logo
  • शनिबार, भाद्र २० २०८३

यात्रा संस्मरण : यात्रा, प्रकृति र हामी


  • जमुना आर सी।
  • शनिबार, भाद्र २० २०८३

jamuna-rc-जमुना आर.सी.।
फेवातालको आँगनीमा रहेको फेवा स्कूलबाट प्रिन्सिपल राम थापाको नेतृत्वमा शिक्षक मनोज रेग्मी सहित ३० जना विद्यार्थी बोकेर छुटेको टुरिष्ट बसमा “जीन्दगी पानी जस्तै हो आउदैन फर्केर” गीतको धून चर्को आवाज़मा बजाउदै यतैतिर तीब्र गतिमा आएको थियो एउटा टुरिष्ट बस त्यही बसमा सवार २५/२६ जना विध्यर्थी ले पनि सँगसँगै गुनगुनाई रहेका थिए त्यही गीत ।

विहानको ७:३ बजेको हुदो हो म पनि पोखराको सभा गृहचोकबाट त्यही बसमा चढेर यात्रा तय गरे पूर्वी नेपाल इंलाम देखि दार्जिलिंग सम्मको । नाइलनका झोला भरि मरेका मान्छेहरूका जीउदा कहानी लेखिएका कितावहरू दिनहुँ नाइलनकै झोला बोक्ने नानीहरूलाई लिएर सात दिनको लागि सामल बोकाएर । फेरि खुसी मनले राम्रैसँग पठाएको थियो पोखराले हामीलाई अनि आफ्नो खवर पठाएको थ्यो आफ्ना सहेली हिमाल कंचनजंगा मनासलु लगाएत सवै हिम श्रीङ्खलाहरूलाई ।

हामी त्यही खवर र हिड्न लागेको बेला पोको पारेर दिएको सामल ,मनभरि शिशु रहर बोकेर गुडिरहयौ बसको गति सगै पूर्वी नेपालतर्फ । फेवाको आँगनीमा रहेको सहेली मित्र अन्नपूर्णले हात हल्लाउदै थियो व्याकराउण्डमा गीत बजिरहेको थ्यो तर नानीहरू चर्को आवाज़मा फेवातालमा साइली डुंगा सलल गीत पनि गाइरहेका थिए । मन अति खुसी थियो सबैको चेहरा त्यस्तै सुन्दर चमकपूर्ण देखिन्थ्यो ।

पोखराको सिमनाबाट पार गर्नै लागेका थ्यौ बादलको घुम्टोबाट अलिकति चियाएर बिहानको सूर्य (घाम) ले न्यानो मिसाएर पोखराले बिदाई गर्दै थियो हामीलाई त्यतिबेला मन अलि गह्रौ गह्रौ पनि भयो सोचे कति पीड़ा हुदो कयौ सपना बोकेर कलिला रहर सोकेसमा सजाएर प्रवासिएकाहरूलाई हाम्रा दाजुभाइलाई एक्कासी मैले । हामी घुम्ने रहर बोकेर मात्रा ५/६ दिनको लागि हिडेका थियौ र पनि सिमना पार गर्ने बेला मन भारी बनी गयो तर उनीहरू त बाध्यतामा गएका हुन्छन रहरहरू यतै थन्काएका हुन्छन् । लाग्दो हो सबैलाई आफ्नो आँगनीबाट टाडिदा यस्तै यस्तै धुमिल दृश्य पन्छाउदै गुडिरहेका हामी बस कै गतिसँगै अकलामा पुगि विहानको खाजा लियौ सबै अत्यान्तै प्रसन्न देखिन्थ्यौ ।

सबैको चेहरामा छुट्टै रौनकता थियो करिव २ घन्टा यात्रा पछि हामी जुगेडी भन्ने ठाउँमा पुग्यौ र बिहानको खाना ख़ायौ त्यसपछि वसको तीब्र गतिमा गीत गाउँदै नाच्दै हाँस्दै जानकी मन्दिरलाई गन्तव्य बनाएर अगाडि बढ्यो हाम्रो यात्रा । गीत संगीत हाँसो मज़ाक़ गर्दै नारानघाट भरतपुर चारकोसे झाड़ी हेटौडा हुदै बेलुका ८ बजे जनकपुर बसपार्क पुगियो । अध्यारो वसपार्कमा लगेर रोके ड्राइभरले सुनसान अन्धकार हल्का मान्छेको चहलपहल एकै छिनमा हाम्रो पोखराको उज्यालो सम्झिएर सवै मनहरू त्यस्तै अँध्यारा र निरास बने सायद लोड सेडिंन रैछ क्या बस्ने होटल को व्यवस्था भए पछि हामी सबै त्यही अध्यारो लाई चिर्दै त्यतै हानियौ ।

बेलुका दस बजे जनकपुर प्रवेश पछि बसाई अलि असहज अन्यवस्थित बन्यो जनकपुरको होटलको साहुको सत्कारमा कन्जुस्याई र बोलीमा साह्रै रुख़ो पन थियो । मन खिन्न भयो आमाको मायालाई सम्झायो झझंग त्यो पलले । जता ततै फोहोरै फोहोर पानीका धमिला ताल , बाटो भरि सुगुरहरू ,मैला लुगा लगाएका मैला मान्छेहरू बेसी देखिन्थ्यो । बिहान सूर्यदयसगै जनकपुरबजार पैदलयात्रा गरी जनकपुरधाम रामसीता मन्दिरको दर्शन गरियो । नानीहरू त्यहाँ चाहि हल्का खुस नै देखिन्थे ।

जनकपुर मन्दिरका चोक टुडाल अत्यन्तै आकर्षक देखिन्थे र दिल खोलेर स्वागत पनि गरिरहेथ्यो हामीलाई । मन्दिरको बनोट अति सुन्दर मनलाई लोभ्याउने थ्यो मन्दिरको सुन्दरताले मन तानिरहेको थ्यो तर त्यो फोहोर मैलाले मन धकेलिरहेको पनि थ्यो हामी अत्तालिएका पनि थ्यौ त्यहाँको बसाईबाट अनि सुन्दरता भित्रै रुमलिएको प्रदूषणबाट । त्यहाँका मैथिली नारीहरू भगवान शिव र राम सीता प्रति बेसी आस्था राख्दा रैछन् लाग्यो त्यहाँ आएका सवै राम र सीताकै बिवाहामा जन्ती बनेर आए जस्तो ।

पन्डितबाट टिका र प्रसाद ग्रहण गर्यौ अनि रामसीताको बिवाह बारे धेरै कुरा बुझ्ने अवसर पाइयो जनकपु र मन्दिरलाई क्यामरामा कैद गर्दै जनकपुर दर्शनपछि करिव ४घन्टाको यात्रामा कन्चनपुरमा रहेको करिव १२ बजे खाना खान एउटा होटलमा पुगियो त्यहाँका होटल साहु चाहि पहाड़िया रैछन् क्या उनको अलिकति पहाड़िया पन र आत्मीय सत्कारबाट पुलकित हुदै ढल्केबर लाहान विराटनगर हुदै १ घन्टा बस गुड़ाईपछि कोसी ब्यारेज प्रवेश गरी सुन्दर कोशी नदीको दृश्य अवलोकन गर्यौ पूलको पैदलयात्रा, ग्रुप फ़ोटो सेसनले अत्यन्तै मनमा रौनकता थपिदियो।

लाग्यो कोशी नदी र आकाश विचको प्रेममा अति निकटता र आत्मीय रहेछ । सबै यात्राको कठिनता बिर्साइदियो नदीको दृश्यले।त्यो नदी अनि त्यहाको पानीको बाहाक लाग्यो कता-कता आफ्नै जीन्दगीको गुड़ाई जस्तो । त्यति धेरै पानी तर किनारा प्यासले छट्पटि मर्नै आँटेको सुख्खा बगर, रहर बल्छी उनेर आफ्नै जीवन कोशीको छालमा फालिरहने माझी दाई , पुलमा चटपट बेच्ने पातला ख्याउटे केटाकेटीको दैनिकी , बगरको चितामा उत्सव मनाउदै जल्न लागेको लास देख्दा मन अलिकति अमिलो बन्यो ।

५६ बटा ढोका रहेछन् मात्रा एउटा खोलिएको थ्यो बिर्सिएछु सुन्दर नदीको त्यस्तो दृश्यसँगै को दर्दनाक जीवन भोगाइ देखेर । पोखरा देखिको पेडा खाने धोका पनि भुसुक्कै मैले । फेरि इलामलाई गन्तव्य बनाएर यात्रा सुरू गर्यौ झापाबिर्तामोड हुदै करिव ४ घन्टा यात्रा पछि गाउँदै रमाउदै इंलाम फेदिमा प्रवेश गर्यौ त्यहा हल्का चिया बिस्कुट लियौ । त्यसपछि इलामका घुम्तीहरू पार गर्दै करिव २ घन्टा यात्रा पछि फ़िकल बजार प्रवेश गर्यो अध्यारो भैसकेको थियो तर मनहरू उज्याला र उत्साहित थे केही देखिदैनथयो र पनि आखाहरू सबैका बाहिर नै दौडिरहेका थे सायद नया ठाउँ भएर होला ।

त्यो दिन इंलाममा साँझ ढल्की संकेको थियो राई होलान सायद होटल साहू । यति आत्मीय सत्कार मिसाएर खाना खुवाए सायद मैले पैले पटक त्यस्तो आत्मीय सत्कार गर्ने मान्छे भेट्या हुँ (भात़ दाल र टमाटरको चट्नी) त्यति मिठो आत्मीयता र न्यानो माया पाएको मेरो पहिलो। अनुभव हो यो । भोलिपल्ट दार्जिलिंग जाने योजना तय गर्यो इंलाममा हुदै। चिसो भए पनि साहुको त्यो न्यानो आत्मीयता ले गर्दा हामी सबै मस्त निदायौ विहान सवेरै उठेर दार्जिलिगको यात्रामा लाग्यौ पशुपतिनगर पुगेर तीन वटा जीप रिज़र्व गर्यो र हानियौ दार्जिलिंग तिर ।

त्यहाको नागवेली बाटो ,सहरबजार त्यहाको र क गाडेन संग्रालहय, संग्रहालय भित्र बाघ चितुवा घोर। चितुवा चाल , चराचुरूंगी तान लगायत, चिया बगान साँच्चै सुन्दर लाग्यो । आहा मन नजिक नजिक तानियो सबै ठाउँ सुन्दर लाग्ने सबै मान्छे त्यति नै। सुन्दर पनि देखिने भेटिने । त्यहाका सबैमा नेपाली मन पन भेटिने त्यस्तो देख्दा साँच्चै मेरो मन त फुरूंग भयो र आकाशमै उड्यो एक छिन त चंगा बनेर । सम्पूर्ण ठाउँ हेरी सकेपछि बिहानको खाना लियौ दार्जिलिंग बजारमै रहेको। होटलमा । त्यहाको खानामा मिठो स्वादसँगै मिठो आत्मीयता पनि मिसिएको थियो खानामा ।

त्यसपछि ड्राइभर शुक्रराज दाइको जीपमा फर्कियौ इलाम तिरै तिनै नागवेली घुम्तीहरू पार गर्दै । लाग्यो इंलाम र दार्जिलिंग तिम्रो स्नेह पुर्ण आत्मीयता र सुन्दरतामा मोहित भएर नछुटिने मोह फर्कि फर्कि हेर्दा हेर्दै पनि छुट्यौ छुटायौ आज हामी अनि आेझेलमा पर्यौ तिम्रो सौन्दर्यबाट तिमी तिनै घुम्तीका नागवेली पहाडहरूको पछ्यौरी ओढेर । आफ्नो सुन्दर दृश्यबाट हाम्रा आँखाका डिलहरूमा आत्मीयताले लिछिप्पै रूझाएर पठायौ कहिल्यै नमेटिने नबिर्सिनै रूमानी यादै याद बोकाएर हामीलाई ।

हृदयका कुइनेटाहरू भने खाली खाली भए जस्तै भैरहेछ किन कि अव तिमी पुन कहिल्यै नभेटिने पो हौ कि ?? हृदयमा प्रेमिका बनेर मनमुटु र नयनभरि दिएका छौ । त्यसैले कैद गरेर राखेका त छौ लुकीचोरी लिएको तिम्रो सौन्दर्यलाई हाम्रा कृत्रिम क्यामरामा । तिम्रो आत्मीयता सत्कार शिष्टता शालीनता अनि सौन्दर्य त हामी कसरी कहिले बिर्सैाला र खै ? सुपरी चाप पिप्ले धूपी सँगको साउती नागवेली घुम्ती सँगको प्रेम आँहा! अझ चिया फ़िकल बंजर बगान सँगैको लुकामारी ।

तिमीले हुर्काइएकी रइनी भाउजू र दाजुको दिएको साग भात़ र टमाटरको स्वदिलो खाना । तिनीहरूको गाढ़ा चमकता पूर्ण निस्वार्थ हेराइ सहयोग, प्रिय इंलाम तिमी हेर्दा हेर्दै नदेखिने गरी छेकियौ त छोटों मिलन सँगैको बिछोडमा बिनोद गौचन दाइको गीत मोडिफाई गरेर यसरी यो गीत गुनगुनाउदै तगारोमा रूमाल राखी बाटो छेक्यौ तिमले त्यही रूमालमा पोखराको दिल राखे मैले इलामबाट हिडियो ।

इंलामको सौन्दर्यता आखा भरि लिएर फ़िकलको मुलको पानी… सोल्टिनी नानीको जिस्काउने बानी गीत सुन्दै इंलाम फेदि हुदै झापा प्रवेश गर्यौ त्यहाँ बिहानको खाजा (पुरी तरकारी र फेन्टा खायौ खाजा पनि त्यति मिठो लागेन फेरि बसको गतिसँगै हिन्दी नेपाली गीत सुन्दै बिर्तामेड झापा हुदै कोशी नदी पार गर्दै इटरी बजारमा आइपुग्यौ र मितेरी होटलमा स्वादिष्ट खाना खायौ र त्यो बेलुका लाहान आएर बास बस्यौ ।

बिहान सूर्यदयसँगै हिड्यौ लुम्विनी गन्तव्य बनाएर । एक बजे हेटाडाको होटल बैसालीमा खाना खाइयकेपछि धरान बूढा सुव्वा र दन्तकाली मन्दिर दर्शन गर्न लागियो करिव आधा घन्टाको दौड़ान पछि बूढा सुव्वा मन्दिर पुग्यौ र दर्शन गर्यौ त्यहाँ टुप्पा नभएका बासघारी रहेछन् र किंवदन्ती रहेछ डोरी बाँधेर एउटा केही कुरा मागियो भने बूढा सुव्वाले दिने रे ! हामीले पनि डोरी बाँधियो सायद केही एउटा कुरा त मागियो होला पाइने हो होइन भविष्य मै थाहा होला ।

त्यहाँबाट हतार हतार बस छुट्यो कि भन्दै बस नेर आयौ र बस चढेर कुहिरो भित्र गुटुमुटु धरानबाट भरतपुर नारानघाट दाउन्नेको ओरालो हुदै परासी बजार झर्यौ राती १० बजे हामी भैरवा आएर बास होटल सी प्रिन्समा बस्यौ भोलिपल्ट बिहान सवेरै उठेर लुम्विनी घुम्ने यात्रा तय गर्यौ र त्यतै लाग्यौ करिव २० मिनेटको बस यात्रापछि लुम्विनी पुगियो लाग्यो द्वारबाट प्रवेश गर्दा रंगीविरंगी फुलेका फूलहरू स्वागत जुटेका थिए भिक्षु भिक्षुणीहरू लुम्विनी आफैमा सुन्दर लाग्थ्यो त्यहाँ पुग्ने प्रत्येक मानिस सायद बुद्द नै हुन कि जस्तो जस्तो लागि रह्यो ।

हरेक मानिसका चेहरामा धेर्यता शहनशीलता करूणा मानवता सल्वलाएको भेटिन्थ्यो गौतम बुद्दको दरबार गुम्बा हेरियो । मान्छेहरूको भीडमा आफ्नै छाया हराइरहे झै लाग्यो कता कता  निलो स्वच्छ नहरमा बोटिन गरियो त्यहाको पानी को छालले घरिघरि हृदयका किनाराहरू हानिरहयो तर पत्तै पाइएन उत्रिने ठाउँमा आएर उत्रिएको पनि त्यसबेला नानीहरू खुव रमाइरहेका थिए सबै ठाउँ परिक्रमा गरेर द्वारबाट बाहिर निस्कियौ र केही लुम्विनीको चिनो किन्यो अनि लाग्यौ होटल तर्फ ।

त्यहाँ शान्त सुन्दर दृश्यले विदाई गर्दै थ्यो सबै सुन्दरता लाई नयनभरि सजाएर होटल आइपुग्यौ खाना लियौ र आफ्नै आँगनी फर्किने यात्रा तय गर्यौ बुटवल राम्दी हुदै तप्प टप्प आफ्नै आँसु झरी राको देख्दा मनका सारा इच्छाहरू त्यसै त्यसै मरी रा को देख्दा गीत बजिरहेको गीत सँगै पोखरा बेलुका ठीक ८ बजे आइपुग्यौ हामी अनि आ-आफ्नो घरतर्फ लाग्यौ त्यतिबेला लाग्यो जीवन उत्सव हो यात्रा विजय हो प्रकृति गुरू अर्थात जननी हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend