साझा नेटवर्क
शर्माजी,पुरुषोत्तम र महेश डाँगीसँगै
गोबिन्द पोख्रेल,नयाँ दिल्ली कार्तिक १२ ।
दशैंको रमझम यतै दिल्लीतिर नै चल्यो । दिल्लीमै दशैं मनाएका हामी नेपाल जाने कुरै थिएन । नवमीको दिन कान्छी सालीको विहे गर्ने निश्चित भयो, भन्ने खबर आयो । त्यो पनि त्रियादशीको दिन रे! भोलि टिका छ । माइली आमा आउनु भएकोले टिका उतै भाइ देबेन्द्रको घरमा लगाउने कुरा निश्चित थियो ।
यता नजिकै मामा–माइजु भएका कारण पहिले घरबाट मामाकोमा गएर टिका लगायौ । अनि लाग्यौ भाइको घरतिर । भाइको घरमा टिका लगाइयो । भरत भाइ पनि आएका हुदा दशैंको दिन अलिअलि खानपिनतिर लागीयो । रमाइलो पनि भयो । त्यहि सल्लाह गरीयो र विहेको लागि अर्कोदिन अर्थात एकादशीको दिन नेपाल जाने भयौ ।
सबै यातायात व्यबसायीहरुका गाडीहरु नेपालतिरै भएका कारण हामी उत्तर प्रदेश यातायातका बसमा लाग्यौ, बढ़नी कृष्णनगरको बाटो हुदै । करिब २१ घण्टा बसले कुदाएपछि पुगियो, गन्तब्य नजिकै, नेपाल–भारत सिमानामा । सिमानाबाट करिब डेढ घण्टा अर्को बसमा दौडिएपछि पुगियो, घरमा । अर्कोदिनको पुरै पर्खाइपछि झन अर्कोदिन विवाहमा सहभागी भयौ ।
एक्कासी हुने आफन्तीहरुका निर्णयले दौडाएको, हाम्रो दौडाहाको अन्तिम दौड पुनः दिल्ली फर्कदासम्मको थियो । छोरालाइ यतै दिल्ली छोडेर जानु परेका कारण पनि हामीलाइ हतार नै थियो । विवाहकै दिन सुपा देउराली टुर एण्ड ट्रावल्सका बुटवल प्रतिनिधि तुलसि पौडेल र टोमलाल पराजुलिलाइ फोन गरेर बसमा टिकट मिलाउन लगाए ।
आइतबार बस नआउदो रहेछ । सोमबारको लागी बस मिलाउन लगाए । पुरनले मेरा लागी ३ वटा सिट राख्न लगाएका रहेछन । बस खचाखच भरीएको थियो । ३ वटाको ठाउमा २ सिट मिलाइ दिएपछि छोरी र श्रीमति सजिलै आउन सक्ने अवस्था देखियो । बस समितिका महासचिव तुलाराम शर्मा पनि त्यहि बसमा आउदै गरेको देखेपछि मैले साथी पाए जस्तो लाग्यो ।
एउटै परिवारका ६ जनालाइ मिलाउन शर्माजी र मैले २ सिट दिएपछि बोनट र यताउति गरी सबैलाइ राम्रोसँग बसाल्यौ । तर अचम्म त्यो बसमा आउने चालक रहेका पुरुषोत्तम न्यौपाने पहिलो पटक आउने भएको हुदा अर्का चालक महेश डाँगी पनि रहेछन । उनीसँगको पुरानो चिनाजानी पनि र मन पर्ने चालकहरुमध्येका एक डांगी । उनको बस चलाउने क्षमता प्रति म उनको फ्यान नै भएको छु ।
यो दोस्रो यात्रा थियो, मेरा लागि डाँगी सँगसँगै, नेपालदेखि दिल्ली आउने क्रममा । पुरुषोत्तमले गाडी चलाउदा शर्माजी र डाँगी भाइसँग गफिदै हामी प्रदेशतिर लाग्यौ । डाँगीले चलाउदा न्यौपानेसँग । न्यौपाने पहिलो साथीको रुपमा भएका कारण केहि सोध्ने जिज्ञासाले मैले सोधे तपाइ दिल्ली पनि आउनुहुन्छ ? उनको उत्तर बडो गजबको शर्मा जी 2 थियो, म विदेशी भुमिमा पहिलो पटक खुट्टा राख्दै छु ।
कसम खाए जस्तो भएको छ । आठ वर्ष भयो बस चलाउन लागेको । आफ्नै बस, आफै चालक । कहिले कल्पना गरिएन विदेश जानुपर्ला भन्ने । विदेशमा आजसम्म एकछाक भात पनि खाएको छैन । बुटवल न. पा. १४, टामनगर घर भएका न्यौपानेले पहिलो पटक भारतको भुमि मात्र टेकेनन्, उनले डांगीसँगै बस चलाएर दिल्ली पुर्याए ।
एकैदिन १० वटा गाडी सिमानाकाबाट दिल्लीतिर : दशैंको अन्तिम दिन पूर्णिमा पछि नेपालबाट भारत आउनेहरुको ताँती लाग्ने गर्दछ । हामी पनि त्यस्तै दिनमा भारत छिर्दै थियौ । पूर्णिमा पछिको एक हप्ता सिमानाकामा अध्ययन गर्ने हो भने, मानौ नेपालको आधाजति जनसंख्या भारततिर आउदो रहेछ, भन्ने भान हुन्छ होला जस्तो पनि लागिरहेको थियो । टाटा व्हींगर, फोर्स जस्ता गाडीहरु र सुपा देउरालीका तिनवटा बस सहित कपिलबस्तुको कृष्णनगर बढ़नी सिमानाका हुदै १० वटा गाडीहरु आफ्नै आँखा अगाडीबाट दौडिएका थिए, भारततिर ।
राहदानी छैन, समस्या उस्तै : नेपाल भारत आवागमनमा विना रोकटोक जो कोही पनि जान आउन सक्छ । नेपालबाट सोझा सिधा बालिकाहरुलाई फकाइ फुलाइ यहाँ ल्याएर वेश्याबृति गर्न वाध्य बनाउने जस्ता चरम खेलका कारण सिमा नाकामा चेक जाँच गर्दा राहधानीको आवस्यकता हुन्छ ।१३ वर्षदेखि १८ वर्षसम्मका विरामी परेका या आफन्ति भेट्न आउनेका लागि कडाइका साथ माइती नेपाल जस्ता सँस्थाहरुले गरेको उल्लेखनीय कार्य पनि सराहनीय नै देखिन्छ । मानिसमा चेतना हुदाहुदै राहधानी नबनाइ हिड्नाले समस्या उस्तै छन ।
शर्माजीको गुनासो र गुण्डाराज : शर्मा सुपा देउराली टुर एण्ड ट्रावल्सका महासचिव हुन ।उनको पुरा नाम तुलाराम शर्मा हो । उनी यात्रामा सँगै थिए, माथीपनि उल्लेख गरीएको छ । उनका अनुसार नेपाल सिमाबाट भारत प्रवेश गर्दा कर स्वरुप ३०००।— बुझाउनैपर्छ । त्यसका बावजूद पार्किङ्ग शुल्क रु. १००।— नगर कर रु. ५०।— वाहेक चियापानि भन्नेहरु धेरै छन । साना गाडीहरुलाइ यसरी निचोडछन की दुःख लाग्छ ।
सुपा देउरालीका केही दम्भवाद समिति सदस्यहरु सुध्रनुपर्छ : साना गाडीमा ठाउ छ, बुटवलबाट साना गाडीमा जाने भनेर ६ जना यात्रुहरु बसमा बसालेर पठाएको पाइयो ।यता साना गाडी चालकले गोरुसिङ्गे बजारमा पाइएका नयाँ यात्रु खचाखच भरेर दिल्ली रवाना भए ।बसमा जाने भनि बसेका यात्रुहरुलाइ सिट पाइएन । बसमा आएका ६ जनाले झगडा गर्न थाले ।
अनावस्यक झैँ -झगडा समिति सदस्यहरुको लापर्वाहीका कारण भएको ठहर भयो । चालक पुरनको सक्रियता र यात्रुहरुलाइ गर्ने गरेको सहयोग सराहनीय देखियो, तर समिति सदस्यको दम्भवाद र चालकसँगको तालमेल मिलाउन नसके आगामी दिनमा टुर एण्ड ट्रावल्सको बचाइ राखेको इज्जतमा दाग लाग्नेतिर अग्रसर हुनेमा कुनै शंका छैन ।धन्न महेश डांगीले झैँ -झगडाको अन्त्य गर्दै सबैलाइ मिलाए कसैलाइ मुढामा बसालेर, कसैलाइ कम्बलमा सुताएर सजिलै दिल्लीसम्म ओराले ।
के. बि. सिंह ढाबाको खाना राम्रो लाग्यो : प्राय यात्रामा खाना ख्वाउने ठाउ अति नै घटिया किसिमको हुन्छ । तर सुपा देउरालीले ख्वाउने गरेको के. बि. सिंह ढाबाको खाना सारै उत्तम खाले पाइयो ।बसमा आएका सबै यात्रुले खुलेरै प्रशंसा गरेका थिए ।
धन्यवाद दिनुपर्छ असल कामका लागि सुपा देउराली टुर एण्ड ट्रावल्सलाई । अब यात्रुहरुलाइ सेवा र सुविधा दिने काममा उल्लेखनीय कार्य गर्न जरुरी छ, सुपाले । गर्नुपर्छ र गरोस । भरोसाले मात्र हैन कामले पनि अग्रसरता देखाए अब्बलतामा गनिन बेरै लाग्दैन । —चेतना भया
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend