहेकोले सामान्य सम्झेको थिए । एकजना मित्रले त्यहाँबाट अर्कै शहरमा गाडिमा हालेर लैजाँदा शहरभित्रको सुरुङ्गमार्गको जालो सुरुङ्गमार्ग भित्र पनि साना-साना कुरामा दिइएको ध्यान, टेलिफोन, ग्यास, पेट्रोलियम पदार्थ भर्ने ठाउँ, शौचालय अादि ।

यहाँको विकासको सामान्य उदाहरण मात्रै हो, हाम्रो देशमा एउटा सडक बनाउन कसलाई ठेक्का दिने भन्ने बहश बर्षौ सम्म भइरहन्छ त्यहि विषयमा समचार बन्छन् । पक्ष र विपक्षमा उभिन हामी दलका कार्यकर्ता भएकोले हाजिर भइहाल्छौं कहिले सम्म यस्तो ? हाम्रो शासन व्यवस्था फेरिए मान्छे उनै भए नियत फेरिएनन, ठग्ने, लुट्ने, भष्ट्रचार, तस्करि, गण्डागर्दी, ठेक्का पट्टाका मालिकलाई राज्य संचालन गर्न पटकपटक अवसर दिने हामी मतदाताको पनि अहिलेसम्म विवेक सकिएको छ ।

जानेरै कामै नलाग्ने शुन्य भूमिकामा रहेकालाई यस्तो व्यवस्था गरिदिने उनिहरुलाई मालिक बनाउने सोंचमा परिवर्तन अाएन, पार्टी भित्रका १/२ जना देशको बारेमा केहि गर्न खोजेका र गरेका नेताको नाम बेचेर सिङ्गो पार्टी नै ठिक छ भन्ने तर्क राखेर अाफुलाई न्यायाधीशको रुपमा उभ्याउन खोज्छौं,पार्टीका पक्ष र विपक्षमा देशमा मात्रै होइन राजनीतिक अस्थिरताले गाँजेकोले अाफु रोजगारिको लागि बाहिर छु भन्ने सोच्दैनौं ।

अझै नेपालबाट विदेशमा देश विगारिरहेका देशका ठेकदारहरुलाई विभिन्न संघ र संगठनका नाममा निम्ता दिन्छन्, होटलमा लगिन्छ दिवा, रात्री भोज खुवाइन्छ,रेमिट्यान्स व्यापारि ,विदेश पठाउने तस्कर र एजेन्ट मार्फत अाउने यिनको भव्य स्वागतमा यिनिहरुले नै गर्छन । नेताहरु विदेशमा आउँदा श्रमिकले पाएका दु:ख, श्रम शोषण, कामदारका हक र सुरक्षाको बारेमा संम्बन्धित सरकारका प्रतिनिधि मार्फत अौपचारिक निमन्त्रणा नभएकोले सरकारि प्रतिनिधिसँग भेट्ने कुरै नगरी होटल कै बाटो स्वदेश फर्कन्छ्न।

देश बाहिर खोलिएका अन्य संघ संस्था भन्दा राजनितिक अभिष्ट पुरा गर्ने उदेश्यले खोलिएका संघ,संगठनको काम सकेसम्म अाफुरहेको देशमा घुमाइदिने,भोलि नेपाल फर्कँदा पनि सोहि च्यानलका अाधारलाई स्थापित गरिराख्ने नै देखिन्छ। यहीँ तत्थ्यलाई अाधारमानि अबका सचेत युवाले पार्टी भन्दा माथि उठेर असल नेतृत्व छनौट गर्न सकेनौं भने अाफ्नो पुस्ता मात्रै होइन अाफ्ना सन्ततिहरु पनि विदेशि भूमि/मरुभूमिमा सड्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend