logo
  • शनिबार, साउन ९ २०८३

रियोमा जारि ओलिम्पिक्स खेलाडीको शरीरमा रातो दाग किन?


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौ, श्रावण २६ ।

हाल जारी रियो ‍ओलिम्पिक्समा सहभागी  कतिपय  खेलाडीको शरीरमा ठूलो राता गोलाकार दागहरु देखिएका छन्।अत्यन्तै सम्मानित पौडी खेलाडी माइकल फेल्पसको शरीरमा पनि त्यस्तै दाग रहेका तस्वीरहरु सार्वजनिक भएका छन्।

ती गोलाकार दागहरु के हुन् र किन त्यसले अचानक सबैजनाको ध्यान खिचिरहेको छ? त्यो खासगरी कपिंग अर्थात् तातो कपहरु छालामाथि राखेर गरिने पुरानो चिनियाँ उपचार पद्धति हो।160809140353_cupping_olympians_640x360_getty_nocredit

कपिंग कसरी गरिन्छ?

उक्त पद्धति अकुपञ्चरको एउटा स्वरुप हो। सो पद्धतिमा एउटा सिसाको कपमा प्रज्वलनशील तरल पदार्थ बालिन्छ।आगोको लप्का निभेपछि तापक्रम घट्छ र त्यसले कपमा रहेको हावा फालेर आंशिक शून्यता उत्पन्न गराउँछ जसका कारण कप शरीरमा टाँसिन्छ।

शरीरमा टाँसिएको कपले छालालाई तान्छ र रक्तसञ्चार बढाउन मद्दत गर्छ।त्यसका कारण शरीरमा राता धब्बाहरु बस्छन् जुन चाहिँ सामान्यतया तीन वा चार दिनसम्म रहन्छन्।

केही ओलिम्पिक खेलाडीले यसको किन प्रयोग गरिरहेका छन्?

खेलाडीहरु भन्छन्, उनीहरु दुखाइ कम गर्न र नियमित तालिम तथा प्रतिस्पर्धाको कडा शारीरिक परिश्रमपछि सामान्य अवस्थामा फर्कनका लागि यो पद्धतिको प्रयोग गरिरहेका छन्।

प्रतिस्पर्धीहरुले अरु खाले यस्ता थुप्रै उपायहरु अपनाउँछन्।मसाज, सउना, बरफमा शरीर डुबाएर बस्ने जस्ता उपाय अपनाएको पाइन्छ।तर अमेरिकी जिम्न्यास्ट एलेक्स न्याडोरले युएसए टुडे अखबारलाई बताएअनुसार अरु उपायमा पैसा खर्चनुभन्दा कपिंग उपयुक्त छ।

“यो मलाई स्वस्थ राख्ने गोप्य सूत्र हो,” न्याडोरले भनेका छन्।त्यसले आफूलाई धेरै दुखाइबाट जोगाएको पनि उनले बताएका छन्।उनका टोली नेता क्रिस ब्रुक्सले उनको समूहका धेरै खेलाडीले आफै कपिंगको प्रयोग गर्न थालेको बताए।उनीहरुले आगो बालेरभन्दा पनि कप तान्न मिल्ने पम्पको प्रयोग गरेको ब्रुक्सले जनाए।160809140100_cupping_michael_phelps_640x360_reuters_nocredit

पौडीका महान हस्ती माइकल फेल्पसको शरीरमा गोला राता धब्बा देखिएपछि इन्टरनेटका सामाजिक सञ्जालहरुमा अनेक अनुमान भएका थिए।रंगले भरिएका र सजिलै फुट्ने बलहरु प्रयोग गरेर हुने खेल ‘पेन्ट बलिंग’ फेल्पसले खेलेको हुनसक्ने वा उनलाई ठूलो अक्टोपसले आक्रमण गरेको हुनसक्ने सम्मका अनुमानहरु भए।

के यसले साँच्चै काम गर्छ?

यसको अभ्यास गर्नेहरु मांसपेशीको समस्या, दुखाइ, हाडजोर्नीको समस्या, अनिद्रा, बाँझोपन आदिमा यो पद्धति उपयोगी हुने बताउँछन्।मध्य लण्डनमा परम्परागत चिनियाँ उपचार पद्धतिको २० वर्षयता अभ्यास गरिरहेका ज्याकी लंगका अनुसार यसको मुख्य अवधारणा भनेको ऊर्जाको सञ्चार हो।160809045932_phelps_red_circles_and_cupping_512x288_ryanpierse_nocredit

कपले जति कडा धब्बा बनाउँछ त्यति नै कमजोर रक्तसञ्चार भन्ने अर्थ लाग्ने उनी बताउँछन्।एक्सेटर विश्वविद्यालयमा औषधिसम्बन्धी विभागका प्राध्यापक इडजर्ड अर्नस्टले बीबीसीलाई बताएअनुसार ३ हजार वर्षसम्म यसबाट सन्तुष्ट ग्राहकहरु निश्चितरुपमा छन् तर यो प्रमाणित उपचार पद्धति होइन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend