साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ३।
चुनाव ताका विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता घर घरमा जान्छन र वास नहुनलाई वास र गास नहुनेलाई गासको ग्यारेन्टीको प्रलोभन देखाउ छन र भोट भोट आफ्नो पक्षमा पार्छन् तर कोही गुल्मी पराल्मी– १ सितधाराकी ७० वर्षिया एकल महिला रामकुँवारी परियार र उनकी छोरी, नातीहरुले वास र गास पाएको ?

यहि प्रश्न गर्न र प्रशस्त जमिन भएर गर्न नसकेर बाँझो राख्नेहरु संग आक्रोष पोख्न मन लाग्छ ति विपन्न परिवारको विचल्ली देख्दा । एकल महिला रामकुँवारीको पराल्मीमा थोरै जमिन र सानो एउटा झुपडी थियो । त्यही पनि श्रीमानको मृत्यु संगै ऋणले डुवेर बेचियो, त्यही वास झुपडी पनि भत्केर भत्केर घरवास विहिन बनिन् ।

त्यस पछि तल ईन्द्रगौडा वजारमा काम पाउने भएकोले त्यही सडक छाप हुँदै काम गरेर बसिन् । गाउँवासीका भुल्ला तुनिन् । अहिले ७० वर्षको उमरेमा पनि भुल्ला तुन्ने काममा हिड्ने रामकुँवारी , ढिकी जाँतो , मेलापाता जे काम पाए पनि गर्छु भन्छिन् । स्थानिय समाज सेवी महिला ललतिा सुर्यबंशी भन्छिन् ७ वर्ष अघि उनिहरु सडकमा खाना पकाएर खाएको देख्दा निकै करुणा जाग्थ्यो । अहिले यति जमिनलाई ४ सय भाडा तिरेर बसे पनि राम्रै लागेको छ ।

रामकुँवारीले गत तिन वर्ष अघि देखि ईन्द्रेगौडाकै रुद्रप्रसाद भट्टराईको सडक छेउँको घर पछाडी रहेको वाँझो जमिन मागिन र आफै छिमेकीको सहयोग लिएर झुपडी बनाएकी हुन् । त्यो जमिन त्यस्तै १० देखि १२ हात बाँझो जमिनमा मासिक ४ सय भाडा तिरेर झुपडी बनाई बसेका छन् । गरी खाने जमिन नभएकी ७० वािर्षय रामकुँवारीले रात दिन मेला माताको काम गरेर विहन वेलुकाको जोह गरेकी छिन् ।
उनकी छोरीलाई श्रीमानले धोका दिई १३ वर्ष अघि छाडेर भारत तिर गई बेखवर भए पछि उनि पनि आमाकै शरणमा छिन् । उनले होटलहरुमा काम गर्छिन् । उनका १८ वािर्षय छोरा लक्ष्मण सुस्त मनस्थितीका छन् । अर्का १३ वर्षिय छोरा वेदबहादुरको त्योे उमेर सम्म वावुको हातबाट न्वारन हुन सकेको छैन् । वावु भारततिर जाने त्रलममा उनि आमाको ६ महिनाको गर्भमा रहेको उनकी आमा कोपिला परियार बताउछिन् ।
स्थानिय समाज सेवी महिला ललिता सुर्यबंशी भन्छिन् उनिहरुले असाध्धै दुख पाएको देखेर दया जाग्यछ र छाक अड्केको वेला खान दिन्छु । उनका अनुसार त्यो जमिन भट्टराई परिवारले ३ वर्ष अघि मासिक ३ सय भाडामा दिए पछि ति बृद्धले कसैको बाट खर त कसैकहाँबाट वाँस मागेर बनाएकी हुन् । त्यो बनाउँदा केहि कामदारलाई खान दिने काम सुर्यबंशी परिवारले गरेको रामकुँवारीले बताईन् । त्यस झुपडी भित्र सवै परिवार अटाउँदैनन ।
राम्ररी खुट्टा पसारेर सुत्न नमिल्ने हुँदा जेठा नाती र छोरी कोपिला त्यहाँ न वसी जहाँ काम गर्छन त्यही बस्छन् । नाती १३ वर्षिय वेदबहादुरलाई स्कुल भर्ना गर्न र ड्रेस जुटाउन गाह्रो परेपछि तिनै छिमेकी सुुर्यबंशी परिवारको शरण परिन् । त्यस पछि ललिता सुर्यबंशीले विद्यालय भर्ना गराउनमा सहयोग गरिन् । उनि अहिले नेपाल राष्ट्रिय उच्च मावि कक्षा ६ मा पढ्छन् । उनि निन्याउरो मुख गराउँदै भन्छन कहिले भोकै पनि स्कुल जान्छु कहिले यि ड्रेस महिलो हुँदा रुदै जान्छु ।
उनले आफुलाई राखेर पढाई दिने कोही भए कक्षा १२ सम्म पढेर आमा हजुर आमालाई सजिलै पाल्ने धोको बोकेको बताए । उनकी आमालाई त्यो झुपडी रहेको जमिनको भाडा मासिक ४ सय तिरेको महँङ्गोे लागेको छैन् । उनिहरु त्यो जमिन भाडामा नभई दया धर्मले दिए जस्तो ठान्छन् । तर कक्षा ६ पढेर जान्ने बुझ्ने भएका वेदबहादुर आमा हजुर आमाको त्यो कुरा सुनेर आँखा ठुला पार्दै र मुख बटार्दै भन्छ्–‘ खुव दया धर्म लागेर दिए जस्तो मान्यौं है, पर्दैन यहाँबाट अन्तै जाम, त्यसै पनि कसैले घर गोठ दिन्छन् र वसौंला ।
उनले त्यसो भनि रहँदा ठिकै पनि लाग्यो । त्यस आँपचौर, छिमेकी कुर्घा, वामी, यता तुराङ्ग लगायतका गाउँबाट बैदेशिक रोजगारका कारण वसाई सराई गर्दा धेरैका तिन तले घर वंङ्गालामा लेउ लागेर थोत्रिएको छ । कसैको जमिन बाँझिएको छ । सम्भवत उनिहरुले त्यसै पनि वस्न पाउन सक्थे । त्यो जमिन भाडामा दिने परिवारको पक्की घर अगाडी सडक छेउमा रहेको छ । एउटा छोरा बैदेशिक रोजकगारमा छन् । अर्की पट्टीका छोरा अमेरिकामा छनु ।
उनका दुई परिवार मध्ये एक परिवार ईन्द्रेगौडमा र अर्को परिवार बुटवलमा बस्ने गरेको स्थानियले बताए । खैर भाडा कति लिने नलिने वा त्यसै दिने वा नदिने कुरा त्यस जग्गा धनीकै अधिकारको कुरा भयो तर त्यो परिवारले उनिहरुलाई त्यसै दिन असमर्थ भए पनि अरु कसैका खाली रहेर ठाँटी जस्तै बनेका घर गोठ दिए भलो हुने थियो भन्ने कुरा त्यहाँ पुग्ने जो कोहीले भन्छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend