logo
  • शनिबार, भाद्र २० २०८३

फेरी एकपटक पश्चिमि जनता प्रति धोका


  • कमल पौडेल
  • शनिबार, भाद्र २० २०८३

kamal paudel-कमल पौडेल ।
२०६२/६३ सालको दोश्रो जनआन्दोलनपछि स्थापित नारा हो ‘संघियता र गणतन्त्र’ । सोहि नारालाई संस्थागत गर्ने संविधान हो ‘नेपालको संविधान २०७२’ । सोहि संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको वाँडफाडको व्यावस्था गरिएको छ भने सोहि धाराको उपधारा ४ मा स्थानिय तहको परिकल्पना गरिएको छ।

संविधानको अनुसुचि ८ मा स्थानिय तहको अधिकार सूचि तय गरिएको छ । स्थानिय तह पूर्न संरचनाको लागी नेपाल सरकारले स्थानिय निकाय पुर्नसंरचना आयोगको गठन गरेको छ र सोहि समितिको मातहतमा रहेर हरेक जिल्लामा स्थानिय विकास अधिकारीको संयोजकत्वमा प्राविधिक समितिको पनि गठन गरिएको छ ।

सो समितिले ६ ओटा आधार तय गर्दै त्यसैको आधारमा स्थानिय तहको पुर्न संरचनाको प्रारम्भिक प्रतिवेदन वुझाई रहेको छ। गएको श्रावण मसान्त सम्मको समय दिएर काम सुरु गरिएपनि राजनैतिक दलको अनिर्णयका कारण १५ दिन थपियको म्याद पनि भाद्र १५ गते समाप्त भएको छ। यस विचमा धेरै जिल्लाहरुमा छलफल वहस भएका छन् र कतिपय जिल्लाहरुमा सहमतिका आधारमा स्थानिय तहको संख्या र सिमांकन टुंगिएको छ भने कतिपय जिल्लामा विवाद कायमै छ। र धेरै जिल्लाले समयमै आफ्नो प्रतिवेदन वुझाउन सकेका छैनन् ।

यसै सन्दर्भमा बागलुङ जिल्लामा पनि तोकियको समयावधिको २ दिन पछि अर्थात भाद्र १७ गते २ नगरपालिका र ६ गाउँ पालिका गरि ८ ओटा स्थानिय तहको परिकल्पना गर्दै प्रतिवेदन आयोग समक्ष वुझाईएको छ। यो प्रतिवेदनमा नितिगत रुपमा सत्तासिन नेपाली काग्रेसले असहमति रहेको तर स्थानिय रुपमा कुनै आपत्ति नरहेको जनाएको छ। र उसले नितिगत रुपमा आयोगले देशभरवाट तोकेको ५६५ ओटा स्थानिय तहवाट कम्तिमा दोव्वर वनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै चुनावमा भाग नलिएका पार्टिहरुले पनि यो संरचनामा असन्तुष्टि जनाइरहेका छन् ।

बागलुङको प्राविधिक समितिका अनुसार साविकको बागलुङ नगरपालिका र मालिका, तित्याङ, भकुण्डे, पैयौँपाटा, अमलाचौर र नारायणस्थान गाविस जोडेर वाग्लुङ नगरपालिका र केन्द्र बजारलाई वनाउने, त्यस्तै रायडाँडा, दमेक, कुश्मिशेरा, सर्कुवा, अर्जेवा, जैदि, छिस्ति, र विनामारे को जैमिनि गाउँपालिका र केन्द्र कुश्मिसेरा, त्यस्तै सिगाना, रेश, लेखानी, विँहु, तंग्राम, धम्जा, भिमपोखरा र पाला को काठेखोला गाउँ पालिका र केन्द्र सुलेडाँडा, पैयौंथन्थाप, राङ्खानी, धुल्लुवास्कोट, हुग्दीशिर, वाटाकाचौर, सल्यान र सुखौरा को वरेङ गाउँ पालिका र केन्द्र बरेङ बजार, त्यस्तै तारा, हिल, अर्गल, अमरभूमि, हरिचौर, दुधिलाभाटि, मल्म, रिघा, काँडेवास, पाण्डवखानी, हटिया र नरेठाँटि को गल्कोट नगरपालिका र केन्द्र मजुवा फाँट, सिसाखानी, दगातुन्डाडा, जलजला, ग्वालीचौर, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ को वढिगाड गाउँपालिका र केन्द्र खौलार, वुर्तिवाङ, खुँगा, तमान, खुङ्खानी, बोङ्गादोभान, अधिकारीचौर र बोवाङ को ढोरपाटन गाउँपालिका र केन्द्र बुतिवाङ तथा निसि, बोहोरागाउँ, देविस्थान र राजकुत को निसिखोला गाउँपालिका र केन्द्र झिवाखोला तय गरिएको छ।

जिल्लाको राजनैतिक नेतृत्वले सो संरचनालाई मोटामोटि सहमति गरि केन्द्रमा सिफारिस गरेपनि पश्चिम भेगका सवै जनताले अपनत्व महसुस गर्न सकेका छैनन् । र भनेका छन् ‘अखण्ड बागलुङ भनेर नारा लगाउनु नै गल्ति गरिएछ’ ।

उनिहरुको आरोप छ सदरमुकामले सधै पश्चिमलाई उपेक्षा गर्दै आएको छ। यद्यपी अव त्यो दोहोरिन्न भन्ने आसमा वसेका जनता पुन सदरमुकामले पश्चिमि जनताको चाहना विपरित स्थानिय निकायको सिमांकन गरेपछि सो असन्तुष्टि वाहिर देखिएको हो । खासगरि गलकोटलाई नगरपालिका वनाउने नाममा रिघा, पाण्डवखानी र सिसाखानीको कलस्टरलाई छुट्याई दुई ओटा गाविसलाई मात्रै गलकोटमा मिसाउनु दुर्भाग्य भनेका छन् । खासगरि यी तिन गाविसको सामाजिक परिवेश र साँस्कृतिक पहिचान समान किसीमको रहेको छ।

मगर वाहुल ति तिनै गाविसमा साझा साँस्कृतिक विशेषता पाउन सकिन्छ। नेपालका केहि जिल्लामा नाचिने सति घाटु जस्तो संस्कृति तिनै ३ गाविसमा पाईन्छ । जुन बागलुङ कै पहिचान हो । ति तिनै गाविसको मध्य विन्दुवाट गिरौंदि खोला वगेको छ जसवाट तिनओटै गाविस संगै दगातुन्डाडा गाविसले पनि जल उपयोग गर्दै आएको छ। भौगोलीक धरातल, धार्मिक आस्था, जातिय सघनता लगाएत समाजसास्त्रीय दृष्टिकोण वाट हेर्दा यी तिन गाविसलाई टुक्राउनु अपराध हो ।

कि त शिसाखानीलाई पनि गलकोट नगरपालिकामा राख्नु पथ्र्यो या त तिन गाविसलाई वढिघाट गाउँपालिकामा लैजानु पथ्र्यो । माथि उल्लेखित संरचनामा त्यसो गरिएको छैन र ति तिन गाविसको विशिष्टतालाई ठाडै चिरिएको छ। उता सधै उत्पिडन महसुस गर्ने वुर्तिवाङ क्षेत्र पनि अन्ततः थाङ्नामा सुतेको छ । किनकि जिल्लामा नगरपालिकाको चर्चा चल्दा नगरपालिकाको लागी पहलकदमी लिने वुर्तिवाङ अन्तत गाउँपालिकामा चित्त वुझाउनु पर्ने भएको छ। त्यो पनि अव कहिले पनि नगरपालिका नवन्ने सर्तमा ।

मैले यसो भनिरहँदा भोली किन रोकिन्छ भन्ने प्रश्न उठ्न सक्छ तर ७ गाविसको मात्र वनेको गाउँपालिका भविश्यमा पनि नगरपालिका वन्न जनसंख्या नै पुग्न दशकौं लाग्न सक्छ त्यसैले यो पुस्ताका लागी असम्भव प्रायः छ। खासगरि वुर्तिवाङ संगै जोडियको भिमगिठेलाई जवर्जस्त वढिगाड गाउँपालिकामा मिसाउदा र राजकुत संग भौगोलीक तथा प्राविधिक रुपमा समेत एउटै नक्साङ्कनमा रहेको दर्लिङलाई समेत वढिगाड गाउँपालिकामा मिसाउँदा वुर्तिवाङ भविश्यमा पनि नगरपालिका वन्ने सम्भावना सकियको हो ।

हाल पश्चिम बागलुङका गाविसहरुको केन्द्रको रुपमा स्थापित भएको वुर्तिवाङ सामान्य गाउँपालिका मै चित्त वुझाउनु पर्ने भएको छ। देशकै नमुना सहरको रुपमा विकास भैरहेको वुर्तिवाङलाई साविकका ७ गाविसको मात्रै केन्द्र वनाउनु भनेको भोलीको लागी समेत सम्भावना वन्द गर्नु हो ।

त्यसैले जिल्लाको नेतृत्वले आफ्नो व्याक्तिगत स्वार्थ तथा राजनैतिक हितको लागी पश्चिमी जनतालाई पुनः प्रयोग गरेको सरोकारवालाले वताउँदै आएका छन् । लामो समयदेखि उत्पिडन तथा जिल्लाकै दोश्रो नागरिकको रुपमा आफुलाई उभ्याई रहेका क्षेत्र नं. ३ का वासिन्दा मध्यपहाडि लोकमार्गको विकास संगै समान हुन लागेको महसुस गर्न लागेका थिय ।

त्यसैको फलस्वरुप अखण्ड बागलुङको पक्षमा उभियका जनताले अव नेतृत्वले धोका नदिनेमा आश्वस्त थिए तर जनताको आकंक्षा विपरित तथा विभिन्न समयमा जनतासंग प्रत्यक्ष गरिएको अन्तक्रिया र छलफलको भावना विपरित स्थानिय तहको सिमांकन प्रतिवेदन केन्द्रमा पठाइएपछि पुन एकपटक पश्चिमी जनताले जिल्ला भित्रकै दोश्रो दर्जाको नागरिकमा आफुलाई दर्ज गराएका छन् ।

तथापी उनिहरु आषावादि छन् कि पुर्नसंरचना पूर्ण हुने समयसम्म नेतृत्वले आफ्नो गल्ति सच्याउने छ र जनताको चाहना अनुरुप गाउँपालिका तथा नगरपालिका निर्माण हुनेछन् र जनताकै हित अनुकुल केन्द्रहरु तोकिने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend