टोपलाल अर्याल, गुल्मी श्रावण २५।
हिजो बिहान १० : ३६ बजे मेरो मोवाइलमा फोन आयो, दाई म बिकाश भाई । मेरो मोवाइलमा नम्बर सेभ रैनछ, बिकाश भन्नाले ? मैले फेरी सोधे । म सागरको भाई बिकाश ।
ए ए भन भाई के छ खबर, मैले भने । ठिकै छ दाई, हजुरलाई एउटा दुख दिऊ भनेर फोन गरेको । मैले कस्तो दु:ख भनेर सोधो, उनले भने एउटा नारा लेख्दिन पर्यो ।
उनले नेवि संघको चुनावमा को उठ्दै छ, त्यसैले प्रचारका लागी नाराको अडियो बनाउन खोजेको मलाई बताए । मैले नारा लेख्नु सान्दर्भिक हुदैन भाई नारा अरु कसैलाई लेखाउ, मैले रेडियोमा रेकर्ड गरेर पठाउछु भने ।
मैले अरु कोहि खोज्छु, भएन भने हजुरले नै बनाएर पठाउनु पर्छ उनले भने । दाई एकछिनमा फोन गर्छु भन्दै फोन राखे मैले हुन्छ भने । खै के-के गरे मलाई थाहा भएन, सोमबार उनले पनि फोन गरेनन म पनि अलि व्यस्त थिए ।
संयोग आज, हिजो विकाशले फोन गरेकै समय भएको रैछ । भर्खर अनलाइन थिए, केशव भाईले विकासको दुखद खबर मलाई च्याटमा भन्यो । हे भगवान मैले त्यो कुरा पत्याउनै सकिन । बिकास निकट स्रोतहरुको फेसवुक स्टास हेर्न थाले । रामराज्य उमाविका प्रअ गुणाखर अर्यालको स्टाटस हेरेपछि, मुर्छित जस्तै भए, मलाई त्यो कुरा पत्याउन कर लाग्यो । मैले सम्झिए, दाई एकछिनमा हजुरलाई फोन गर्छु भनेको । मुटु छाम्दै अनलाइनका समाचार र तिम्रो फेसवुकका फोटा हेर्छु ।
मेरो एकतर्फि मनले अझै पनि भन्छ, विकासले फोन गर्न सक्छ, त्यो घटना सत्य होइन । अर्को मनले सोच्छ घटना सत्य हो, अव विकाशले फोन गर्ने छैन । मैले त्यो भाइका फेसवुकका सवै फोटा हेरे, त्यो कलकलाउादो जवानी र स्वरुप । उसको परिवार अनी जीवन । भेटमा मुसुक्क हास्ने, जहिले अरुको सम्मान, छुच्यााइ नगर्ने । जहिले हासो मजाक गर्ने उनी, मैले सोध्थे कहिलेकाहि भाई तिम्रो जीवन यसरी नै बित्ने हो ? उनले हासेरै जवाफ दिन्थे, दाई मरेर लाने आखिर के छ ।
प्यारो भाई बिकाश तिमीले भनेको सत्य नै थियो, लैजान त केहि पनि लगेनौ । तर परिवार र साथीसंगी सवैलाई टुहुरो बनाएका छौ । बाबा आमालाई जीन्दगीभर शोक र रोग दिएका छौ, दाजुभाई आफन्तलाई पीडा दिएका छौ । हिजो बिदाईका हात हल्याउादै अमेरिका पुगेको प्यारो साथी सागर । मैले अहिले सम्झिरहेको छु, तिमीले यो बज्र्रपात कसरी स्विकार गर्न सक्यौ । आदरणीय बाबा आमा, कृष्ण दाई भाउजु अनि बिन्दु दिदि, तपाइहरु कुन अवस्थामा हुनुहुन्छ । कहिले काहि अचम्म पछिल्लो लाग्छ ।
हाम्रो गाउ, टोल अनि छर छिमेकमा किन सुखद खबर भेटिदैनन ? अनि सुनिदैनन । एक्कासी छोरा सन्देशको खोलाले बगाएर मृत्यु भएको खबरले स्तब्ध बन्नु भएका कृष्ण रिजाल दाईको परिवार भाव बिव्हल नै छ । भाउजु अझै मुर्छित जस्तै नै हुनुहुन्छ । भन्ने गरिन्छ, क्यान्सरले घरमा एक जना मात्र मर्छ, उसले दिने पीडा कम हुन्छ । किनकी धेरै पहिले देखिनै उ मर्ने लगभग निश्चीत हुन्छ ।
जसको दुर्घटनामा मृत्यु हुन्छ, उसको परिवारमा धेरै मर्छन वा मरेतुल्य नै बन्छन् । किन की मृत्यु र पीडा अकस्मात हुन्छ । सवै भनेर हिडेको हुदैन, मर्दैछु भन्दैन, हिसाव किताव हुदैन । जसले लामो समय सम्म असर पार्ने गर्दछ । आमा शोकमा रुन्छिन, खाना खाने र खुवाउने बेला रुन्छिन, चाडपर्वमा रुन्छिन, उ संगैका साथी संगी देख्दा रुन्छिन, उसले दिएका स्मरणमा पनि रुने नै भइन अनि बार्षिक तिथी, मितिमा पनि रुन्छिन्।
त्यस पछिको बाकी जीवन मलाई लाग्छ आमाहरुले रोएरै बिताउछन् । पीडा जरजर नै हुन्छ । भुल्न कस्ले कति सक्छ, त्यति मात्र फरक कुरा हो । बिकाश भाई भावीको लेखा तिम्रो लागी जति दिन थियो, त्यो समय सुखद रह्यो । हिजो दुनियाा हसायौ आज तिनीहरुलाई रुवाएर, शोकाकुल बनाएर गएका छौ। त्यो तिम्रो आत्मालाई शान्ति मिलोस् । शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने उर्जा मिलोस हार्दिक समवेदना तथा दिवंगत बिकाश प्रति हार्दिक श्रद्धाञ्जली ।
अल बिदा विकाश……………………।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend