हिम शिखर , जेष्ठ २७ ।
बिहान जुरुक्क उठेर उत्तर तिर फर्किदा चम्किलो मुहार संगै मुसुक्क मुस्कुराएको हिमाल देख्दा कति सुखद अनुभव हुन्छ शब्दमा वणन गर्न सकिन्न । एका बिहानै मेरा माइला बाबा घरको पीडिमा बसेर त्यहि सुन्दर हिमाल चिहाउदै मलाइ भन्नुभएको कुरा सम्झन्छु ,हेर त बाबू त्यो हिउँचुली कस्तो राम्रो देखिएको ? अनि मैले भने “हो त बुवा कति राम्रो देखिएको !,आज उहाँ हामीविच हुनुहुन्न ,जिवित भएको भए अझै ती सुन्दर हिमाल,हरिया डाडा,पाखा पखेरा बारे कति प्रशंसा गर्नु हुने थियो । उहाँ ले पुरै जीवन त्यही माटोमा ब्यातित गर्नु भो , पराइको भुमि टेक्नु परेन । हो उहाँ भाग्यमानी हुनुदो रहेछ ।
म सोच्छु,मान्छे नाशवान नहुदो हो त जुग जुग सम्म त्यही प्राकृतिक सुन्दरताको धनी हिमालको काखमा बस्दो हो । कास ! मान्छेको पुनःजन्म हुने भए त्यही सुगन्धित माटोमा जन्मलिने इच्छा राख्दो हो । तर सृष्टिको नियम मान्छे एक पट्क जन्मिन्छ अनि मर्छ । त्यसपछि उस्को लागि संसार पनि खतम । त्यही एक पट्क मिल्ने मानवरुपी जीवन जिउनपनि धेरै नेपालिहरु त्यो माटोमा सौभाग्य जुर्दैन । जन्मेको ठाउँमा कर्म गर्न अधिकाम्सको भाग्यमा लेखेन्छ । आज सन्सारका विभिन्न कुना काप्चामा यातातत्र छरिएर बसेका छ्न नेपालीहरु आकाशका नौलाख तारा जस्तै । भोलि तिनीहरु नेपाल फर्किन्छ्न फर्किन्नन याकिन साथ भन्न कठिन छ ।
*एक पट्क प्रबास तर्फ झाकौ*
गत वर्षको तथ्यांक अनुसार पासपोर्ट बोकेर वैदेशिक रोजगारमा गएकाहरुको संख्या ३५ लाख नाघेको छ र यो बढ्ने क्रम जारी छ । अर्कोतिर नेपाली नागरिकता त्यागेर गैर आवसिय नेपाली बनेकाहरुको संख्या पनि लाख भन्दा बढी नै छ । त्यसैगरी विश्वका विभिन्न सुरक्षा निकायमा खटिएका र वेलायती फौजमा कार्यरत नेपालीको संख्या ४००० जति छ्न भने अर्कोतिर खुला सिमाना रहेको भारतमा रोजगार ,अध्यन , ब्यावसाय र अन्य कामको लागि त्यहाँ बस्ने नेपालीहरुको अनुमानित संख्या २५ लाख भन्दा बढी छ । भारत सरकारको सुरक्षा निकाय र गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली सैनिक को संख्या चालीस हजार जति छ । एक सर्बे अनुसार भारतका ठुला साना शहरका रेड लाइट एरिया र वेश्यालयमा एक लाख पचास हजार नेपाली चेली रहेकोे पाइन्छ ।
अधिकाम्स नेपालीहरु आफ्नो जन्म ठाउँ आउजाउ गरेता पनि तीन चार पुस्ता देखि स्थायी रुपमा बसोबास गर्दै आएका नेपाली हरु को संख्या लाखौंको तादात मा रहेको देखिन्छ । जहानिय राणा शासन , निरंकुश राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र सम्म का शासकहरु ले देश भित्र रोजगार तथा जनजिविका , व्यापार को सुरक्षित वातावरण , गुणस्तरिय शिक्षा स्वास्थ्य एव जनता का आधार्भुत आवस्यकता को परिपाटी मिलाउन नसक्दा नेपाली हरु कार्यरत मुलुकहरू मा स्थायी तथा अस्थाई बसोबास गरि आफ्ना लाला बालाको सुरक्षित भविस्य बनाउने आशा राखेर बस्न बाध्य भएका छन ।के तिनीहरु लाई आफ्नो सुन्दर देशको माया नलाग्दो हो त ? के तिनीहरु लाई आफुजन्मेको माटोमा आफ्नो जीवन काल व्यातित गर्ने रहर नलाग्दो होला त ?
*सिमाना पारी का नेपाली*
व्रिटिस भारत र नेपाल विच भएको युद्ध पछि २ डिसेम्बर १८१५ र ४ मार्च १८१६ मा नेपाल र व्रिटिस भारत विच बहुचर्चित सुगौली सन्धीमा नेपालले आफ्नो एक तिहाइ भु-भाग गुमायो त्यसपछि अंग्रेजहरुलाई विभिन्न लडाइँमा सघाएवापत तराईको केही हिस्सा अहिले को वाके,बर्दिया , कैलाली , कंचनपुर नेपाललाई फिर्ता दिइएको थियो । नेपालले आफ्नो भु-भाग त गुमायो नै त्यस्को साथै बहुसंख्यक नेपालीहरु समेत हामी बाट विछिडिए । अहिलेको भारत को पश्चिम बंगाल राज्यको दार्जिलिङमा २० लाख भन्दा बढी नेपाली बसोबास गर्छन् । दार्जिलिङमा बस्ने नेपालीहरु आफ्नो मौलिक हक अधिकार र नेपालीहरुको अलग राज्य गोर्खाल्यान्डको मागगर्दै विगत तीन चार दशक देखि आन्दोलन गर्दै आइरहेका छ्न । तत्कालीन नेपाली शासकले उनिहरुलाई समाहित गर्ने प्रयास गरेको भए लाखौं लाख नेपालीहरु रिफ्युजी जस्तै भएर बस्नु पर्थेन ।
अझै पनि भारतिय नेपालीहरु नस्लिय विभेद र बंगालिहरुको दमनकारी व्याबहार बाट प्रताडित हुँदै आएका छ्न । आज उनीहरु नेपाली हुनुमा गर्व त गर्छन तर पू्र्खाहरुका कारण नेपाल देखि भुमिसहित बटिएकोमा दुखेसो पोख्छन् । अर्कोतिर तत्कालीन व्रि्टिस साम्राज्यले नेपालीहरुलाई प्रथम र दोस्रो विश्व युद्धमा आफ्नो लागि प्रयोग गर्यो दुईवटा युद्धमा गरि ५ लाख भन्दा बढी नेपालीहरुले ज्यान गुमाए , लाखौं लाख तितर बितर भए । आज तिनै नेपालीहरुका सन्तान भारतका विभिन्न भुभाग विशेषगरि आसाम , मनिपुर, मिजोरम , सिक्किम , देहरादुन , हिमाचल , छिमेकी देश भुटान लगायतका क्षेत्रमा छरिएर पुर्खाहरुलाई र शासकहरुलाई कोस्दै बसेका छ्न ।
हाम्रा शासक कति निरीह कति लाचार भएहोलान ! शक्तिशाली र सशस्त्र अङ्ग्रेज फौज संग भाला ढुंगामुढा र खुकुरीको भरमा लडेर दुश्मनको सातोपुत्लो उडाइदिने बहादुर पुर्खाका सन्तानहरु भाडाका सिपाही र कामदार जन्माउने देशका नागरिक भनेर चिनाउन जन्मेका हुन ?खेतबारी बाझै राखेर खाडिमुलुक लगायत पराइ भुमिमा खुन पसिना बगाउन र यौवनका बलिया पाखुरा बजार्न जन्मेका हुन र ? समाज परिवर्तनका बाहक मानिने युवाहरूलाई सहिअर्थमा देश बिकाशमा कहिले लगाउने ? पश्चिमी मुलुकहरू र छिमेकी देशहरुले आ-आफ्नो स्वार्थमा आर्थिक , राजनीतिक , धार्मिक र सांस्कृतिक प्रहार र हस्तछेप गर्दा क्षितिजबाट निरास बनेर हेर्न जन्मेमा हुन र ? आफ्ना बा आमा , आफन्त , लालाबाला र संगी साथीलाई रुवाएर त्रिभुवन विमानस्थलमा आशुका घुट पिएर विरानो मुलुक छिर्न जन्मेका हुन र ?
हामी भन्दा पिछडिएका मुलुकहरुले अभुतपुर्व विकास गरिरहदा हामिहरु अझै पनि वर्गीय विभेद , जातीय विभेद, लिंगिय विभेद , मानवीय समानता र अधिकार र मुक्तीको लडाइँ मात्रै गरिरहने ? कहिलेहो त सम्पुर्ण नेपालीले साचो अर्थमा लोकतान्त्रिक गणतन्त्रको आभास गर्ने ? कहिले हो त नेपालले आफ्नो देश समुन्नत , सम्वृद्दी र विकासको मुहार देख्ने ? यदि कथित जनप्रतिनिधि भनाउदाहरुले बेलैमा युवा जनशक्त्तीहरुलाई ब्याव्स्थापन गर्न नसक्ने हो भने र नेपाललाई विश्व राजनीतिको अखडा बन्नबाट न जोगाउने हो भने देशबासीहरु पलायन हुने विस्थापित हुने क्रम अझै बढ्ने र देश झन गरिव , जनता बढी परनिर्भर हुने विदेशी चलखेल बढी हुने र अन्ततः एउटा अर्को हिमाली देश , सिक्किम , तिब्बत र कश्मिर जस्तै गाभिन सक्ने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend