logo
  • शनिबार, साउन ३० २०८३

आकर्षक बन्दै नेपाली पत्रकारिता, मौलाउदै प्रेस उधोग


  • देबेन्द्र केसी
  • शनिबार, साउन ३० २०८३

-देबेन्द्र केसी, नयाँ दिल्ली भारत ।WP_20160219_16_45_11_Pro
बिक्रम संबत १९५८ बैसाख ११ गते तत्कालीन राणा प्रधान मन्त्री देब शम्सेरको पालामा गोरखापत्रमा प्रकाशित समाचारलाई मर्यादित बनाउन जारी सनदबाट नेपालमा कलमजिबी हरुलाई दायरा भित्र रहेर निर्बाध कलम चलाउने अबसर प्राप्त भयो ।

तर पनि तत्कालीन परिस्थितिमा नेपाली प्रेसले राज्य, राजनीतिक, कूटनीतिक तथा ब्यक्ति बिषेशको चड्गुलबाट आफुलाई पर राख्न सकेन र मीडिया हाउस खोल्ने र बन्द हुने बिचको अत्यन्तै सड्कुचित बातावरणबाट नेपाली प्रेस गुज्रियो । ईतिहासका बिभिन्न कालखण्डहरुमा नेपाली प्रेसको लोकमै दुर्गति भएपनि अहिले आएर नेपाली मीडियाले आकर्षक उधोगको रुपमा पहिचान निर्माण गरेको छ ।

प्रेस काउंसिल का अनुसार आर्थिक बर्ष २०७०/७१ को अन्त्य सम्म आईपुग्दा दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक र मासिक गरेर कुल ३ हजार ७१२ पत्रपत्रिका दर्ता भएका छन । त्यस्तै २०७१ साल अन्त्य सम्म नेपालमा ५९४ वटा रेडियो र ८८ वटा टेलिभिजन च्यानलहरु दर्ता भईसकेको सुचना तथा प्रसारण मन्त्रालयको तथ्यांड्क छ । नेपाली युवायुवतीहरुको मीडिया पर्तिको उल्लेखनीय आकर्षण र ब्यवसायीहरुले मीडिया हाउसमा गरेको यथेष्ट लगानीले नेपालमा प्रेस मैत्रीको बातावरण रहेको प्रमाण दिन्छ ।

यसरी दर्ता भएर संन्चालनमा रहेका कतिपय मीडिया हाउसले आफ्ना पत्रकारहरुलाई अन्य बिकसित देशहरुमा जस्तै स्थाई नियुक्ति, बिदा , सन्चयकोष र कन्भेन्स जस्ता सुबिधाहरु दिईराखेका छन भने कतिपयले प्रकृयामा रहेको बताएका छन । यसरी प्रेसलाई उधोगमुखी र लगानी मैत्री बनाउनमा मुख्य भूमिका खेलेको छ “पत्रकार आचार संहिता” ले । ” प्रेस काउंसिलले लागु गर्ने अनि समयानुसार परिमार्जन गरि मीडिया ब्यवशायी र पत्रकारहरु बिच पुलको काम गर्ने आचार संहिताले नेपाली प्रेसलाई आकर्षक उधोग बनाएको छ ।

अझ गौरवको कुरा त के छ भने हाम्रो देशमा पत्रकार आचार संहिता लागू भएको धेरैपछि मात्र अमेरिकाको ‘अमेरिकन सोसायटी अफ न्यूज पेपर्स एडिटर्सले पत्रकार आचार संहिता घोषणा गरेको थियो । नेपाली आचार संहिता भन्दा २१ बर्षपछि मान्यता पाएको अमेरिकी आचार संहिता अहिले बिश्वको सबैभन्दा पुरानो आचार संहिता बनेको छ ।

यहाँनेर पाठकलाई लाग्ला २१ बर्ष पहिला शुरु भएको नेपाली आचार संहिता किन अमेरिका भन्दा पछि पर्यो । पाठकहरु, तत्कालीन राणा प्रधान मन्त्रीबाट जारि भएको सनद पत्रकारितालाई मर्यादित बनाउने भन्दा पनि प्रेसलाई आफुखुसी नियंत्रण गर्ने उध्येस्यबाट अभिप्रेरित थियो र त्यो सनदले पत्रकार हितभन्दा पनि पत्रकार हरुमा त्रासको बाताबरण भएकोले अन्तराष्ट्रीय मान्यता पाएन ।

त्यसपछि नेपालमा बि सं २०१५ सालमा प्रेस कमिसनले पत्रकार आचार संहिता समन्धी १८ बुँदे नियम र २०२३ सालमा नेपाल पत्रकार संघको प्रथम भेलाले २२ सुत्रिय आचार संहिता जारी गर्यो । प्रजातंत्रको पुनर्स्थापना पछि २०४६ ,२०४९ र २०५० सालमा पटक पटक आचार संहिता परिमार्जन गर्दै नेपाललाई मीडिया मैत्री बनाउने दिशामा प्रेस काउंसिल लागिरह्यो । त्यसपछि प्रेस काउंसिल नेपाल र नेपाल पत्रकार महासंघले २०५५ मा संयुक्त रूपमा जारी गरेको आचार संहितालाई २०६०मा केहि परिमार्जन गरेपछि हालसम्म सोहि ‘आचार संहिता ‘ क्रृयाशिल रहेको छ ।

नेपाललाई मीडिया मैत्री बनाउनमा आचार संहिताले निकै ठुलो भूमिका खेलेको प्रस्टै देख्न सकिन्छ । सबैभन्दा बढि आचार संहिता उल्लंघन हुने नेपाली मीडियामा २०७०\७१ सम्म आईपुग्दा प्रेस आचार संहिता उल्लंघनका ३९ वटा मात्र निबेदन परेका छन । यति धेरै सन्चार माध्यमहरु रहेको नेपालमा ३९ अंक आफैमा ठुलो होईन तर पनि हामीहरु सन्तोष मान्नु हुदैन । प्रेस मैत्री, लगानी मैत्री, र आकर्षक हुँदाहुँदै पनि नेपाली मीडियामा एउटा अन्योल कायमै छ त्यो हो उधोगको मान्यता ।

पड्तिकारले हेडलाईनमा ” नेपाली प्रेस उधोग ” भन्ने शब्दावली प्रयोग गरेपनि र अनौपचारिक रूपमा “मीडिया उद्योग” भन्ने शब्दावली बजारमा लोकप्रिय भएपनि राज्यको मीडिया ब्यवस्थापन तथा बिकास समन्धि सरकारी नीतिको अभावका कारण नेपाली मीडियाले ब्यवहारिक रुपमा उधोगको मान्यता पाउन सकेको छैन । जस्ले गर्दा मीडिया संन्चालकमा हुनुपर्ने आधारभूत योग्यता र पुर्बाधारको बिन्दु चयन हुन सकेको छैन जस्ले गर्दा आफुखुसी ब्यक्ति वा समुहको स्वामीत्वमा चलेका एकथरि मीडिया हाउस पनि बजारमा छन ।

मीडियाको अनुगमन र मूल्यांकन गर्ने प्रभावकारी संयन्त्रको अभावमा नेपालका केहि अकुशल मीडिया हाउस ले आफुखुसी गुणस्थर र बितरण योग्यताको दाबी गरिरहेका छन । राज्यका एकथरि अस्वस्थ मीडिया हाउस हरुलाई दायरामा लिने कानुन नेपालमा हुने हो र पत्रकारहरुले पनि बिनापुर्बाग्रह आफ्नो पेसामा कर्मठ हुनेहो भने नेपालमा कलमजिबीहरुलाई कलम छोडेर कसैको मुख ताक्नु पर्दैन

सन्दर्भ सामाग्री – संहिता (२०७१ )
लेखक – नेपाल पत्रकार महासंघ भारत शाखामा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend